मोबाइल व्यवसायीमा उत्साह नदेखिनु चिन्ताको विषय : भीष्मराज आङ्देम्बे

काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले मोबाइल प्रविधि आधुनिक जीवनको अपरिहार्य हिस्सा बनिसकेको बताएका छन् ।

नेपाल मोबाइल व्यवसायी महासंघको पाँचौं वार्षिक साधारण सभा तथा तेस्रो महाधिवेशनलाई सम्बोधन गर्दै उनले वर्तमान पुस्तादेखि आगामी पुस्तासम्म मोबाइल प्रविधिको प्रभाव झन् व्यापक हुँदै जाने उल्लेख गरे । उनले भने, ‘मोबाइल आजको जीवनसँग गासिएको प्रविधि हो । हाम्रो पुस्ताका लागि मात्र होइन, अहिलेको पुस्ता जन्मिँदै प्रविधिसँग जोडिएको छ । विश्वका धेरै मुलुकमा राजनीतिक परिवर्तनसमेत प्रविधिसँग गासिएको पुस्ताले ल्याएको देखिन्छ ।’

उनले आगामी पुस्तामा प्रविधि अझ उन्नत हुने उल्लेख गर्दै मोबाइल अहिले जीवनकै अभिन्न अंगजस्तै बनिसकेको बताए । साथै, मोबाइल व्यवसायसँग आबद्ध व्यवसायीहरूको अनुहारमा अपेक्षित उत्साह नदेखिएको भन्दै चिन्ता व्यक्त गरे ।
आङ्देम्बेका अनुसार नेपाल मोबाइल महासंघमा देशभरका ७० जिल्लाका करिब २७ हजार ४ सय व्यवसायी आबद्ध छन् । उनले व्यवसायीहरूमा उत्साहको कमी देखिनु दीर्घकालीन रूपमा चुनौतीपूर्ण हुने बताए ।

उनले भने, ‘यदि यो क्षेत्रमा आबद्ध व्यवसायीहरूको अनुहारमा उत्साह आउँदैन भने भविष्यमा यसले कसरी निरन्तर सेवा दिन सक्छ भन्ने ठूलो प्रश्न हो । अन्य क्षेत्रझैं यो व्यवसाय पनि पलायन हुने अवस्था सिर्जना भयो भने त्यसको असर गम्भीर हुन सक्छ ।’ उनले पछिल्लो समय विभिन्न क्षेत्रमा व्यवसाय पलायन हुने क्रम बढिरहेको उल्लेख गर्दै मोबाइल व्यवसायलाई दिगो र व्यवस्थित बनाउन आवश्यक नीति तथा वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए ।

महासंघको महाधिवेशन शनिबार (आज)देखि सुरु भएको हो । महाधिवेशनले भोलि (आइतबार) नयाँ नेतृत्व चयन गर्नेछ । राष्ट्रिय सभा गृह काठमाडौंमा उद्घाटन भएको महाधिवेशनको बन्दसत्र भक्तपुरको कौशलटारस्थित ह्वाइट पार्टी प्यालेसमा हुने आयोजकले जनाएको छ ।

महाधिवेशनमा सहभागी हुन देशभरबाट १५ सय प्रतिनिधि काठमाडौं आइपुगेका छन् । हासंघको देशका ७ प्रदेश र ७० जिल्लामा शाखा विस्तार भइसकेको छ । महासंघमा आबद्ध २७ हजार ४०० साधारण सदस्य छन् ।

महाधिवेशनबाट कुल ५५ सदस्यीय केन्द्रीय कार्यसमिति चयन हुनेछ पदाधिकारीकारीतर्फ विधान अनुसार अध्यक्ष, निवर्तमान अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १ , ७ उपाध्यक्ष (खुला), महासचिव १, कोषाध्यक्ष १, सचीव ४ मध्ये ३ खुला र १ महिला र सहकोषाध्यक्ष १ निर्वाचित हुने व्यवस्था छ ।

यसैगरी, केन्द्रीय सदस्य प्रत्येक प्रदेशबाट २ को दरले कुल १४ जना, संस्थापक संस्था १४ वटाको तर्फबाट १/१ गरी कुल १४ जना, बागमती प्रदेशबाट थप ५ जना, अध्यक्षद्वारा मनोनीत ५ जना (समावेशीताका आधारमा) कार्यसमितिमा रहने व्यवस्था छ ।

हालसम्म अध्यक्षमा रमेशकुमार घिमिरे र महासचिवमा छतेन्द्र आचार्यले बलियो दाबीदारी प्रस्तुत गरेका छन् । घिमिरे र आचार्यको नाम सर्वसम्मत गराउने प्रयास भइरहेको छ । साथै, अन्य पदहरु पनि सर्वसम्मतबाटै चयन गर्ने प्रयास भइरहेको छ ।

विभिन्न स्थानबाट लागूऔषधसहित २३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित २३ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँबाट ११, झापाबाट

Read More »

सल्यानमा बलात्कार आरोपमा ६३ वर्षीय व्यक्ति पक्राउ

काठमाडौं : सल्यानमा बलात्कार आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा छत्रेश्वरी गाउँपालिका–१, चामेका ६३ वर्षीय नरबहादुर डाँगी छन् । २८ वर्षीया एक

Read More »

रास्वपाको लक्ष्य वैकल्पिक शक्ति मात्र होइन, मलुकको नेतृत्व होः सभापति लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने बताएका छन्। आज र भोलि हुन

Read More »

देशमा विकृति, बिचौलियातन्त्र र सेटिङको अन्त्य हुँदै गएको छ : मन्त्री तिमिल्सिना

नुवाकोट : सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले देश नयाँ राजनीतिक संस्कारतर्फ अग्रसर भएको बताउँदै मन्त्रालय तथा सरकारी निकायमा हुने ‘सेटिङ’ विकृति र बिचौलियातन्त्रको प्रभाव

Read More »

सामाजिक सुरक्षा कोषमा १ खर्ब ११ अर्ब योगदान सङ्कलन

काठमाडौँ । जलविद्युत् परियोजना, विद्युत् प्रसारण लाइन, सौर्य तथा नवीकरणीय ऊर्जा उत्पादन गर्ने उद्योगमा लगानी गर्ने गरी सामाजिक सुरक्षा कोषले कर्जा वा सहवित्तीयकरणमा लगानी गर्ने

Read More »

सडक सञ्जालमा जोडियो अपिहिमाल गाउँपालिका

दार्चुला : अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ । खलङ्गाबाट २३ कोष उत्तर-पश्चिममा रहेको पालिकाको वडा नं ३ गौड्याखोलासम्म सडक पुगेको हो । सडक सञ्जालबाट

Read More »