उदयपुर । १० वर्ष कैद सजाय फैसला भई फरार रहेका प्रतिवादीलाई अस्थायी प्रहरी पोस्ट संगमचोक उदयपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।
हिजो साँझ करिब ८ बजे त्रियुगा नगरपालिका वडा नं. ७ कौवाई खोला क्षेत्रमा हिँडडुल गरिरहेको अवस्थामा ७० वर्षीय दिल बहादुर मिरिङचिङ मगरलाई प्रहरी टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका निजलाई उदयपुर जिल्ला अदालतबाट जवरजस्ती करणी सम्बन्धी कसुरमा १० वर्ष कैद सजाय फैसला भएको थियो । निजलाई फैसला कार्यान्वयनका लागि सम्मानित उदयपुर जिल्ला अदालत पठाउने तयारी भइरहेको छ ।









