अमृत झाको रिहाइका लागि कूटनीतिक पहल जारी : परराष्ट्र

काठमाडौँ : इरानको केशम टापुमा अवैध सामान तस्करी आरोपमा पक्राउ परेका नेपाली अमृत झाको निष्पक्ष सुनुवाइ र रिहाइका लागि निरन्तर कूटनीतिक पहल भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। हाल उनी इरानको बन्दर अब्बासमा पुर्पक्षका लागि थुनामा छन्।

मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै झाको अवस्था र उनको रिहाइका सन्दर्भमा सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा आएका भ्रामक खबरबारे स्पष्ट पारेको हो।

परराष्ट्रका अनुसार अमेरिका-इजरायल र इरानबीच गत २८ फेब्रुअरी २०२६ मा द्वन्द्व सुरु हुनुअगावै अर्थात् जनवरी २०२६ को सुरुमा झा र अन्य ६ विदेशीलाई इरानी सुरक्षाकर्मीले केशम टापुबाट नियन्त्रणमा लिएका थिए।

प्राप्त पछिल्लो जानकारीअनुसार अदालतले माग गरेबमोजिमको ‘एक्सपर्ट रिपोर्ट’का लागि गठित विज्ञ टोलीले प्रतिवेदन तयार गरी अदालतमा बुझाउने प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ।

इरानको स्थानीय अदालतमा विचाराधीन मुद्दाको निरूपण त्यहाँकै कानुनअनुसार हुने भएकाले उपलब्ध सबै माध्यमको प्रयोग गरी झाको निष्पक्ष सुनुवाइ सुनिश्चित गर्न र उनलाई नेपाल फर्काउन कूटनीतिक प्रयास निरन्तर जारी राखिएको परराष्ट्रले जनाएको छ।

विभिन्न स्थानबाट लागूऔषधसहित २३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित २३ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँबाट ११, झापाबाट

Read More »

सल्यानमा बलात्कार आरोपमा ६३ वर्षीय व्यक्ति पक्राउ

काठमाडौं : सल्यानमा बलात्कार आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा छत्रेश्वरी गाउँपालिका–१, चामेका ६३ वर्षीय नरबहादुर डाँगी छन् । २८ वर्षीया एक

Read More »

रास्वपाको लक्ष्य वैकल्पिक शक्ति मात्र होइन, मलुकको नेतृत्व होः सभापति लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने बताएका छन्। आज र भोलि हुन

Read More »

देशमा विकृति, बिचौलियातन्त्र र सेटिङको अन्त्य हुँदै गएको छ : मन्त्री तिमिल्सिना

नुवाकोट : सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले देश नयाँ राजनीतिक संस्कारतर्फ अग्रसर भएको बताउँदै मन्त्रालय तथा सरकारी निकायमा हुने ‘सेटिङ’ विकृति र बिचौलियातन्त्रको प्रभाव

Read More »

सामाजिक सुरक्षा कोषमा १ खर्ब ११ अर्ब योगदान सङ्कलन

काठमाडौँ । जलविद्युत् परियोजना, विद्युत् प्रसारण लाइन, सौर्य तथा नवीकरणीय ऊर्जा उत्पादन गर्ने उद्योगमा लगानी गर्ने गरी सामाजिक सुरक्षा कोषले कर्जा वा सहवित्तीयकरणमा लगानी गर्ने

Read More »

सडक सञ्जालमा जोडियो अपिहिमाल गाउँपालिका

दार्चुला : अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ । खलङ्गाबाट २३ कोष उत्तर-पश्चिममा रहेको पालिकाको वडा नं ३ गौड्याखोलासम्म सडक पुगेको हो । सडक सञ्जालबाट

Read More »