एकैदिन १० वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत आज एकैदिन १० वटा संसदीय समितिको बैठक बस्दैछ । शुक्रबार बस्ने विभिन्न समितिहरूले बजेट, मानव अधिकार, पूर्वाधार, सुशासन, सञ्चार, सामाजिक सुरक्षा लगायत समसामयिक विषयमा छलफल गर्ने कार्यसूची तय गरेका छन् ।

प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठक दिउँसो ३ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्नेछ । बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा समावेश गर्नुपर्ने नीतिगत विषयमा उपसमितिहरूले सुझाव पेश गर्ने कार्यसूची रहेको छ ।

कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा नेपालका कारागार तथा प्रहरी हिरासतमा रहेका कैदीबन्दी तथा थुनुवाको मानव अधिकार अवस्थाबारे गृह मन्त्रालयसँग छलफल हुने जनाइएको छ । पूर्वाधार विकास समितिको बैठक बिहान ९ बजे बस्दैछ । बैठकमा मध्यपूर्वमा जारी युद्धका कारण सार्वजनिक पूर्वाधार निर्माणमा परेको प्रभावबारे छलफल हुनेछ ।

यस्तै, बिहान ११ बजेलाई तोकिएको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक आज २ बजे बस्दैछ । बैठकको कार्यसूची भने खुलाइएको छैन । महिला तथा सामाजिक मामिला समितिले नेपाल सरकारको नीति तथा कार्यक्रम र आगामी बजेटका सम्बन्धमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रीसँग छलफल गर्नेछ ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक दिउँसो २ बजे बस्नेछ । बैठकमा बनेपास्थित विस्थापित सुकुम्बासी होल्डिङ सेन्टरको अनुगमनबाट देखिएका विषय तथा विपद् व्यवस्थापनसम्बन्धी सरकारी तयारीबारे छलफल हुने कार्यसूची छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले सूचना तथा सञ्चार मन्त्रालयको विद्यमान अवस्था र भावी कार्ययोजनाबारे छलफल गर्नेछ । सार्वजनिक लेखा समितिको बैठकमा महालेखापरीक्षकसँग बेरुजु फस्र्यौट सम्बन्धमा छलफल गरिनेछ ।

यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिले आगामी आर्थिक वर्षको बजेट तर्जुमाबारे अर्थमन्त्रीसँग छलफल गर्नेछ । राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठकमा समितिको कार्यविधि पारित गर्ने, लैङ्गिक असमानता अध्ययन उपसमितिको प्रगति विवरणमाथि छलफल गर्ने तथा अन्य उपसमिति गठनका विषयमा निर्णय गरिने जनाइएको छ ।

विभिन्न स्थानबाट लागूऔषधसहित २३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित २३ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँबाट ११, झापाबाट

Read More »

सल्यानमा बलात्कार आरोपमा ६३ वर्षीय व्यक्ति पक्राउ

काठमाडौं : सल्यानमा बलात्कार आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा छत्रेश्वरी गाउँपालिका–१, चामेका ६३ वर्षीय नरबहादुर डाँगी छन् । २८ वर्षीया एक

Read More »

रास्वपाको लक्ष्य वैकल्पिक शक्ति मात्र होइन, मलुकको नेतृत्व होः सभापति लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने बताएका छन्। आज र भोलि हुन

Read More »

देशमा विकृति, बिचौलियातन्त्र र सेटिङको अन्त्य हुँदै गएको छ : मन्त्री तिमिल्सिना

नुवाकोट : सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले देश नयाँ राजनीतिक संस्कारतर्फ अग्रसर भएको बताउँदै मन्त्रालय तथा सरकारी निकायमा हुने ‘सेटिङ’ विकृति र बिचौलियातन्त्रको प्रभाव

Read More »

सामाजिक सुरक्षा कोषमा १ खर्ब ११ अर्ब योगदान सङ्कलन

काठमाडौँ । जलविद्युत् परियोजना, विद्युत् प्रसारण लाइन, सौर्य तथा नवीकरणीय ऊर्जा उत्पादन गर्ने उद्योगमा लगानी गर्ने गरी सामाजिक सुरक्षा कोषले कर्जा वा सहवित्तीयकरणमा लगानी गर्ने

Read More »

सडक सञ्जालमा जोडियो अपिहिमाल गाउँपालिका

दार्चुला : अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ । खलङ्गाबाट २३ कोष उत्तर-पश्चिममा रहेको पालिकाको वडा नं ३ गौड्याखोलासम्म सडक पुगेको हो । सडक सञ्जालबाट

Read More »