भैरहवा मालपोतका नायव सुब्बाविरुद्ध दुई लाख घुस लिएको आरोपमा मुद्दा

रूपन्देही : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवामा कार्यरत नायव सुब्बा ओमबहादुर खाम्चाविरुद्ध घुस/रिसवत लिएको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले जारी गरेको प्रेस विज्ञप्तिअनुसार खाम्चाले जग्गाको नयाँ स्रेस्ता कायम तथा नामसारी गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरेको उजुरीपछि अनुसन्धान अघि बढाइएको थियो।

अख्तियारको कार्यालय बुटवलबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट दुई लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित नियन्त्रणमा लिएको जनाएको छ।

अनुसन्धानका क्रममा नायव सुब्बा खाम्चाले जिर्ण स्रेस्ता कायम गर्ने, अपुताली जग्गा नामसारी दाखा गरिदिने लगायतका काम गरिदिएबापत सेवाग्राहीसँग रकम माग गरी मोलमोलाइपछि दुई लाख रुपैयाँ लिएको पुष्टि भएको आयोगको दाबी छ।

आयोगले खाम्चाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत मुद्दा दायर गर्दै दुई लाख रुपैयाँ बिगो कायम गरी कैद तथा बराबर जरिवानाको मागदाबी गरेको जनाएको छ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी विज्ञप्तिमा सार्वजनिक सेवा प्रवाहमा हुने भ्रष्टाचार नियन्त्रणका लागि अनुसन्धान र कारबाहीलाई निरन्तरता दिइने उल्लेख गरिएको छ।

विभिन्न स्थानबाट लागूऔषधसहित २३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित २३ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँबाट ११, झापाबाट

Read More »

सल्यानमा बलात्कार आरोपमा ६३ वर्षीय व्यक्ति पक्राउ

काठमाडौं : सल्यानमा बलात्कार आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा छत्रेश्वरी गाउँपालिका–१, चामेका ६३ वर्षीय नरबहादुर डाँगी छन् । २८ वर्षीया एक

Read More »

रास्वपाको लक्ष्य वैकल्पिक शक्ति मात्र होइन, मलुकको नेतृत्व होः सभापति लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने बताएका छन्। आज र भोलि हुन

Read More »

देशमा विकृति, बिचौलियातन्त्र र सेटिङको अन्त्य हुँदै गएको छ : मन्त्री तिमिल्सिना

नुवाकोट : सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले देश नयाँ राजनीतिक संस्कारतर्फ अग्रसर भएको बताउँदै मन्त्रालय तथा सरकारी निकायमा हुने ‘सेटिङ’ विकृति र बिचौलियातन्त्रको प्रभाव

Read More »

सामाजिक सुरक्षा कोषमा १ खर्ब ११ अर्ब योगदान सङ्कलन

काठमाडौँ । जलविद्युत् परियोजना, विद्युत् प्रसारण लाइन, सौर्य तथा नवीकरणीय ऊर्जा उत्पादन गर्ने उद्योगमा लगानी गर्ने गरी सामाजिक सुरक्षा कोषले कर्जा वा सहवित्तीयकरणमा लगानी गर्ने

Read More »

सडक सञ्जालमा जोडियो अपिहिमाल गाउँपालिका

दार्चुला : अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ । खलङ्गाबाट २३ कोष उत्तर-पश्चिममा रहेको पालिकाको वडा नं ३ गौड्याखोलासम्म सडक पुगेको हो । सडक सञ्जालबाट

Read More »