सगरमाथा आधार शिविरमा भारतीयसँगै खुम्चिएको नेपाली झन्डा कसले फहरायो ?

काठमाडौं । सगरमाथा आधार शिविरमा सरकारी निकायको कमजोर उपस्थितिले अनाधिकृत गतिविधि बढेको पाइएको छ । आरोहणका लागि पुगेका स्वदेशी तथा विदेशीहरुले राष्ट्रियता र सार्वभौकितामा समेत असर पर्ने किसिमका गतिविधि गर्ने गरेको आरोहण दलका सदस्यहरुले बताउने गरेका छन् ।

यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणबाट उल्लेख्य राजस्व सङ्कलन भएपनि अवैधानिक तथा अनाधिकृत गतिविधि बढेको प्रत्यक्षदर्शीहरुले बताए । हालै एक टेन्टमा भारतीय झन्डा फहराइएको तस्विरप्रति धेरैले चासो देखाएका छन् । त्यहाँ नेपाल–भारतको संयुक्त झण्डा भएपनि भारतीय ठूलो र नेपाली झन्डालाई खुम्चाइए (सानो आकार)को देखिन्छ । इन्डो–तिब्बत सीमा प्रहरीको टोलीले झन्डा राखेको अनुमान गरेपनि आधिकारिक प्रमाण फेला परेको छैन् ।

नेपाल सरकारको पर्यटन विभागको फिल्ड अफिस आधार शिविरमा भएपनि न्यून संख्याका कर्मचारी र क्षेत्राधिकार सिमित भएकाले अवैधानिक गतिविधि न्यूनीकरण हुन सकेको छैन् ।

पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेले क्षेत्राधिकार भित्र रहेर अधिकतम काम गरिरहेको प्रष्टाए । ‘हामीसँग पाँच जनाको टोली छ, यो पर्याप्त होइन । जटिल भूगोल, स्वास्थ्य समस्या र अत्यावश्यक सामग्रीको अभाव छ । जोकोही लामो समयसम्म बसेर काम गर्ने अवस्था छैन् । तर अवैध काम रोक्न भने हाम्रो टोली सक्रिय छ,’ उनले भने ।

सगरमाथाको अन्तर्राष्ट्रिय गौरवलाई कायम राख्दै तोकिएको क्षेत्राधिकारभित्र रहेर काम गर्दा सानातिना कमजोरीहरुलाई अतिरन्जित नगर्न उनले आग्रह समेत गरे । ‘भौगोलिक अवस्था जटिल रहेकाले सबैतिर सरकारी नजर नपुगेको हुनसक्छ, आरोहीहरुको संख्या धेरै भएकाले काम गर्न सहज छैन् । तर गौरवको विषयलाई ध्यान दिनपर्ने बाध्यता छ,’ उनले भने ।

यता, विभागको फिल्ड कार्यालयले अनाधिकृत रुपमा राखिएका झन्डा वा अन्य सामग्रीहरु हटाइसकेको दाबी गरेको छ । साथै अन्य अवैध गतिविधि नियन्त्रणमा सक्रिय रहेको जनाएको छ ।

विभिन्न स्थानबाट लागूऔषधसहित २३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित २३ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँबाट ११, झापाबाट

Read More »

सल्यानमा बलात्कार आरोपमा ६३ वर्षीय व्यक्ति पक्राउ

काठमाडौं : सल्यानमा बलात्कार आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा छत्रेश्वरी गाउँपालिका–१, चामेका ६३ वर्षीय नरबहादुर डाँगी छन् । २८ वर्षीया एक

Read More »

रास्वपाको लक्ष्य वैकल्पिक शक्ति मात्र होइन, मलुकको नेतृत्व होः सभापति लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने बताएका छन्। आज र भोलि हुन

Read More »

देशमा विकृति, बिचौलियातन्त्र र सेटिङको अन्त्य हुँदै गएको छ : मन्त्री तिमिल्सिना

नुवाकोट : सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले देश नयाँ राजनीतिक संस्कारतर्फ अग्रसर भएको बताउँदै मन्त्रालय तथा सरकारी निकायमा हुने ‘सेटिङ’ विकृति र बिचौलियातन्त्रको प्रभाव

Read More »

सामाजिक सुरक्षा कोषमा १ खर्ब ११ अर्ब योगदान सङ्कलन

काठमाडौँ । जलविद्युत् परियोजना, विद्युत् प्रसारण लाइन, सौर्य तथा नवीकरणीय ऊर्जा उत्पादन गर्ने उद्योगमा लगानी गर्ने गरी सामाजिक सुरक्षा कोषले कर्जा वा सहवित्तीयकरणमा लगानी गर्ने

Read More »

सडक सञ्जालमा जोडियो अपिहिमाल गाउँपालिका

दार्चुला : अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ । खलङ्गाबाट २३ कोष उत्तर-पश्चिममा रहेको पालिकाको वडा नं ३ गौड्याखोलासम्म सडक पुगेको हो । सडक सञ्जालबाट

Read More »