पाटन उच्च अदालतद्वारा अन्तरिम आदेश जारी

महेन्द्रनगर : कञ्चनपुरको महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल निर्माणको जिम्मा पाएको कम्पनी कुमार–सिएफइसी जेभीले दायर गरेको रिटमा सोमबार उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

सो कम्पनीले गत शुक्रबार सडक विभाग, सडक सुधार तथा विकास आयोजना निर्देशनालय र लक्ष्मी सनराइज बैंकलाई विपक्षी बनाएर अदालतमा रिट दायर गरेको थियो ।

आज उच्च अदालत पाटनका न्यायाधीश खडानन्द तिवारीको एकल इजलासले सडक सुधार तथा विकास आयोजना निर्देशनालय काठमाडौँबाट लक्ष्मी सनराइज बैंक लिमिटेडलाई कार्यसम्पादन जमानत र धरौटीबापत् रिटन्सन भनी सम्बन्धित रकम जम्मा गराइ दिनेसम्बन्धी कार्यान्वयन नगरी यथास्थितिमा राख्न विपक्षीहरुको नाउँमा उच्च अदालत नियमावली २०७३ नियम ४२(१) बमोजिम अल्पकालिन अन्तरिम आदेश जारी गरिएको पुल निर्माण कम्पनी कुमार–सिएफइसी जेभीका इञ्जिनियर किशोरराज पाण्डेले बताए ।

महाकाली पुलको ९४ प्रतिशत काम सकिएको अवस्थामा गत शुक्रबार सुधार तथा विकास आयोजना निर्देशनालयले ठेक्का सम्झौता अन्त्य तथा फरफारकसम्बन्धी सात दिने सूचना जारी गरेको थियो । पुलसँगै निर्माण गरिने गाइडबण्डको नयाँ डिजाइन र भेरिएसन अर्डर (भिओ) स्वीकृतिको काममा ढिलाइ भएको भन्दै पुल निर्माण कम्पनी कुमार–सिएफइसी जेभीले महाकाली पुल योजना कार्यालय कञ्चनपुरलाई २०८२ वैशाखमा पत्राचार गरेको थियो ।

उक्त योजनाको प्रक्रियागत ढिलासुस्ती भएको आरोप लगाउँदै निर्माण कम्पनीले यसअघि उच्च अदालत पाटनमा मुद्दासमेत दायर गरेको थियो । पाटन अदालतले उक्त मुद्दामा मध्यस्त न्यायाधिकरणमा पठाएको छ । हाल उक्त मुद्दा मध्यस्त न्यायाधिकरणमै रहेको छ । तीन अर्ब ७७ करोड रुपियाँ लागत अनुमानको उक्त पुलको काम तीन वर्षअघि नै ९४ प्रतिशत सम्पन्न भइसकेको थियो ।

सडक सुधार तथा विकास आयोजना निर्देशनालयले ‘पोस्ट–टर्मिनेशन इभ्यालुएसन’ गरी सरकारलाई हुनुपर्ने क्षति वा असुल गर्नुपर्ने रकम सरकारी बाँकी सरह असुल उपर गर्ने भन्दै सूचना जारी गरेपछि निर्माण कम्पनी त्यस विरुद्ध अदालतमा रिट दायर गर्न पुगेको थियो ।

विभिन्न स्थानबाट लागूऔषधसहित २३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित २३ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँबाट ११, झापाबाट

Read More »

सल्यानमा बलात्कार आरोपमा ६३ वर्षीय व्यक्ति पक्राउ

काठमाडौं : सल्यानमा बलात्कार आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा छत्रेश्वरी गाउँपालिका–१, चामेका ६३ वर्षीय नरबहादुर डाँगी छन् । २८ वर्षीया एक

Read More »

रास्वपाको लक्ष्य वैकल्पिक शक्ति मात्र होइन, मलुकको नेतृत्व होः सभापति लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने बताएका छन्। आज र भोलि हुन

Read More »

देशमा विकृति, बिचौलियातन्त्र र सेटिङको अन्त्य हुँदै गएको छ : मन्त्री तिमिल्सिना

नुवाकोट : सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले देश नयाँ राजनीतिक संस्कारतर्फ अग्रसर भएको बताउँदै मन्त्रालय तथा सरकारी निकायमा हुने ‘सेटिङ’ विकृति र बिचौलियातन्त्रको प्रभाव

Read More »

सामाजिक सुरक्षा कोषमा १ खर्ब ११ अर्ब योगदान सङ्कलन

काठमाडौँ । जलविद्युत् परियोजना, विद्युत् प्रसारण लाइन, सौर्य तथा नवीकरणीय ऊर्जा उत्पादन गर्ने उद्योगमा लगानी गर्ने गरी सामाजिक सुरक्षा कोषले कर्जा वा सहवित्तीयकरणमा लगानी गर्ने

Read More »

सडक सञ्जालमा जोडियो अपिहिमाल गाउँपालिका

दार्चुला : अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ । खलङ्गाबाट २३ कोष उत्तर-पश्चिममा रहेको पालिकाको वडा नं ३ गौड्याखोलासम्म सडक पुगेको हो । सडक सञ्जालबाट

Read More »