भारतीय प्रधानमन्त्री मोदीलाई स्वीडेनको सर्वोच्च सम्मान

स्टकहोम । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्वीडेनमा ‘रोयल अर्डर अफ पोलर स्टार कमान्डर ग्रान्ड क्रस’ सम्मान प्रदान गरिएको छ। यो स्वीडेनको सर्वोच्च सम्मान हो, जुन कुनै पनि देशको प्रधानमन्त्री वा राष्ट्र प्रमुखलाई मात्र दिने गरिन्छ।

प्रधानमन्त्री मोदीलाई स्वीडेनको ग्योथेनबर्ग सहरमा आइतबार आयोजित एक विशेष समारोहका बिच यो सम्मान दिइएको हो। यो प्रधानमन्त्री मोदीले पाएको ३१ औँ अन्तर्राष्ट्रिय सम्मान हो।

मोदीलाई सम्मानित गर्ने उक्त कार्यक्रममा स्वीडेनका प्रधानमन्त्री उल्फ क्रिस्टरसन लगायत विभिन्न देशका उच्च नेताहरूको उपस्थिति रहेको थियो। ‘रोयल अर्डर अफ द पोलर स्टार’ सम्मानको सुरुवात सन् १७४८ मा भएको हो।

स्वीडेन वा स्वीडेनको हितका लागि गरिएको विशिष्ट कार्यको उच्च मूल्याङ्कन र पहिचान गर्नका लागि यो पुरस्कार स्थापना गरिएको इतिहास छ।

विभिन्न स्थानबाट लागूऔषधसहित २३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित २३ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँबाट ११, झापाबाट

Read More »

सल्यानमा बलात्कार आरोपमा ६३ वर्षीय व्यक्ति पक्राउ

काठमाडौं : सल्यानमा बलात्कार आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा छत्रेश्वरी गाउँपालिका–१, चामेका ६३ वर्षीय नरबहादुर डाँगी छन् । २८ वर्षीया एक

Read More »

रास्वपाको लक्ष्य वैकल्पिक शक्ति मात्र होइन, मलुकको नेतृत्व होः सभापति लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने बताएका छन्। आज र भोलि हुन

Read More »

देशमा विकृति, बिचौलियातन्त्र र सेटिङको अन्त्य हुँदै गएको छ : मन्त्री तिमिल्सिना

नुवाकोट : सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले देश नयाँ राजनीतिक संस्कारतर्फ अग्रसर भएको बताउँदै मन्त्रालय तथा सरकारी निकायमा हुने ‘सेटिङ’ विकृति र बिचौलियातन्त्रको प्रभाव

Read More »

सामाजिक सुरक्षा कोषमा १ खर्ब ११ अर्ब योगदान सङ्कलन

काठमाडौँ । जलविद्युत् परियोजना, विद्युत् प्रसारण लाइन, सौर्य तथा नवीकरणीय ऊर्जा उत्पादन गर्ने उद्योगमा लगानी गर्ने गरी सामाजिक सुरक्षा कोषले कर्जा वा सहवित्तीयकरणमा लगानी गर्ने

Read More »

सडक सञ्जालमा जोडियो अपिहिमाल गाउँपालिका

दार्चुला : अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ । खलङ्गाबाट २३ कोष उत्तर-पश्चिममा रहेको पालिकाको वडा नं ३ गौड्याखोलासम्म सडक पुगेको हो । सडक सञ्जालबाट

Read More »