प्रधानमन्त्रीले संसदीय मर्यादा विपरीत व्यवहार देखाएको कांग्रेसको आरोप

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहेका बेला प्रधानमन्त्री बैठकबाट बाहिरिएको प्रति असहमति जनाएको छ ।

पार्टीका प्रवक्ता देवराज चालिसेले वक्तव्य जारी गर्दै प्रधानमन्त्रीको व्यवहारलाई संसदीय मर्यादा, संवैधानिक परम्परा र संस्थागत गरिमाको अवमूल्यन भएको बताएका हुन्।

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने संयुक्त बैठकलाई राष्ट्रिय महत्वको औपचारिक, उच्चस्तरीय तथा संवेदनशील कार्यक्रमका रूपमा व्याख्या गर्दै आफ्नै नेतृत्वको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहेका बेला प्रधानमन्त्री बैठकको अन्त्यसम्म उपस्थित नरहनुले अप्रिय सन्देश दिएको जनाइएको छ ।

कांग्रेसले प्रधानमन्त्रीको पोशाकबारे संसदभित्रै टिप्पणी भएको प्रसङ्ग पनि उठाएको छ। राष्ट्रिय पोशाक कानुनी रूपमा अनिवार्य नभए पनि संवैधानिक तथा राष्ट्रिय महत्वका अवसरमा राष्ट्रिय पहिचान, सांस्कृतिक परम्परा र राज्यको प्रतीकात्मक गरिमाप्रति सम्मान प्रकट गर्ने स्थापित अभ्यास रहेको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने सदनको संयुक्त बैठक राष्ट्रिय महत्वको औपचारिक, उच्चस्तरीय तथा संवेदनशील कार्यक्रम हो। आफ्नै नेतृत्वको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा प्रधानमन्त्री बैठकको अन्त्यसम्म उपस्थित हुन नचाहनु र अस्वाभाविक व्यवहार देखाउने शैलीले अप्रिय सन्देश दिएको छ ।’

पार्टीले लोकतन्त्रमा वैचारिक मतभेद र शैलीगत विविधता स्वाभाविक भए पनि राज्यका विभिन्न अङ्गबीचको पारस्परिक सम्मान, संसदीय संस्कार र संवैधानिक मर्यादाप्रतिको प्रतिबद्धता साझा राष्ट्रिय मूल्य हुनुपर्ने जनाएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘संसद् सरकार निर्माणका लागि गणितीय हैसियत बोकेको संस्थामा सीमित हुने निकाय होइन, यो लोकतान्त्रिक संस्कारको निर्माण, संस्थागत अनुशासन र राष्ट्रिय सभ्यता प्रदर्शित गर्ने सर्वोच्च मञ्च हो। त्यसैले त्यहाँ हुने हरेक व्यवहारले वर्तमान राजनीतिक परिवेशलाई मात्र होइन, आगामी पुस्ताको लोकतान्त्रिक संस्कृतिलाई समेत प्रभावित पार्दछ।’

कांग्रेसले संसदीय इतिहास र स्थापित परम्पराको दृष्टिकोणबाट उक्त व्यवहारलाई संसदीय मर्यादा अनुकूल मान्न नसकिने भन्दै यस्ता अमर्यादित तथा अशोभनीय व्यवहारप्रति असहमति जनाएको छ।

विभिन्न स्थानबाट लागूऔषधसहित २३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित २३ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँबाट ११, झापाबाट

Read More »

सल्यानमा बलात्कार आरोपमा ६३ वर्षीय व्यक्ति पक्राउ

काठमाडौं : सल्यानमा बलात्कार आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा छत्रेश्वरी गाउँपालिका–१, चामेका ६३ वर्षीय नरबहादुर डाँगी छन् । २८ वर्षीया एक

Read More »

रास्वपाको लक्ष्य वैकल्पिक शक्ति मात्र होइन, मलुकको नेतृत्व होः सभापति लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने बताएका छन्। आज र भोलि हुन

Read More »

देशमा विकृति, बिचौलियातन्त्र र सेटिङको अन्त्य हुँदै गएको छ : मन्त्री तिमिल्सिना

नुवाकोट : सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले देश नयाँ राजनीतिक संस्कारतर्फ अग्रसर भएको बताउँदै मन्त्रालय तथा सरकारी निकायमा हुने ‘सेटिङ’ विकृति र बिचौलियातन्त्रको प्रभाव

Read More »

सामाजिक सुरक्षा कोषमा १ खर्ब ११ अर्ब योगदान सङ्कलन

काठमाडौँ । जलविद्युत् परियोजना, विद्युत् प्रसारण लाइन, सौर्य तथा नवीकरणीय ऊर्जा उत्पादन गर्ने उद्योगमा लगानी गर्ने गरी सामाजिक सुरक्षा कोषले कर्जा वा सहवित्तीयकरणमा लगानी गर्ने

Read More »

सडक सञ्जालमा जोडियो अपिहिमाल गाउँपालिका

दार्चुला : अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ । खलङ्गाबाट २३ कोष उत्तर-पश्चिममा रहेको पालिकाको वडा नं ३ गौड्याखोलासम्म सडक पुगेको हो । सडक सञ्जालबाट

Read More »