स्थान विशेष मौसम पूर्वानुमानका लागि संघीय सरकारसँग समन्वय गर्छौं : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मौसम पूर्वानुमान र सूचना प्रणालीलाई प्रभावकारी बनाउन प्रदेश सरकारले समन्वय र सहकार्यलाई सुदृढ बनाउने बताएका छन् ।

दाङको भालुबाङमा आयोजित मौसम मन्थनसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले मौसम पूर्वानुमानलाई अझ विश्वासयोग्य बनाउँदै स्थान विशेष पूर्वानुमानलाई प्राथमिकतामा राखेर संघीय सरकारसँग समन्वय गरिने बताएका हुन् । उनले मौसमसम्बन्धी सूचना नागरिकसम्म समयमै पुर्‍याउन प्रभावकारी संयन्त्र निर्माण गर्न आवश्यक रहेको उल्लेख गरे । दैनिक मौसम सूचना किसानसम्म पुर्‍याउन विशेष जोड दिँदै उनले स्थानीय सञ्चारमाध्यम, सामाजिक सञ्जाल र समुदायस्तरका संरचनालाई परिचालन गरिने बताए ।

मुख्यमन्त्री आचार्यले मौसम पूर्वानुमानसम्बन्धी सूचनाको बुझाइमा एकरूपता आवश्यक रहेको बताउँदै जलवायु परिवर्तनका कारण विपद्को जोखिम बढ्दै गएको उल्लेख गरे । पूर्व सतर्कताका लागि प्रदेश सरकारले यसअघि नै विभिन्न निकायसँग समन्वय गर्दै आएको उनको भनाइ थियो ।

प्रदेशमा हाल नेपालगञ्ज र भैरहवास्थित मौसम पूर्वानुमान कार्यालयमार्फत सूचना प्रवाह भइरहेको उल्लेख गर्दै उनले ती कार्यालयले उपलब्ध गराउने पूर्वानुमानसम्बन्धी सूचना प्रदेशका सबै स्थानीय तहसम्म पुर्‍याउन प्रदेश सरकारले समन्वय गर्ने बताए । उनले मौसमसम्बन्धी पूर्वतयारीका काममा आन्तरिक मामिला तथा कानुन मन्त्रालय, १२ वटै जिल्ला प्रशासन कार्यालय, प्रहरी तथा स्थानीय तहसँग समन्वय भइरहेको जानकारी दिए । नागरिकसम्म सूचना पुर्‍याउन सामाजिक सञ्जाल र स्थानीय सञ्चार माध्यमको प्रयोग प्रभावकारी बन्दै गएको उनले बताए ।

मुख्यमन्त्री आचार्यले मौसमसम्बन्धी सूचना भरपर्दो र व्यवहारिक बनाउनुपर्ने आवश्यकता औंल्याउँदै सूचना प्रवाहको जिम्मेवारी स्थानीय तहले पनि सक्रिय रूपमा लिनुपर्ने बताए । स्थानीय समुदायको परिचालन, स्वयंसेवक तयारी तथा विपद् कार्ययोजनामार्फत पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउने काम भइरहेको उनको भनाइ थियो ।

स्थान विशेष मौसम पूर्वानुमान र मौसम पूर्वानुमान संयन्त्रको विकास अहिलेको आवश्यकता रहेको उनले जोड दिए ।

विभिन्न स्थानबाट लागूऔषधसहित २३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित २३ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँबाट ११, झापाबाट

Read More »

सल्यानमा बलात्कार आरोपमा ६३ वर्षीय व्यक्ति पक्राउ

काठमाडौं : सल्यानमा बलात्कार आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा छत्रेश्वरी गाउँपालिका–१, चामेका ६३ वर्षीय नरबहादुर डाँगी छन् । २८ वर्षीया एक

Read More »

रास्वपाको लक्ष्य वैकल्पिक शक्ति मात्र होइन, मलुकको नेतृत्व होः सभापति लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने बताएका छन्। आज र भोलि हुन

Read More »

देशमा विकृति, बिचौलियातन्त्र र सेटिङको अन्त्य हुँदै गएको छ : मन्त्री तिमिल्सिना

नुवाकोट : सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले देश नयाँ राजनीतिक संस्कारतर्फ अग्रसर भएको बताउँदै मन्त्रालय तथा सरकारी निकायमा हुने ‘सेटिङ’ विकृति र बिचौलियातन्त्रको प्रभाव

Read More »

सामाजिक सुरक्षा कोषमा १ खर्ब ११ अर्ब योगदान सङ्कलन

काठमाडौँ । जलविद्युत् परियोजना, विद्युत् प्रसारण लाइन, सौर्य तथा नवीकरणीय ऊर्जा उत्पादन गर्ने उद्योगमा लगानी गर्ने गरी सामाजिक सुरक्षा कोषले कर्जा वा सहवित्तीयकरणमा लगानी गर्ने

Read More »

सडक सञ्जालमा जोडियो अपिहिमाल गाउँपालिका

दार्चुला : अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ । खलङ्गाबाट २३ कोष उत्तर-पश्चिममा रहेको पालिकाको वडा नं ३ गौड्याखोलासम्म सडक पुगेको हो । सडक सञ्जालबाट

Read More »