उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबीच एकता, चाँडै जिम्मेवारी बाँडफाँट हुने

काठमाडौं । उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबीच पार्टी समायोजन भएको छ । बिहीबार त्रिपुरेश्वरस्थित उज्यालो नेपाल पार्टीको केन्द्रीय कार्यालय ‘उज्यालो घर’मा आयोजित कार्यक्रममा दुवै पार्टीबीच समायोजनसम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरिएको हो ।

समझदारीपत्रमा उज्यालो नेपाल पार्टीका महासचिव धर्म चौधरी र हाम्रो पार्टी नेपालका महामन्त्री दधिराम परियारले हस्ताक्षर गरेका थिए । समायोजनसँगै हाम्रो पार्टी नेपाल औपचारिक रूपमा उज्यालो नेपाल पार्टीमा विलय भएको जनाइएको छ ।

दुवै पक्षबीच भएको सहमतिमा सुशासन, समृद्धि, सामाजिक न्याय, समानता, समावेशीकरण तथा नागरिक केन्द्रित राजनीतिलाई सशक्त रूपमा अघि बढाउने साझा प्रतिबद्धता व्यक्त गरिएको छ । साथै दलित समुदायको अधिकार, पछाडि पारिएका वर्गको प्रतिनिधित्व तथा कमजोर समुदायको आवाजलाई राजनीतिक मूलधारमा स्थापित गर्ने विषयलाई प्राथमिकतामा राखिएको उल्लेख गरिएको छ ।

सहमति अनुसार जेनजी आन्दोलनको मर्मलाई आत्मसात् गर्दै भ्रष्टाचार र कुशासनविरुद्धको अभियानलाई निरन्तरता दिने, घाइते तथा शहीद परिवारका मागलाई सम्बोधन गर्ने तथा विभेदमा परेका जाति, क्षेत्र, लिङ्ग र वर्गको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्ने प्रतिबद्धता जनाइएको छ।

त्यसैगरी, दलित समुदायमाथि हुने जातीय छुवाछूत, विभेद र बञ्चितीकरण अन्त्यका लागि नीतिगत तथा व्यावहारिक पहल गरिने उल्लेख गरिएको छ।

राज्य सत्ता तथा पार्टी संगठनमा जनसंख्याको अनुपातमा दलित समुदायको प्रतिनिधित्व सुनिश्चित गर्ने तथा हाम्रो पार्टी नेपालका नेता–कार्यकर्तालाई उचित जिम्मेवारी र सम्मानजनक हैसियत प्रदान गर्ने सहमति पनि भएको छ ।

उज्यालो नेपाल पार्टीले उक्त समायोजनलाई नयाँ राजनीतिक संस्कार, साझा उद्देश्य र जिम्मेवार राजनीतिक अभ्यासतर्फको महत्वपूर्ण कदमका रूपमा व्याख्या गरेको छ । पार्टीका मुख्यसचिव डा. राजु थापाद्वारा जारी विज्ञप्तिमा समायोजनले समानता, सामाजिक न्याय र सुशासनको पक्षमा उभिएका शक्तिहरूबीच सहकार्य र एकताको सकारात्मक सन्देश दिएको उल्लेख गरिएको छ ।

पार्टीले आगामी दिनमा सबै पक्षको सहयोग र सक्रिय सहभागितामार्फत सुशासन, समृद्धि र सामाजिक न्यायसहितको ‘उज्यालो नेपाल’ निर्माण अभियानलाई अझ सशक्त बनाइने जनाएको छ ।

राजनीतिक शक्तिहरूको डर नै म हो : दुर्गा प्रसाईं

काठमाडौं : नागरिक बचाउ महाअभियान नेपाल र राप्रपा परित्याग गरेका नेता डा. धवलशमशेर राणाको नेतृत्वमा रहेको समूहबीच राजनीतिक दल निर्माण गर्ने सहमती गरिएको छ। शुक्रबार

Read More »

छानबिन समितिबाट सुधनलाई ‘क्लिन चिट’, फेरि गृहमन्त्रीमा फर्कन्छन् ?

काठमाडौं । पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिनका लागि गठित समितिले प्रतिवेदन प्रधानमन्त्री बालेन्द्र शाहलाई बुझाएको छ । विवादित व्यवसायी दीपक भट्टसँग व्यवसायीक सम्बन्ध रहेको खुलासा भएपछि

Read More »

काठमाडौंलाई सडक सहयोगापेक्षीमुक्त सहर बनाउने अभियान तीव्र, २ हजार ४२१ को उद्धार

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक सहयोगापेक्षी (बेसहारा) मानवमुक्त सहर निर्माण गर्ने अभियानलाई प्रभावकारी रूपमा अघि बढाएको जनाएको छ । महानगरपालिकाले शुक्रबार पत्रकार सम्मेलन गर्दै २०७४

Read More »

साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो

काठमाडौँ । साताको अन्तिम दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ओरालो लागेर बन्द भएको छ। यस दिन नेप्से सूचक ११.३७ अङ्क अर्थात् ०.४१ प्रतिशतले घटेर

Read More »

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान र गौरव हुन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्दै पौडेलले भाषा, साहित्य र संस्कृति नेपालको मौलिक पहिचान तथा राष्ट्रिय गौरवका आधार भएको बताएका छन्। शुक्रबार युगकवि सिद्धिचरण श्रेष्ठको ११५औं जन्मजयन्तीको

Read More »

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान र गौरव भएको बताएका छन् । शुक्रबार युगकवि सिद्धिचरण श्रेष्ठको ११५औँ जन्म

Read More »