धनुषाका मिटरब्याज पीडितहरु अनिश्चितकालिन आन्दोलनमा, प्रहरी कार्यालय अगाडि प्रदर्शन

जनकपुर । धनुषाका मिटरब्याज पीडितहरुले अनिश्चितकालिन आन्दोलन सुरु गरेका छन् । विभिन्न मागहरु राख्दै उनीहरुले आइतबार (आज) जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।

केही दिन अघि धनुषाको फुलगामा ४ की मिटरब्याज पीडित सुनिता साहलाई प्रहरीले उल्टै पक्राउ गरी पिडा माथि झन पिडा थपेको भन्दै आफूहरुले प्रहरी प्रशासनविरुद्ध अनिश्चितकालिन आन्दोलन सुरु गरेको मिटरब्याज किसान मजदुर आन्दोलन नेपाल, धनुषा जिल्ला अध्यक्ष सम्भु प्रसाद यादवले जानकारी दिए ।

मिटरब्यजीहरुलाई कारबाही गर्नुको साटो प्रहरीले उल्टै पीडितहरुलाई समातेर जेल पठाउने गरेको घटनाहरु अगाडि आउन थालेपछि आफूहरुले बाध्य भएर आजदेखि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला अदालत र सरकारी वकिल कार्यालय अगाडि प्रत्येक दिन शान्तिपूर्ण धर्ना र विरोध गर्ने अध्यक्ष यादवले बताए ।

अध्यक्ष यादवले राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको प्रादेशिक भेलामा मधेश प्रदेशमा विद्यमान मिटरब्याजको समस्या समाधान गर्ने घोषणा गरेकोमा हालसम्म कुनै समाधानतर्फ सरकारले ध्यान नदिएको अध्यक्ष यादवले गुनासो गरे ।

गत बैशाख २१ गत्ते केन्द्र र प्रदेशमा ज्ञापन पत्र बुझाएर सरकारलाई ध्यानाकर्षण गराए पनि आफूहरुको समस्याको कुनै सामाधान सरकारले गर्न नखोजेकोमा अध्यक्ष यादवले खेद प्रकट गरेका छन् ।

मिटरब्याज पीडितहरुले मिटरब्याज पीडितलाई पक्राउ गर्न बन्द गर, सुदखोरलाई कारबाही गर, अदालतको एकलौटीको फैसलाको आधारमा पक्राउ गर्न पाईदैन, अदालत/प्रहरी/प्रशासनको दमन बन्द गर, हाम्रो माग पूरा गर, दफा २४(क) लागु गरलगायतका नारा लगाएका थिए ।

उनीहरुले पक्राउ गरेका मिटरब्याज पीडितहरुलाई रिहा गर्न र मिटरब्याजीहरुलाई पक्राउ नगरेसम्म यो शान्तिपूर्ण धर्ना एवम विरोध प्रदर्शन जारी राख्ने चेतावी दिएका छन् । धनुषामा मात्र मिटरब्याज पीडितको संख्या ७० हजार रहेको छ ।

विभिन्न स्थानबाट लागूऔषधसहित २३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित २३ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँबाट ११, झापाबाट

Read More »

सल्यानमा बलात्कार आरोपमा ६३ वर्षीय व्यक्ति पक्राउ

काठमाडौं : सल्यानमा बलात्कार आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा छत्रेश्वरी गाउँपालिका–१, चामेका ६३ वर्षीय नरबहादुर डाँगी छन् । २८ वर्षीया एक

Read More »

रास्वपाको लक्ष्य वैकल्पिक शक्ति मात्र होइन, मलुकको नेतृत्व होः सभापति लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने बताएका छन्। आज र भोलि हुन

Read More »

देशमा विकृति, बिचौलियातन्त्र र सेटिङको अन्त्य हुँदै गएको छ : मन्त्री तिमिल्सिना

नुवाकोट : सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले देश नयाँ राजनीतिक संस्कारतर्फ अग्रसर भएको बताउँदै मन्त्रालय तथा सरकारी निकायमा हुने ‘सेटिङ’ विकृति र बिचौलियातन्त्रको प्रभाव

Read More »

सामाजिक सुरक्षा कोषमा १ खर्ब ११ अर्ब योगदान सङ्कलन

काठमाडौँ । जलविद्युत् परियोजना, विद्युत् प्रसारण लाइन, सौर्य तथा नवीकरणीय ऊर्जा उत्पादन गर्ने उद्योगमा लगानी गर्ने गरी सामाजिक सुरक्षा कोषले कर्जा वा सहवित्तीयकरणमा लगानी गर्ने

Read More »

सडक सञ्जालमा जोडियो अपिहिमाल गाउँपालिका

दार्चुला : अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ । खलङ्गाबाट २३ कोष उत्तर-पश्चिममा रहेको पालिकाको वडा नं ३ गौड्याखोलासम्म सडक पुगेको हो । सडक सञ्जालबाट

Read More »