ट्रम्प र नेतान्याहुबीच इरान मुद्दामा तनावपूर्ण फोनवार्ता, कूटनीतिक पहलमा मतभेद

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु बीच इरानसँग सम्बन्धित कूटनीतिक प्रयासलाई लिएर कठिन फोनवार्ता भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम एक्सीओसले जनाएको छ ।

रिपोर्टअनुसार, उक्त वार्तामा अमेरिका र इरानबीच परमाणु कार्यक्रम तथा क्षेत्रीय मुद्दामा सहमति खोज्ने नयाँ कूटनीतिक पहलबारे छलफल भएको थियो । यस पहलमा कतार, पाकिस्तान, साउदी अरब, टर्की र इजिप्टलगायत देशहरू मध्यस्थकर्ताका रूपमा संलग्न रहेका छन् । वार्तापछि प्रधानमन्त्री नेतन्याहू निकै असन्तुष्ट भएको र उनी अत्यन्त आक्रोशित भएको स्रोतलाई उद्धृत गर्दै रिपोर्टमा उल्लेख गरिएको छ ।

अमेरिका र इरानबीचको प्रस्तावित सम्झौताको नयाँ मस्यौदा हाल छलफलमा रहेको पनि जनाइएको छ, जसले इरानको परमाणु कार्यक्रमबारे स्पष्ट प्रतिबद्धता र रोक्का गरिएको सम्पत्तिबारे शर्तहरू समेट्ने अपेक्षा गरिएको छ ।

राष्ट्रपति ट्रम्पले भने कूटनीतिक समाधानको सम्भावनाप्रति खुला रहेको तर आवश्यक परे सैन्य विकल्प पनि कायम रहेको संकेत दिएका छन् । उनले स्थिति सम्झौता र द्वन्द्वको बीचमा रहेको टिप्पणी गरेका छन् । इरानले संशोधित प्रस्ताव अध्ययन गरिरहेको जनाएको छ, तर आफ्नो अडानमा ठूलो परिवर्तन संकेत गरेको छैन ।

यसैबीच, इजरायलले वार्ताप्रति चिन्ता व्यक्त गर्दै कडा अडान अपनाउनुपर्ने पक्षमा जोड दिएको बताइएको छ । रिपोर्ट अनुसार, दुवै नेताबीच इरान नीतिलाई लिएर दृष्टिकोणमा स्पष्ट मतभेद देखिएको छ । हालसम्म ह्वाइट हाउस र इजरायली प्रधानमन्त्री कार्यालयले यस विषयमा आधिकारिक प्रतिक्रिया दिएका छैनन् ।

विभिन्न स्थानबाट लागूऔषधसहित २३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित २३ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँबाट ११, झापाबाट

Read More »

सल्यानमा बलात्कार आरोपमा ६३ वर्षीय व्यक्ति पक्राउ

काठमाडौं : सल्यानमा बलात्कार आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा छत्रेश्वरी गाउँपालिका–१, चामेका ६३ वर्षीय नरबहादुर डाँगी छन् । २८ वर्षीया एक

Read More »

रास्वपाको लक्ष्य वैकल्पिक शक्ति मात्र होइन, मलुकको नेतृत्व होः सभापति लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने बताएका छन्। आज र भोलि हुन

Read More »

देशमा विकृति, बिचौलियातन्त्र र सेटिङको अन्त्य हुँदै गएको छ : मन्त्री तिमिल्सिना

नुवाकोट : सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले देश नयाँ राजनीतिक संस्कारतर्फ अग्रसर भएको बताउँदै मन्त्रालय तथा सरकारी निकायमा हुने ‘सेटिङ’ विकृति र बिचौलियातन्त्रको प्रभाव

Read More »

सामाजिक सुरक्षा कोषमा १ खर्ब ११ अर्ब योगदान सङ्कलन

काठमाडौँ । जलविद्युत् परियोजना, विद्युत् प्रसारण लाइन, सौर्य तथा नवीकरणीय ऊर्जा उत्पादन गर्ने उद्योगमा लगानी गर्ने गरी सामाजिक सुरक्षा कोषले कर्जा वा सहवित्तीयकरणमा लगानी गर्ने

Read More »

सडक सञ्जालमा जोडियो अपिहिमाल गाउँपालिका

दार्चुला : अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ । खलङ्गाबाट २३ कोष उत्तर-पश्चिममा रहेको पालिकाको वडा नं ३ गौड्याखोलासम्म सडक पुगेको हो । सडक सञ्जालबाट

Read More »