सुकुमबासीलाई घरबारविहीन बनाउने कार्य स्वीकार्य छैन : हर्क साम्पाङ

काठमाडौँ : श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले सुकुमबासी बस्तीका नागरिकलाई घर भत्काएर बेघर बनाउने सरकारको कार्य कुनै पनि हालतमा स्वीकार्य नहुने बताएका छन् । संविधानले प्रत्येक नागरिकलाई बाँच्न पाउने र आवासको अधिकार सुनिश्चित गरेको उनले बताए ।

शनिबार हेटौँडा–११ स्थित सिमलटार र थानाभर्याङमा आयोजित सुकुमबासी तथा अव्यवस्थित बसोबासीसँगको भेटघाट कार्यक्रममा बोल्दै साम्पाङले राज्यले बल प्रयोग गरेर नागरिकलाई त्रसित बनाउने काम निरङ्कुश शैली भएको बताए । उनले सुकुमबासीहरुको समस्यालाई संसद् र सडक दुवै तहबाट उठाउने बताए । प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि पहिलो अधिवेशनको पहिलो बैठकमै आफूले सुकुमबासी समस्या सम्बन्धी एजेन्डा टेबल गरिसकेको उनले बताए ।

‘सबैलाई बाँच्न पाउने अधिकार छ । घर बनाएर बस्ने अधिकार संविधानले दिएको मौलिक हक हो । राज्यले एकाएक आएर आतङ्क फैलाउने हिसाबले घर भत्काउनु हुँदैन भन्ने पक्षमा हामी छौँ’ उनले भने, ‘अरू कोही रहला नरहला, म चाहिँ तपाईँहरूको पक्षमा रहन्छु । नेपाली जनताले बाँच्न पाउने अधिकार सुनिश्चित गर्न मेचीदेखि महाकालीसम्मका नागरिक एकजुट हुनुपर्छ ।’

पछिल्लो समय जिल्ला प्रशासन कार्यालय मकवानपुरले सार्वजनिक तथा सरकारी जग्गाको संरक्षण र अतिक्रमण हटाउने अभियान सुरु गरेसँगै हेटौँडा–११ को सिमलटार बस्तीका स्थानीयहरू विस्थापित हुने डरले त्रसित छन् । सोही सन्दर्भमा साम्पाङले बस्तीमै पुगेर स्थानीयका समस्या, जग्गा व्यवस्थापनको असुरक्षा र आधारभूत सेवासम्बन्धी गुनासोहरू सुनेका थिए ।

कार्यक्रममा स्थानीय बासिन्दाले साम्पाङलाई स्वागत गर्दै बस्तीमाथि भइरहेको दबाब र त्रासका बारेमा जानकारी गराएका थिए ।

विभिन्न स्थानबाट लागूऔषधसहित २३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित २३ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँबाट ११, झापाबाट

Read More »

सल्यानमा बलात्कार आरोपमा ६३ वर्षीय व्यक्ति पक्राउ

काठमाडौं : सल्यानमा बलात्कार आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा छत्रेश्वरी गाउँपालिका–१, चामेका ६३ वर्षीय नरबहादुर डाँगी छन् । २८ वर्षीया एक

Read More »

रास्वपाको लक्ष्य वैकल्पिक शक्ति मात्र होइन, मलुकको नेतृत्व होः सभापति लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने बताएका छन्। आज र भोलि हुन

Read More »

देशमा विकृति, बिचौलियातन्त्र र सेटिङको अन्त्य हुँदै गएको छ : मन्त्री तिमिल्सिना

नुवाकोट : सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले देश नयाँ राजनीतिक संस्कारतर्फ अग्रसर भएको बताउँदै मन्त्रालय तथा सरकारी निकायमा हुने ‘सेटिङ’ विकृति र बिचौलियातन्त्रको प्रभाव

Read More »

सामाजिक सुरक्षा कोषमा १ खर्ब ११ अर्ब योगदान सङ्कलन

काठमाडौँ । जलविद्युत् परियोजना, विद्युत् प्रसारण लाइन, सौर्य तथा नवीकरणीय ऊर्जा उत्पादन गर्ने उद्योगमा लगानी गर्ने गरी सामाजिक सुरक्षा कोषले कर्जा वा सहवित्तीयकरणमा लगानी गर्ने

Read More »

सडक सञ्जालमा जोडियो अपिहिमाल गाउँपालिका

दार्चुला : अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ । खलङ्गाबाट २३ कोष उत्तर-पश्चिममा रहेको पालिकाको वडा नं ३ गौड्याखोलासम्म सडक पुगेको हो । सडक सञ्जालबाट

Read More »