सहज राजनीतिक अवस्था कांग्रेस–एमालेकै संघर्षले आएको हो : रवि लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विगतका राजनीतिक आन्दोलन र संघर्षको जगमै अहिलेको राजनीतिक परिवर्तन सम्भव भएको बताएका छन्। आइतबार रास्वपाको दुई दिने प्रशिक्षण कार्यक्रममा बोल्दै उनले नेपालमा पञ्चायतकालीन एकदलीय शासन व्यवस्थाविरुद्ध नेपाली कांग्रेस, नेकपा (एमाले) लगायत विभिन्न कम्युनिष्ट दलहरूले दशकौँसम्म निरन्तर संघर्ष गरेको स्मरण गरे।

उनले भने, ‘यो देशमा एकदलीय, पञ्चायत शासन व्यवस्था थियो। अहिले हामीले कटाक्ष गरेपनि ती राजनीतिक दलहरू नेपाली कांग्रेस, नेकपा (एमाले), विभिन्न कम्युनिष्ट घटक दलहरूले ३० वर्ष अनवरत संघर्ष गरे। ति दलका नेताहरूलाई यस्तो परिवर्तन आउँछ कि आउँदैन भन्ने हेक्का पनि थिएन। आफ्ना कलिला बालबालिकालाई छाडेर लुक्दै र भाग्दै हिँड्नुपरेको थियो। पढ्ने अवसर प्राप्त थिएन तर परिवर्तनका लागि संघर्ष निरन्तर चलिरहेको थियो। उहाँहरूको जीवन जोखिममा थियो। त्यस्तो एकदलीय शासन व्यवस्थालाई पनि चुनौती दिएर एक वर्ष होइन, दुई वर्ष होइन ३० वर्षसम्म संघर्ष गर्दै परिवर्तनको यात्रामा होमिएका थिए।’

लामिछानेले माओवादी सशस्त्र द्वन्द्वका क्रममा पनि धेरै नेता तथा कार्यकर्ताले ज्यानको जोखिम मोलेर राजनीतिक परिवर्तनका लागि संघर्ष गरेको उल्लेख गरे।
उनले भने, ‘सशस्त्र द्वन्द्वमा माओवादी पार्टीका नेता कार्यकर्ताहरू देशमा परिवर्तन गर्छु भनेर हिँडे। उनीहरूलाई १० वर्ष लाग्छ कि २० वर्ष लाग्छ कि वा हुन्छ कि हुँदैन केही थाहा थिएन। तर अनवरत राजनीतिक रूपमा संघर्ष गर्दै हिँडे। ज्यानको जोखिममा लागेका थिए। कयौँ नेताहरूको टाउकाको मूल्य तोकिएको थियो। कुनै आस्थाको हिसाबले सहमत हुन नसकेपनि उनीहरूलाई परिवर्तन आउँछ कि आउँदैन भन्ने हेक्का पनि थिएन। त्यस्तो संघर्षबाट राजनीति आज यस्तो अवस्थामा आइपुगेको छ।’

उनले अहिलेको राजनीतिक संघर्ष विगतको तुलनामा सहज रहेको भन्दै जनमतमार्फत परिवर्तन सम्भव भएको बताए। ‘आज हामीलाई थाहा छ, चुनावमा जाँदा बहुमत आउँछ भन्ने सबैलाई थाहा छ। सब थाहा भएको यति सजिलो संघर्ष इतिहासमा भएको थिएन। हामी त्यति सजिलो संघर्षबाट आएका हौँ,’ उनले भने। लामिछानेले विगतका राजनीतिक नेतृत्वले गरेको कठिन संघर्षकै कारण अहिलेको पुस्ताले तुलनात्मक रूपमा सहज वातावरणमा राजनीति गर्न पाएको उल्लेख गर्दै आगामी पाँच वर्ष परिणाममुखी काम गर्नुपर्ने आवश्यकता औँल्याए।

विभिन्न स्थानबाट लागूऔषधसहित २३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित २३ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँबाट ११, झापाबाट

Read More »

सल्यानमा बलात्कार आरोपमा ६३ वर्षीय व्यक्ति पक्राउ

काठमाडौं : सल्यानमा बलात्कार आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा छत्रेश्वरी गाउँपालिका–१, चामेका ६३ वर्षीय नरबहादुर डाँगी छन् । २८ वर्षीया एक

Read More »

रास्वपाको लक्ष्य वैकल्पिक शक्ति मात्र होइन, मलुकको नेतृत्व होः सभापति लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने बताएका छन्। आज र भोलि हुन

Read More »

देशमा विकृति, बिचौलियातन्त्र र सेटिङको अन्त्य हुँदै गएको छ : मन्त्री तिमिल्सिना

नुवाकोट : सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले देश नयाँ राजनीतिक संस्कारतर्फ अग्रसर भएको बताउँदै मन्त्रालय तथा सरकारी निकायमा हुने ‘सेटिङ’ विकृति र बिचौलियातन्त्रको प्रभाव

Read More »

सामाजिक सुरक्षा कोषमा १ खर्ब ११ अर्ब योगदान सङ्कलन

काठमाडौँ । जलविद्युत् परियोजना, विद्युत् प्रसारण लाइन, सौर्य तथा नवीकरणीय ऊर्जा उत्पादन गर्ने उद्योगमा लगानी गर्ने गरी सामाजिक सुरक्षा कोषले कर्जा वा सहवित्तीयकरणमा लगानी गर्ने

Read More »

सडक सञ्जालमा जोडियो अपिहिमाल गाउँपालिका

दार्चुला : अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ । खलङ्गाबाट २३ कोष उत्तर-पश्चिममा रहेको पालिकाको वडा नं ३ गौड्याखोलासम्म सडक पुगेको हो । सडक सञ्जालबाट

Read More »