अविरल वर्षाले बीपी राजमार्गमा आवागमन रोकियो

काठमाडौँ : लगातारको अविरल वर्षासँगै देशका विभिन्न भू-भागमा आएको बाढी र पहिरोका कारण प्रमुख राजमार्ग तथा ग्रामीण सडक सञ्जालमा यातायात सेवा प्रभावित बनेको छ ।

प्रहरीले आज बिहान सार्वजनिक गरेको विवरणअनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका दर्जनौँ सडक खण्डहरूमा आंशिक अवरोध देखिएको छ भने केही स्थानमा पूर्ण रूपमा सवारी आवागमन बन्द गरिएको छ ।कोशी प्रदेशमा भोजपुर र सङ्खुवासभा जिल्लाका सडक संरचनामा बाढी तथा पहिरोले असर पुर्‍याउँदा यातायातमा समस्या देखिएको छ ।

भोजपुर नगरपालिका–५ बोखिम क्षेत्रमा मध्यपहाडी लोकमार्ग बाढीको प्रभावमा परेपछि अहिले एकतर्फी रूपमा मात्र सवारी सञ्चालन भइरहेको प्रहरीले जनाएको छ ।

उक्त क्षेत्रमा वैकल्पिक मार्ग प्रयोगमा ल्याइएको भए पनि निरन्तर वर्षाका कारण थप जोखिम कायम रहेको बताइएको छ । त्यस्तै सङ्खुवासभाको मकालु गाउँपालिका–३ नयाँ बस्ती क्षेत्रमा गएको पहिरोले कोशी राजमार्ग अवरुद्ध बनाएको छ ।

हाल उक्त सडक खण्ड आंशिक रूपमा मात्र सञ्चालनमा रहेको र पहिरो हटाउने कार्य जारी रहे पनि ढुंगा तथा माटो खस्ने जोखिम अझै रहेको सुरक्षा निकायले जनाएको छ । बागमती प्रदेशमा पनि वर्षाले सडक यातायातमा उल्लेख्य असर पारेको छ ।

काभ्रेपलान्चोकको खुर्कोट–नेपालथोक–कटुञ्जेबेँसी सडक क्षेत्र आसपासमा बाढीको सम्भावना बढेपछि बीपी राजमार्गमा सवारी साधनको आवागमन पूर्ण रूपमा रोकिएको छ । सम्भावित दुर्घटना न्यूनीकरणका लागि सुरक्षाकर्मी परिचालन गरी जोखिमयुक्त स्थानमा निगरानी कडा पारिएको प्रहरीले जनाएको छ ।

विभिन्न स्थानबाट लागूऔषधसहित २३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित २३ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँबाट ११, झापाबाट

Read More »

सल्यानमा बलात्कार आरोपमा ६३ वर्षीय व्यक्ति पक्राउ

काठमाडौं : सल्यानमा बलात्कार आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा छत्रेश्वरी गाउँपालिका–१, चामेका ६३ वर्षीय नरबहादुर डाँगी छन् । २८ वर्षीया एक

Read More »

रास्वपाको लक्ष्य वैकल्पिक शक्ति मात्र होइन, मलुकको नेतृत्व होः सभापति लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने बताएका छन्। आज र भोलि हुन

Read More »

देशमा विकृति, बिचौलियातन्त्र र सेटिङको अन्त्य हुँदै गएको छ : मन्त्री तिमिल्सिना

नुवाकोट : सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले देश नयाँ राजनीतिक संस्कारतर्फ अग्रसर भएको बताउँदै मन्त्रालय तथा सरकारी निकायमा हुने ‘सेटिङ’ विकृति र बिचौलियातन्त्रको प्रभाव

Read More »

सामाजिक सुरक्षा कोषमा १ खर्ब ११ अर्ब योगदान सङ्कलन

काठमाडौँ । जलविद्युत् परियोजना, विद्युत् प्रसारण लाइन, सौर्य तथा नवीकरणीय ऊर्जा उत्पादन गर्ने उद्योगमा लगानी गर्ने गरी सामाजिक सुरक्षा कोषले कर्जा वा सहवित्तीयकरणमा लगानी गर्ने

Read More »

सडक सञ्जालमा जोडियो अपिहिमाल गाउँपालिका

दार्चुला : अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ । खलङ्गाबाट २३ कोष उत्तर-पश्चिममा रहेको पालिकाको वडा नं ३ गौड्याखोलासम्म सडक पुगेको हो । सडक सञ्जालबाट

Read More »