कराते खेलाडीदेखि यातायात नेतासम्म : हरिशरण केसीको उम्मेदवारीले बढायो चुनावी सरगर्मी

पोखरा । हरिशरण केसी ले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ को अध्यक्ष पदमा उम्मेदवारी दिएसँगै महासंघको चुनावी माहोल थप रोमाञ्चक बनेको छ। लामो समयदेखि यातायात क्षेत्रमा सक्रिय केसीको उम्मेदवारीले व्यवसायीहरूबीच नयाँ उत्साह र ऊर्जा थपिएको सहभागीहरू बताउँछन्।

केन्द्रीय सदस्य हुँदै लगातार दुई कार्यकाल वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका केसी यातायात क्षेत्रका अनुभवी, संघर्षशील तथा प्रभावशाली व्यक्तित्वका रूपमा परिचित छन्। संगठन निर्माणदेखि व्यवसायीका हकहितका सवालसम्म सक्रिय भूमिका निर्वाह गरेका कारण उनलाई व्यवसायीहरूको “साझा उम्मेदवार” का रूपमा हेरिएको छ।

कराते खेलाडीसमेत रहेका केसी आफ्नो अनुशासन, नेतृत्व क्षमता र स्पष्ट कार्यशैलीका कारण व्यवसायीमाझ लोकप्रिय मानिन्छन्। महाधिवेशनस्थलमा उनको पक्षमा खुलेर समर्थन जनाउनेहरूको संख्या बढ्दै गएको छ भने युवा व्यवसायीदेखि पुराना अग्रजसम्मले उनको नेतृत्वमा महासंघ थप बलियो बन्ने विश्वास व्यक्त गरेका छन्।

पोखरामा जारी महाधिवेशनमा अध्यक्ष पदका लागि पुण्यप्रसाद सिटौला र केसीबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। चुनावी भेटघाट, आन्तरिक छलफल र समर्थन जुटाउने गतिविधि तीव्र बन्दै जाँदा महासंघको नेतृत्व चयनलाई लिएर व्यवसायी वृत्तमा चासो झन् बढेको छ।

विभिन्न स्थानबाट लागूऔषधसहित २३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित २३ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँबाट ११, झापाबाट

Read More »

सल्यानमा बलात्कार आरोपमा ६३ वर्षीय व्यक्ति पक्राउ

काठमाडौं : सल्यानमा बलात्कार आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा छत्रेश्वरी गाउँपालिका–१, चामेका ६३ वर्षीय नरबहादुर डाँगी छन् । २८ वर्षीया एक

Read More »

रास्वपाको लक्ष्य वैकल्पिक शक्ति मात्र होइन, मलुकको नेतृत्व होः सभापति लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने बताएका छन्। आज र भोलि हुन

Read More »

देशमा विकृति, बिचौलियातन्त्र र सेटिङको अन्त्य हुँदै गएको छ : मन्त्री तिमिल्सिना

नुवाकोट : सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले देश नयाँ राजनीतिक संस्कारतर्फ अग्रसर भएको बताउँदै मन्त्रालय तथा सरकारी निकायमा हुने ‘सेटिङ’ विकृति र बिचौलियातन्त्रको प्रभाव

Read More »

सामाजिक सुरक्षा कोषमा १ खर्ब ११ अर्ब योगदान सङ्कलन

काठमाडौँ । जलविद्युत् परियोजना, विद्युत् प्रसारण लाइन, सौर्य तथा नवीकरणीय ऊर्जा उत्पादन गर्ने उद्योगमा लगानी गर्ने गरी सामाजिक सुरक्षा कोषले कर्जा वा सहवित्तीयकरणमा लगानी गर्ने

Read More »

सडक सञ्जालमा जोडियो अपिहिमाल गाउँपालिका

दार्चुला : अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ । खलङ्गाबाट २३ कोष उत्तर-पश्चिममा रहेको पालिकाको वडा नं ३ गौड्याखोलासम्म सडक पुगेको हो । सडक सञ्जालबाट

Read More »