प्रतिपक्ष कमजोर हुँदा सडकबाट आवाज उठाइरहेका छौं : दुर्गा प्रसाईं

काठमाडौं : राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले वर्तमान राजनीतिक परिस्थितिमा प्रतिपक्ष कमजोर बनेको भन्दै आफूहरू सडकबाट जनताको आवाज उठाइरहेको बताएका छन्।

विशेष पत्रकार सम्मेलनमा बोल्दै प्रसाईंले देशमा प्रभावकारी प्रतिपक्ष नभएको दाबी गरे। उनले दलहरू भ्रष्टाचारका कारण बोल्न नसक्ने अवस्थामा पुगेको र विभाजित हुँदै गएको आरोप लगाए।

उनले भने, ‘आज देशमा प्रतिपक्ष नभएको अवस्था छ। दलहरू भ्रष्टाचारका कारण बोल्न नसक्ने अवस्थामा छन्। दलहरू टुक्राटुक्रा हुँदै गएका छन् र अब उठ्न नसक्ने अवस्थामा पुगेका छन्। हामी सदनमा नभएपनि सडकमा प्रतिपक्षको भूमिका निभाइरहेका छौं। सदनबाट उठ्नुपर्ने आवाज सडकबाट उठाइरहेका छौं।’

प्रसाईंले नयाँ सरकार गठन भएपछि सुरुका १०० दिनसम्म प्रतिक्रिया नदिने सोच बनाएको भए पनि परिस्थितिले आफूहरूलाई बोल्न बाध्य बनाएको बताए। यसैबीच उनले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई लक्षित गर्दै गरिबका घरमा डोजर चलाइएको विषयमा आलोचना गरे।

उनले सामाजिक सञ्जाल र एल्गोरिदमको प्रयोग गरेर जनतालाई प्रभावित पारिएको आरोप लगाउँदै भने, ‘विदेशमा रहेका दाजुभाइहरूले घरमा फोन गरेर घण्टीमा भोट नहाले घर नै आउँदिन भनेर घुर्की लगाए। आज नेपालबाट आमाबुबाले भनिरहेका छन्, अब घर नै छैन, कुन घर फर्किन्छस् ? घण्टीले घर भत्काइदियो।’

प्रसाईंले गरिब बस्तीमा डोजर चलाएर घर भत्काइएको भन्दै त्यसबाट पीडित भएका नागरिकको आँसु लाग्ने चेतावनीसमेत दिएका छन्।

विभिन्न स्थानबाट लागूऔषधसहित २३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित २३ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँबाट ११, झापाबाट

Read More »

सल्यानमा बलात्कार आरोपमा ६३ वर्षीय व्यक्ति पक्राउ

काठमाडौं : सल्यानमा बलात्कार आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा छत्रेश्वरी गाउँपालिका–१, चामेका ६३ वर्षीय नरबहादुर डाँगी छन् । २८ वर्षीया एक

Read More »

रास्वपाको लक्ष्य वैकल्पिक शक्ति मात्र होइन, मलुकको नेतृत्व होः सभापति लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने बताएका छन्। आज र भोलि हुन

Read More »

देशमा विकृति, बिचौलियातन्त्र र सेटिङको अन्त्य हुँदै गएको छ : मन्त्री तिमिल्सिना

नुवाकोट : सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले देश नयाँ राजनीतिक संस्कारतर्फ अग्रसर भएको बताउँदै मन्त्रालय तथा सरकारी निकायमा हुने ‘सेटिङ’ विकृति र बिचौलियातन्त्रको प्रभाव

Read More »

सामाजिक सुरक्षा कोषमा १ खर्ब ११ अर्ब योगदान सङ्कलन

काठमाडौँ । जलविद्युत् परियोजना, विद्युत् प्रसारण लाइन, सौर्य तथा नवीकरणीय ऊर्जा उत्पादन गर्ने उद्योगमा लगानी गर्ने गरी सामाजिक सुरक्षा कोषले कर्जा वा सहवित्तीयकरणमा लगानी गर्ने

Read More »

सडक सञ्जालमा जोडियो अपिहिमाल गाउँपालिका

दार्चुला : अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ । खलङ्गाबाट २३ कोष उत्तर-पश्चिममा रहेको पालिकाको वडा नं ३ गौड्याखोलासम्म सडक पुगेको हो । सडक सञ्जालबाट

Read More »