डुंगा आक्रमणमा दुई जनाको मृत्यु

वासिङ्टन : अमेरिकी सेनाले शुक्रबार पूर्वी प्रशान्त महासागरमा लागुऔषध तस्करीको आशंंकामा गरेको पछिल्लो डुंगा आक्रमणमा दुई जनाको मृत्यु भएको जनाइएको छ ।

यो सँगै लागु औसत विरुद्धको अमेरिकी अभियानमा मृत्यु हुनेको सङ्ख्या कम्तिमा १९२ जना पुगेको जनाइएको छ ।

युएस साउदर्न कमान्ड (साउथकम) ले एक जना व्यक्ति आक्रमणबाट बाँचेको र अमेरिकी तटरक्षकलाई खोजी र उद्धार अभियान सुरु गर्न सूचित गरिएको बताएको छ ।

साउथकमले समाजिक सञ्जाल एक्समा डुंगा नामित आतंकवादी सुगठनहरूद्वारा सञ्चालित रहेको र गुप्तचरले जहाज ज्ञात नार्को–तस्करी मार्गहरूमा पुनरागमन गरिरहेको पुष्टि गरेको छ ।

सामाजिक सञ्जालमा पोस्ट गरिएको भिडियोमा एउटा सानो डुंगा पानीबाट अघि बढ्दै गएको देखिन्छ, त्यसपछि ठूलो विस्फोट भएको देखिन्छ ।

ट्रम्प प्रशासनले सेप्टेम्बरको सुरुमा डुंगा तस्करीहरूलाई लक्षित गरी सुरु गरेको आक्रमणले ल्याटिन अमेरिकाबाट सञ्चालन हुने नार्को–आतंकवादीहरू सँग युद्ध बढेको जनाइएको छ ।

यद्दपी प्रशासनले प्रहार गरेको जहाज लागुऔषध तस्करीमा संलग्न भएको निश्चित प्रमाण दिएको छैन ।

कानुनी विज्ञहरू तथा अधिकार समूहहरूले आक्रमणहरू गैरन्यायिक भन्दै उनीहरूले स्पष्ट रूपमा संयुक्त राज्य अमेरिकाका लागि तत्काल खतरा पैदा नगर्ने नागरिकहरूलाई लक्षित गरेका छन् । शुक्रबारको आक्रमण कम्तिमा एक महिनाको अवधिको दशौँ आक्रमण भएको जनाइएको छ ।

आक्रमणहरूले लागुऔषध तस्करीप्रति अमेरिकी दवावलाई चिह्नित गरेको छ, जसले ऐतिहासिक रूपमा जहाजहरू रोक्ने र सामग्री कब्जा गर्ने गरेको जनाइएको छ ।

अमेरिकी सेनाले “साउदर्न स्पियर“ नाम दिएको यो अपरेसन कति लामो समयसम्म चल्ने भन्ने बारे केही बताएको छैन ।

विभिन्न स्थानबाट लागूऔषधसहित २३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित २३ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँबाट ११, झापाबाट

Read More »

सल्यानमा बलात्कार आरोपमा ६३ वर्षीय व्यक्ति पक्राउ

काठमाडौं : सल्यानमा बलात्कार आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा छत्रेश्वरी गाउँपालिका–१, चामेका ६३ वर्षीय नरबहादुर डाँगी छन् । २८ वर्षीया एक

Read More »

रास्वपाको लक्ष्य वैकल्पिक शक्ति मात्र होइन, मलुकको नेतृत्व होः सभापति लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने बताएका छन्। आज र भोलि हुन

Read More »

देशमा विकृति, बिचौलियातन्त्र र सेटिङको अन्त्य हुँदै गएको छ : मन्त्री तिमिल्सिना

नुवाकोट : सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले देश नयाँ राजनीतिक संस्कारतर्फ अग्रसर भएको बताउँदै मन्त्रालय तथा सरकारी निकायमा हुने ‘सेटिङ’ विकृति र बिचौलियातन्त्रको प्रभाव

Read More »

सामाजिक सुरक्षा कोषमा १ खर्ब ११ अर्ब योगदान सङ्कलन

काठमाडौँ । जलविद्युत् परियोजना, विद्युत् प्रसारण लाइन, सौर्य तथा नवीकरणीय ऊर्जा उत्पादन गर्ने उद्योगमा लगानी गर्ने गरी सामाजिक सुरक्षा कोषले कर्जा वा सहवित्तीयकरणमा लगानी गर्ने

Read More »

सडक सञ्जालमा जोडियो अपिहिमाल गाउँपालिका

दार्चुला : अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ । खलङ्गाबाट २३ कोष उत्तर-पश्चिममा रहेको पालिकाको वडा नं ३ गौड्याखोलासम्म सडक पुगेको हो । सडक सञ्जालबाट

Read More »