राज्यको तर्फबाट खेलकुद क्षेत्रलाई पर्याप्त सम्मान र सुविधा दिन सकिएको छैन : मन्त्री पोखरेल

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले साफ महिला च्याम्पियनसिप खेल्न भारत प्रस्थान गर्न लागेको नेपाली राष्ट्रिय महिला टोलीलाई बिदाइ गर्दै खेलकुद क्षेत्रमा राज्यले अझै पर्याप्त काम गर्न नसकेको स्वीकार गरेका छन् ।

बिहीबार आयोजित बिदाइ कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले आत्मआलोचनासहित राज्यको तर्फबाट खेलकुद क्षेत्रलाई पर्याप्त सम्मान र सुविधा दिन नसकिएको बताए । उनले सीमित स्रोत र साधनकाबीच भए पनि खेलकुद क्षेत्रको विकास र खेलाडीको सम्मान बढाउने प्रयास जारी रहने प्रतिबद्धता जनाए ।

उनले भने, ‘राज्यले आत्मआलोचनाबाट जति खेलाडीहरूको लागि गर्नुपर्ने हो त्यति गर्न सकेको छैन । खेलकुद क्षेत्रलाई जति सम्मान दिनुपर्ने हो त्यति दिन सकेका छैनौँ । हाम्रो सीमित स्रोत र साधनलाई प्रयोग गरेर खेलकुद क्षेत्रलाई कसरी विकास गर्न सकिन्छ र खेलाडीलाई कसरी सम्मान गर्न सकिन्छ भन्नेमा हामी प्रयत्नशील नौँ ।’

त्यस्तै, उनले नेपाली खेलाडीहरूले देशको प्रतिनिधित्व गर्दै राष्ट्रिय झण्डालाई गर्वका साथ उचालिरहेको उल्लेख गर्दै धन्यवाद व्यक्त गरे । मन्त्री पोखरेलले प्रतियोगिताबारे आशावादी हुँदै भने, ‘अब खेल हो, जे पनि हुन सक्छ । जित्नै पर्छ भन्ने छैन, तर हाम्रो आत्मविश्वास बलियो छ, त्यसैले नेपालले यो खेल जित्ने विश्वास छ ।’यसैगरी, उनले खेलकुद क्षेत्रको विकासमा लगानी बढाउनेतर्फ सरकार प्रयत्नशील रहेको बताए ।

विभिन्न स्थानबाट लागूऔषधसहित २३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित २३ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँबाट ११, झापाबाट

Read More »

सल्यानमा बलात्कार आरोपमा ६३ वर्षीय व्यक्ति पक्राउ

काठमाडौं : सल्यानमा बलात्कार आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा छत्रेश्वरी गाउँपालिका–१, चामेका ६३ वर्षीय नरबहादुर डाँगी छन् । २८ वर्षीया एक

Read More »

रास्वपाको लक्ष्य वैकल्पिक शक्ति मात्र होइन, मलुकको नेतृत्व होः सभापति लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने बताएका छन्। आज र भोलि हुन

Read More »

देशमा विकृति, बिचौलियातन्त्र र सेटिङको अन्त्य हुँदै गएको छ : मन्त्री तिमिल्सिना

नुवाकोट : सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले देश नयाँ राजनीतिक संस्कारतर्फ अग्रसर भएको बताउँदै मन्त्रालय तथा सरकारी निकायमा हुने ‘सेटिङ’ विकृति र बिचौलियातन्त्रको प्रभाव

Read More »

सामाजिक सुरक्षा कोषमा १ खर्ब ११ अर्ब योगदान सङ्कलन

काठमाडौँ । जलविद्युत् परियोजना, विद्युत् प्रसारण लाइन, सौर्य तथा नवीकरणीय ऊर्जा उत्पादन गर्ने उद्योगमा लगानी गर्ने गरी सामाजिक सुरक्षा कोषले कर्जा वा सहवित्तीयकरणमा लगानी गर्ने

Read More »

सडक सञ्जालमा जोडियो अपिहिमाल गाउँपालिका

दार्चुला : अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ । खलङ्गाबाट २३ कोष उत्तर-पश्चिममा रहेको पालिकाको वडा नं ३ गौड्याखोलासम्म सडक पुगेको हो । सडक सञ्जालबाट

Read More »