स्ट्रेट अफ होर्मुज नजिक भारतीय जहाजमाथि हमला

नयाँ दिल्ली । ओमानको तट नजिक भारतीय झण्डा बोकेको एउटा जहाजमा क्षेप्यास्त्र आक्रमण भएको छ । घटनाप्रति भारतले कडा असन्तुष्टि व्यक्त गरेको छ ।

भारतीय विदेश मन्त्रालयले घटनालाई अस्वीकार्य भएको बताउँदै अन्तर्राष्ट्रिय समुद्री व्यापार र आम नाविकहरूलाई लक्षित गर्नु कुनै पनि परिस्थितिमा अस्वीकार्य बताएको छ ।

यो आक्रमण स्ट्रेट अफ होर्मुज र आसपासको अन्तर्राष्ट्रिय जल क्षेत्रमा बढ्दो तनावको समयमा भएको हो । अमेरिका र इरानबिच युद्धविराम हाल लागु भए पनि दुई देशहरू बिचको सम्झौताको अवस्था अत्यन्तै तनावपूर्ण छ ।

भारतीय विदेश मन्त्रालयले के भन्यो ?

बिहीबार जारी विज्ञप्तिमा विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले ओमान तटमा भारतीय झण्डाबाहक जहाजमा भएको आक्रमण अस्वीकार्य बताए । ‘हामी व्यावसायिक ढुवानी र आम नाविकहरूलाई निरन्तर लक्षित गरिएको घटनाको निन्दा गर्छौं,’ उनले भने । जहाजमा रहेका सबै भारतीय चालक दलका सदस्यहरू सुरक्षित रहेको पनि मन्त्रालयले स्पष्ट पारेको छ ।

उद्धार कार्य सञ्चालन गरेकोमा भारतले ओमानी अधिकारीहरूलाई धन्यवाद दिएको छ । व्यावसायिक जहाजहरूलाई लक्षित गर्ने, निर्दोष नागरिक चालक दलका सदस्यहरूको जीवनलाई खतरामा पार्ने र समुद्री व्यापार र नेभिगेसनको स्वतन्त्रतामा अवरोध पु‍र्‍याउनेजस्ता घटनाहरूबाट बच्नुपर्नेमा भारतले जोड दिएको छ ।

भारतीय जहाजहरूमाथि यसअघि पनि स्ट्रेट अफ होर्मुज क्षेत्रमा आक्रमण भइसकेको छ । भारत सरकारले आफ्नो विज्ञप्तिमा जहाजमाथि कसले आक्रमण गर्‍यो भनेर निर्दिष्ट गरेको छैन । पश्चिम एसियामा जारी तनाव, इरान–अमेरिका द्वन्द्व र समुद्री मार्गहरूमा बढ्दो खतराले यस क्षेत्रमा बढ्दो विश्वव्यापी चिन्तालाई बढावा दिइरहेको छ । यस्तै अवस्थामा भारतीय जहाजमाथि आक्रमण भएको हो ।

विभिन्न स्थानबाट लागूऔषधसहित २३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित २३ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँबाट ११, झापाबाट

Read More »

सल्यानमा बलात्कार आरोपमा ६३ वर्षीय व्यक्ति पक्राउ

काठमाडौं : सल्यानमा बलात्कार आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा छत्रेश्वरी गाउँपालिका–१, चामेका ६३ वर्षीय नरबहादुर डाँगी छन् । २८ वर्षीया एक

Read More »

रास्वपाको लक्ष्य वैकल्पिक शक्ति मात्र होइन, मलुकको नेतृत्व होः सभापति लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने बताएका छन्। आज र भोलि हुन

Read More »

देशमा विकृति, बिचौलियातन्त्र र सेटिङको अन्त्य हुँदै गएको छ : मन्त्री तिमिल्सिना

नुवाकोट : सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले देश नयाँ राजनीतिक संस्कारतर्फ अग्रसर भएको बताउँदै मन्त्रालय तथा सरकारी निकायमा हुने ‘सेटिङ’ विकृति र बिचौलियातन्त्रको प्रभाव

Read More »

सामाजिक सुरक्षा कोषमा १ खर्ब ११ अर्ब योगदान सङ्कलन

काठमाडौँ । जलविद्युत् परियोजना, विद्युत् प्रसारण लाइन, सौर्य तथा नवीकरणीय ऊर्जा उत्पादन गर्ने उद्योगमा लगानी गर्ने गरी सामाजिक सुरक्षा कोषले कर्जा वा सहवित्तीयकरणमा लगानी गर्ने

Read More »

सडक सञ्जालमा जोडियो अपिहिमाल गाउँपालिका

दार्चुला : अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ । खलङ्गाबाट २३ कोष उत्तर-पश्चिममा रहेको पालिकाको वडा नं ३ गौड्याखोलासम्म सडक पुगेको हो । सडक सञ्जालबाट

Read More »