मूल्य समायोजन नहुँदा निर्माण क्षेत्र धराशायी बन्यो : निकोलस पाण्डे

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष निकोलस पाण्डेले निर्माण सामग्रीमा भएको अत्यधिक मूल्य वृद्धिका कारण मुलुकको निर्माण क्षेत्र गम्भीर संकटमा परेको बताएका छन्। संघीय संसद्को पूर्वाधार विकास समितिको बैठकमा बोल्दै अध्यक्ष पाण्डेले सरकारले समयमै मूल्य समायोजन नगरे निर्माण क्षेत्र पूर्ण रूपमा धराशायी हुने चेतावनी दिए।

अध्यक्ष पाण्डेले मध्यपूर्वको युद्ध र विश्वव्यापी महँगीका कारण पेट्रोलियम पदार्थ लगायत निर्माण सामग्रीको मूल्य अप्रत्याशित रूपमा बढेको उल्लेख गरे। ‘सार्वजनिक खरिद ऐन २०६३ को दफा ५५ मा निर्माण सामग्रीको मूल्य १० प्रतिशतभन्दा बढीले घटबढ भएमा मूल्य समायोजन गरिने स्पष्ट व्यवस्था छ,’ पाण्डेले भने, ‘तर यो बाध्यकारी कानुनी व्यवस्था अहिलेसम्म कार्यान्वयन नहुँदा निर्माण कार्यहरू ठप्प हुने अवस्थामा पुगेका छन्।’

निर्माण क्षेत्रले नेपालको कुल गार्हस्थ्य उत्पादन  मा करिब १३ प्रतिशत योगदान पुर्‍याइरहेको जानकारी दिँदै पाण्डेले यस क्षेत्रको संकटले समग्र अर्थतन्त्रलाई नै प्रभाव पार्ने बताए। उनका अनुसार विकास बजेटको करिब ६० प्रतिशत हिस्सा निर्माण क्षेत्रमार्फत नै बजारमा प्रवाह हुन्छ।

‘निर्माण क्षेत्रले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा करिब २० लाख मजदुरलाई रोजगारी दिएको छ। यो क्षेत्र रोकिँदा ती लाखौँ मजदुरको चुलो निभ्ने अवस्था आउँछ,’ उनले भने। पाण्डेले निर्माण क्षेत्र एउटा ठूलो ‘स्टार्टअप’ जस्तै भएको र यसले ३२ हजारभन्दा बढी नेपाली नागरिकलाई स्वरोजगार बनाएको तथ्य पनि पेश गरे।

निर्माण कार्य सुस्त हुँदा सिमेन्ट र डन्डी उद्योगहरू हाल आफ्नो क्षमताको २० देखि २५ प्रतिशतमा मात्र सञ्चालन भइरहेको पाण्डेले जानकारी दिए। निर्माण व्यवसायीहरूले बैंकबाट लिएको ऋणको किस्ता र ब्याज तिर्न नसक्दा बैंकिङ क्षेत्रमा ‘ब्याड लोन’ (खराब कर्जा) बढ्दै गएको र यसले वित्तीय संकट निम्त्याउन सक्ने उनले औंल्याए।

मूल्य समायोजन नहुँदा र म्याद थपको उचित व्यवस्था नहुँदा धेरै आयोजनाहरू ‘रुग्ण’ बनिरहेको पाण्डेले बताए। ‘असार मसान्तसम्म म्याद सकिने धेरै ठेक्काहरू छन्, तर मूल्य समायोजन नभई काम अघि बढाउन सक्ने अवस्था छैन। यसले राज्यलाई झन् ठूलो आर्थिक क्षति पुर्‍याउँछ,’ उनले भने।

विभिन्न स्थानबाट लागूऔषधसहित २३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित २३ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँबाट ११, झापाबाट

Read More »

सल्यानमा बलात्कार आरोपमा ६३ वर्षीय व्यक्ति पक्राउ

काठमाडौं : सल्यानमा बलात्कार आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा छत्रेश्वरी गाउँपालिका–१, चामेका ६३ वर्षीय नरबहादुर डाँगी छन् । २८ वर्षीया एक

Read More »

रास्वपाको लक्ष्य वैकल्पिक शक्ति मात्र होइन, मलुकको नेतृत्व होः सभापति लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने बताएका छन्। आज र भोलि हुन

Read More »

देशमा विकृति, बिचौलियातन्त्र र सेटिङको अन्त्य हुँदै गएको छ : मन्त्री तिमिल्सिना

नुवाकोट : सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले देश नयाँ राजनीतिक संस्कारतर्फ अग्रसर भएको बताउँदै मन्त्रालय तथा सरकारी निकायमा हुने ‘सेटिङ’ विकृति र बिचौलियातन्त्रको प्रभाव

Read More »

सामाजिक सुरक्षा कोषमा १ खर्ब ११ अर्ब योगदान सङ्कलन

काठमाडौँ । जलविद्युत् परियोजना, विद्युत् प्रसारण लाइन, सौर्य तथा नवीकरणीय ऊर्जा उत्पादन गर्ने उद्योगमा लगानी गर्ने गरी सामाजिक सुरक्षा कोषले कर्जा वा सहवित्तीयकरणमा लगानी गर्ने

Read More »

सडक सञ्जालमा जोडियो अपिहिमाल गाउँपालिका

दार्चुला : अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ । खलङ्गाबाट २३ कोष उत्तर-पश्चिममा रहेको पालिकाको वडा नं ३ गौड्याखोलासम्म सडक पुगेको हो । सडक सञ्जालबाट

Read More »