१ लाख ७४ हजार आवेदकले पाए याम्बालिङ हाइड्रोपावरको आईपीओ

काठमाडौं । याम्बालिङ हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्राथमिक शेयर आईपीओ आज बाँडफाँड गरेको छ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडको कार्यालयमा सम्पन्न बाँडफाँड कार्यक्रममार्फत गोलाप्रथाद्वारा भाग्यमानी आवेदक छनोट गरिएको हो ।

बाँडफाँडअनुसार कुल १ लाख ७४ हजार ३०० जना आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् । कम्पनीले सर्वसाधारणका लागि १७ लाख ४३ हजार कित्ता आईपीओ बिक्री खुला गरेको थियो ।

कम्पनीको आईपीओमा कुल २९ लाख ८२ हजार ४९८ जनाले आवेदन दिएका थिए । तीमध्ये विभिन्न कारणले ४४ हजार ४१६ जनाको आवेदन रद्द भएको थियो भने २९ लाख ३८ हजार ८२ जना योग्य आवेदक कायम भएका थिए । कम्पनीका अनुसार आईपीओमा माग गरिएको भन्दा १८.६३ गुणा बढी आवेदन परेको थियो, जसले लगानीकर्ताको उच्च आकर्षण देखाएको छ ।

कम्पनीले २०८३ वैशाख १६ गतेदेखि २२ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ निष्कासन गरेको थियो । आईपीओ बाँडफाँडको नतिजा सीडीएससीको आईपीओ रिजल्ट वेबसाइट, मुक्तिनाथ क्यापिटलको आधिकारिक वेबसाइट तथा मेरो शेयरमार्फत हेर्न सकिने कम्पनीले जनाएको छ ।

भारदहमा करेन्ट लागेर एक जनाको मृत्यु

राजविराज : जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका–१, भारदहमा आज केरा बगानमा करेन्ट लागेर एक जना किसानको मृत्यु भएको छ । स्थानीय ४८ वर्षीय सहदेव लौगीको मृत्यु

Read More »

सशस्त्र प्रहरीद्वारा बाढीमा फसेका २० जनाको उद्धार

महेन्द्रनगर : सशस्त्र प्रहरी बल नेपालको टोलीले कञ्चनपुरको पुनर्वासमा पर्ने दोदा नदी र बाहुन खोलामा आएको बाढीमा फसेका २० जनाको सकुशल उद्धार गरेको छ ।

Read More »

एनआरएनएद्वारा बजेटको स्वागत, सरकारको प्रतिबद्धताले उत्साह थपेको प्रतिक्रिया

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाल सरकारले शुक्रबार घोषणा गरेको आगामी आर्थिक वर्षको बजेट सकारात्मक रहेको भन्दै स्वागत गरेको छ। संघको तर्फबाट प्रवक्ता

Read More »

कर्मचारीको तलब करिब २१ प्रतिशतले वृद्धि

काठमाडौं । सरकारले कर्मचारीको तलब करिब २१ प्रतिशतले वृद्धि गरेको छ । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले सबै मिलाएर २१ प्रतिशत तलब वृद्धि हुने घोषणा गरेका

Read More »

नर्सिङ कर्मचारीको रात्री ड्यूटी भत्ता दोब्बर

काठमाडौं । सरकारले नर्सहरूको रात्रि ड्युटी भत्ता दोब्बर गरेको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो जानकारी दिएका

Read More »

३६० वस्तुमा लाग्दै आएको अन्त शूल्क खारेज

काठमाडौं । सरकारले ३६० वस्तुमा लाग्दै आएको अन्त शूल्क खारेज गरेको छ । आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री स्वर्णीम वाग्लेले अन्त शूल्क

Read More »