इरान–अमेरिकाबीच जारी युद्धविराम ६० दिन लम्ब्याउने सहमति

रोयटर्स : अमेरिका र इरानबीच जारी युद्धविराम थप ६० दिन लम्ब्याउने तथा होर्मुज जलडमरूमध्यमार्फत जहाज आवतजावत खुला गर्ने विषयमा सहमति नजिक पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अझै अन्तिम स्वीकृति नदिएको बताइएको छ । रोयटर्सका अनुसार प्रस्तावित सहमतिअनुसार होर्मुज जलडमरूमध्यमा जहाज आवतजावतमा लगाइएका प्रतिबन्ध हटाइनेछ भने अमेरिकाले इरानी बन्दरगाहमाथिको नाकाबन्दी र केही तेल प्रतिबन्ध पनि फुकुवा गर्नेछ ।

सम्झौता स्वीकृत भएमा फेब्रुअरी २८ देखि सुरु भएको द्वन्द्वपछि शान्तितर्फको सबैभन्दा ठूलो प्रगति हुने विश्वास गरिएको छ । यद्यपि इरानी सरकारी समाचार संस्था तस्निमले सम्झौताको पाठ अझै अन्तिम रूपमै नपुगेको जनाएको छ । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले वार्ता सकारात्मक दिशामा रहेको बताएका छन् । उनले सम्झौता नजिक पुगेको संकेत गरे पनि अन्तिम निष्कर्षमा पुग्न अझै काम बाँकी रहेको बताएका छन् ।

सम्भावित सहमतिपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटेको छ । होर्मुज जलडमरूमध्य विश्वको प्रमुख तेल तथा ग्यास आपूर्ति मार्गमध्ये एक मानिन्छ ।

यसबीच अमेरिकी सेनाले इरानका पाँच ड्रोन खसालेको तथा बन्दर अब्बासस्थित एक नियन्त्रण केन्द्रमा आक्रमण गरेको जनाएको छ । कुवेतले पनि आफ्नो दिशातर्फ प्रहार गरिएको ब्यालिस्टिक मिसाइल अवरोध गरेको जानकारी दिएको छ ।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्सले अमेरिकी सैन्य गतिविधिको प्रतिकार गरिएको दाबी गर्दै पुनः आक्रमण भए कडा प्रतिक्रिया दिने चेतावनी दिएको छ ।

दुवै देशबीचको तनाव जारी रहँदा मध्यस्थकर्ताको भूमिका खेलिरहेको पाकिस्तानले आफ्ना विदेशमन्त्री इशाक डारले अमेरिकी विदेशमन्त्री रुबियोसँग भेट गर्ने जनाएको छ ।

इरानले प्रतिबन्ध हटाउन, रोकिएका सम्पत्ति फुकुवा गर्न तथा अमेरिकी सेना क्षेत्रबाट फिर्ता गर्नुपर्ने माग राख्दै आएको छ । अमेरिकाले भने इरानले आफ्नो आणविक कार्यक्रम अन्त्य गर्नुपर्ने अडान दोहोर्याएको छ ।

राजनीतिक शक्तिहरूको डर नै म हो : दुर्गा प्रसाईं

काठमाडौं : नागरिक बचाउ महाअभियान नेपाल र राप्रपा परित्याग गरेका नेता डा. धवलशमशेर राणाको नेतृत्वमा रहेको समूहबीच राजनीतिक दल निर्माण गर्ने सहमती गरिएको छ। शुक्रबार

Read More »

छानबिन समितिबाट सुधनलाई ‘क्लिन चिट’, फेरि गृहमन्त्रीमा फर्कन्छन् ?

काठमाडौं । पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिनका लागि गठित समितिले प्रतिवेदन प्रधानमन्त्री बालेन्द्र शाहलाई बुझाएको छ । विवादित व्यवसायी दीपक भट्टसँग व्यवसायीक सम्बन्ध रहेको खुलासा भएपछि

Read More »

काठमाडौंलाई सडक सहयोगापेक्षीमुक्त सहर बनाउने अभियान तीव्र, २ हजार ४२१ को उद्धार

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक सहयोगापेक्षी (बेसहारा) मानवमुक्त सहर निर्माण गर्ने अभियानलाई प्रभावकारी रूपमा अघि बढाएको जनाएको छ । महानगरपालिकाले शुक्रबार पत्रकार सम्मेलन गर्दै २०७४

Read More »

साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो

काठमाडौँ । साताको अन्तिम दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ओरालो लागेर बन्द भएको छ। यस दिन नेप्से सूचक ११.३७ अङ्क अर्थात् ०.४१ प्रतिशतले घटेर

Read More »

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान र गौरव हुन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्दै पौडेलले भाषा, साहित्य र संस्कृति नेपालको मौलिक पहिचान तथा राष्ट्रिय गौरवका आधार भएको बताएका छन्। शुक्रबार युगकवि सिद्धिचरण श्रेष्ठको ११५औं जन्मजयन्तीको

Read More »

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान र गौरव भएको बताएका छन् । शुक्रबार युगकवि सिद्धिचरण श्रेष्ठको ११५औँ जन्म

Read More »