सरकारको नीति तथा कार्यक्रम पूर्णरुपले खारेज हुनुपर्छ : एमाले

काठमाडौँ । नेकपा एमालेले सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम खारेज गर्न माग गरेको छ । मंगलबार प्रतिनिधिसभामा सम्बोधन गर्दै एमाले  संसदीय दलका नेता रामबहादुर थापा बादलले राष्ट्रलाई असाधारण परिस्थितिबाट बचाउन नीति तथा कार्यक्रम खारेज गर्नुपर्ने धारणा राखेका हुन् ।

‘राष्ट्रलाई असाधारण परिस्थितिबाट बचाउन यो नीति तथा कार्यक्रम खारेज हुनुपर्छ । र, पूर्ण संशोधन र पुनर्लेखन गर्नै पर्दछ’, उनले भने । यसैगरी बादलले जेनजी आन्दोलन र रास्वपा सरकार गठनप्रति आक्रामक टिप्पणी समेत गरेका छन् । उनले राष्ट्रिय झन्डा ओढेर देश जलाउनेप्रति यो नीति तथा कार्यक्रम किन मौन छ ? भनेर प्रश्न उठाए ।

‘देश खरानी हुँदा र आफ्नै परमाधिपतिको मुख्यालय जलाउँदा नेपाली सेना रहस्यमय ढङ्गले किन मुखदर्शक बन्यो ? लिपु लेकमा अतिक्रमण हुँदा त्यही सेनाले सुकुम्बासी बस्तीहरूमा किन परेड खेल्दैछ ? असंलग्न नीतिको खिल्ली उडाउँदै टिओबीहरुको ताण्डव नृत्यप्रति यो नीति तथा कार्यक्रम किन चुपचाप छ ?’, सरकारमाथि गम्भीर प्रश्न उठाउँदै बादलले भने ।

यसैगरी सुसंस्कृत सभ्य बन्नुपर्ने प्रतिनिधिले संसदमा बारम्बार असभ्य प्रदर्शन गर्दा समेत सभामुख लाचार र नतमस्तक भएको उनले आरोप लगाए । रास्वपाले घोषणा गरेको बाचा पत्र वास्तवमा सुशासन, स्थायित्व, दिगो शान्ति समृद्धि, लोकतन्त्र सम्बर्द्धन र राष्ट्रका लागि नभई, त्यो रास्वपाको अधिनायकवाद स्थापित गर्ने डिजाइन भएको आरोप लगाए ।

विभिन्न स्थानबाट लागूऔषधसहित २३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित २३ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँबाट ११, झापाबाट

Read More »

सल्यानमा बलात्कार आरोपमा ६३ वर्षीय व्यक्ति पक्राउ

काठमाडौं : सल्यानमा बलात्कार आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा छत्रेश्वरी गाउँपालिका–१, चामेका ६३ वर्षीय नरबहादुर डाँगी छन् । २८ वर्षीया एक

Read More »

रास्वपाको लक्ष्य वैकल्पिक शक्ति मात्र होइन, मलुकको नेतृत्व होः सभापति लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने बताएका छन्। आज र भोलि हुन

Read More »

देशमा विकृति, बिचौलियातन्त्र र सेटिङको अन्त्य हुँदै गएको छ : मन्त्री तिमिल्सिना

नुवाकोट : सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले देश नयाँ राजनीतिक संस्कारतर्फ अग्रसर भएको बताउँदै मन्त्रालय तथा सरकारी निकायमा हुने ‘सेटिङ’ विकृति र बिचौलियातन्त्रको प्रभाव

Read More »

सामाजिक सुरक्षा कोषमा १ खर्ब ११ अर्ब योगदान सङ्कलन

काठमाडौँ । जलविद्युत् परियोजना, विद्युत् प्रसारण लाइन, सौर्य तथा नवीकरणीय ऊर्जा उत्पादन गर्ने उद्योगमा लगानी गर्ने गरी सामाजिक सुरक्षा कोषले कर्जा वा सहवित्तीयकरणमा लगानी गर्ने

Read More »

सडक सञ्जालमा जोडियो अपिहिमाल गाउँपालिका

दार्चुला : अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ । खलङ्गाबाट २३ कोष उत्तर-पश्चिममा रहेको पालिकाको वडा नं ३ गौड्याखोलासम्म सडक पुगेको हो । सडक सञ्जालबाट

Read More »