कांग्रेस विभाजनको संघारमा छ : पूर्णबहादुर खड्का

सुर्खेत । नेपाली कांग्रेसका निवर्तमान उपसभापति पूर्णबहादुर खड्काले पार्टी विभाजनको संघारमा रहेको बताएका छन् ।

विशेष महाधिवेशनको नेतृत्वविरुद्ध निर्वाचन आयोग र सर्वोच्च अदालतमा गएका खड्काले सर्वोच्चको फैसलापछि पनि पार्टी बृहत एकताका लागि सबै प्रदेशमा भेला गरी कार्यकर्ताको सुझाव लिएर अगाडि बढ्ने बताए ।

गृह जिल्लामा आयोजित भेलाको उद्घाटन गर्दै खड्काले विशेष महाधिवेशनका कारण गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीले हार व्यहोरेको बताए ।

‘इतिहासमै नेपाली कांग्रेस पहिलोपटक लज्जास्पद हार व्यहोर्नुपरेको छ’ उनले भने, ‘चुनावको मुखमा गरिएको विशेष महाधिवेशनले पार्टीलाई ऊर्जा दिन सकेन ।’ हार व्यहोरे पनि नेतृत्व अझै पार्टी एकताको पक्षमा गम्भीर नभएको खड्काको आरोप छ । पार्टी एकताको पहल नेतृत्वबाट हुनुपर्नेमा नेतृत्व विभाजनतिर अग्रसर भएको उनको भनाइ छ ।

नेतृत्व एकताको भन्दा पनि टिम विभाजनतर्फ लागेको देखियो’ उनले भने, ‘यसले पार्टी एकतालाई बल पुर्‍याउँदैन ।’ नेताहरुलाई घेराबन्दीमा पार्ने र विशेषको नाममा पार्टी कब्जा गर्न उद्दत रहेको उनले बताए । क्रियाशील अद्यावधिकको नाममा सदस्यहरुलाई पार्टीबाट लखेट्न खोजिएको उनको आरोप छ ।

डिजिटलाइजेसन र आधुनिकताको नाममा पार्टीमा लामो समय योगदान दिएका नेता कार्यकर्तालाई अपमानजनक रुपमा लखेट्न खोजिएको उनले बताए । पार्टी अफ्ठ्यारो अवस्थामा पुगेकोले सबै तहका नेता कार्यकर्ताको सुझाव लिन आफूले सबै प्रदेशमा भेला आयोजना गरिएको र तल्लो तहबाट आएको सुझावका आधारमा आफ्नो समूहले आवश्यक निर्णय लिने उनको भनाइ छ ।

पार्टीमा लागेर आफूले पाउनुपर्ने सबै पद र अवसर प्राप्त गरिसकेकाले आफूले बाँकी पुस्ताको राजनीतिक भविष्यका लड्ने उनले बताए ।

कांग्रेस कर्णाली प्रदेश समितिले आयोजना गरेको विचार गोष्ठी नाम दिइएको भेलामा देउवा समूहका नेता कार्यकर्ताहरुको सहभागिता छ ।

संस्थापन समूहले भेलालाई अघोषित बहिष्कार गरेका छन् । भेलामा देउवा समूहका मानिने प्रतिनिधि सभा सदस्य र कर्णाली प्रदेश सभा सदस्यहरु र निवर्तमान केन्द्रीय सदस्यहरु सहभागी भएका छन् ।

निवर्तमान कार्यवहाक सभापति खड्काले कार्यक्रम उद्घाटन गरेका हुन् ।

पार्टीको कार्यक्रम सञ्चालन कार्यविधि अनुसार नै मञ्चमा प्रमुख अथिति खड्का, कर्णाली प्रदेश संसदीय दलका नेता जीवन शाही र प्रदेश सभापति ललितजंग शाही मात्र छन् । खड्का निकट मानिने कर्णाली प्रदेशबाट प्रतिनिधि सभा सदस्य विष्णुबहादुर खड्का, खड्कबहादुर बिसी, जयपति रोकाया, राष्ट्रिय सभा सदस्य कृष्णबहादुर रोकाया भेलामा सहभागी छन् । भेलामा चौधौं महाधिवेशनबाट खड्का निटकका केन्द्रीय सदस्यहरुको पनि सहभागिता रहेको छ ।

विभिन्न स्थानबाट लागूऔषधसहित २३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित २३ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँबाट ११, झापाबाट

Read More »

सल्यानमा बलात्कार आरोपमा ६३ वर्षीय व्यक्ति पक्राउ

काठमाडौं : सल्यानमा बलात्कार आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा छत्रेश्वरी गाउँपालिका–१, चामेका ६३ वर्षीय नरबहादुर डाँगी छन् । २८ वर्षीया एक

Read More »

रास्वपाको लक्ष्य वैकल्पिक शक्ति मात्र होइन, मलुकको नेतृत्व होः सभापति लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने बताएका छन्। आज र भोलि हुन

Read More »

देशमा विकृति, बिचौलियातन्त्र र सेटिङको अन्त्य हुँदै गएको छ : मन्त्री तिमिल्सिना

नुवाकोट : सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले देश नयाँ राजनीतिक संस्कारतर्फ अग्रसर भएको बताउँदै मन्त्रालय तथा सरकारी निकायमा हुने ‘सेटिङ’ विकृति र बिचौलियातन्त्रको प्रभाव

Read More »

सामाजिक सुरक्षा कोषमा १ खर्ब ११ अर्ब योगदान सङ्कलन

काठमाडौँ । जलविद्युत् परियोजना, विद्युत् प्रसारण लाइन, सौर्य तथा नवीकरणीय ऊर्जा उत्पादन गर्ने उद्योगमा लगानी गर्ने गरी सामाजिक सुरक्षा कोषले कर्जा वा सहवित्तीयकरणमा लगानी गर्ने

Read More »

सडक सञ्जालमा जोडियो अपिहिमाल गाउँपालिका

दार्चुला : अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ । खलङ्गाबाट २३ कोष उत्तर-पश्चिममा रहेको पालिकाको वडा नं ३ गौड्याखोलासम्म सडक पुगेको हो । सडक सञ्जालबाट

Read More »