‘नारायणी रङ्गशाला निर्माण सरकारको पहिलो प्राथमिकतामा’

वीरगञ्ज (पर्सा) : युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले आफ्नो कार्यकालभित्र नारायणी रङ्गशाला निर्माण सरकारको पहिलो प्राथमिकतामा रहेको बताउनुभएको छ । आज वीरगञ्जस्थित मधेश प्रदेशको पुरानो र ठूलो नारायणी रङ्गशालाको स्थलगत अवलोकलन गर्दै मन्त्री चौधरीले दातृनिकायसँग समन्वय र आवश्यक बजेट व्यवस्थापन गरी रङ्गशाला निर्माण गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । “यो रङ्गशाला बनाउनुपर्ने दुई कारण छन्”, उहाँले भन्नुभयो, “मधेश प्रदेशको सबैभन्दा पुरानो र ठूलो रङ्गशालाका हो ।

साथै ११औँं राष्ट्रिय खेलकुद प्रतियोगिता मधेशमा हुने भएकाले आवश्यक पूर्वाधारका लागि पनि रङ्गशाला निर्माणलाई सरकारले पहिलो प्राथमिकतामा राखेको छ ।” मन्त्री चौधरीले ११आँंै राष्ट्रिय खेलकुद प्रतियोगिता मधेश प्रदेशमा हुने भएकाले रङ्गशाला बनाउनुपर्ने अवस्था रहेको जिकिर गर्नुभयो । “मेरो कार्यकालमा कुनै पनि सर्तमा नारायणी रङ्गशाला बन्नेछ । प्रतियोगिता हुनु अगावै खेल अभ्यासका लागि पनि पूर्वाधार आवश्यक पर्दछ”, उहाँले भन्नुभयो, “दातृनिकाय तथा सरोकार भएकासँग समन्वय र सहकार्य गरेर रङ्शाला निर्माण गर्नेछौँ ।” मन्त्री चौधरीले सङ्घीय सरकारले चालु आर्थिक वर्षको बजेटमा नारायणी रङ्गशालाका लागि आवश्यक पर्ने बजेट विनियोजन नगरेकाले दातृनिकायसँग समन्वय गरेर निर्माण प्रक्रिया अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

“दातृनिकायले नारायणी रङ्गशालाको विषयमा चासो देखाइरहनुभएको छ”, उहाँले भन्नुभयो, “रङ्गशालाको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) उपलब्ध गराउन भनिरहनुभएकाले उहाँहरुसँग समन्वय गरी काम गरिरहेको छु । यथाशीघ्र निर्माण प्रक्रिया अघि बढाउनेछौँ ।” मन्त्री चौधरीले सङ्घीय सरकारले चालु आवको बजेटमा रङ्गशाला निर्माण गर्न बजेट विनियोजन नगरेको स्पष्ट पार्नुभयो । “खेलकुद मन्त्रीको शपथ खाएसँगै मधेश प्रदेशका रङ्गशाला निर्माण प्रक्रियाबारे युवा तथा खेलकुद सचिव, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिवलगायत सरोकार भएकासँग छलफल गरेका थियौँ”, उहाँले भन्नुभयो, ११औँं राष्ट्रिय खेलकुद प्रतियोगिता मधेशमा हुने भएकाले रङ्गशाला निर्माणलाई कसरी प्रभावकारी रुपमा अघि बढ्न सकिन्छ भनेर सुझाव पनि लिएका छौँ ।” युवा तथा खेलकुदमन्त्री चौधरीले मधेश प्रदेशका रङ्गशाला मर्मतसम्भारका लागि केहीदिअघि अर्थमन्त्री विष्णु पौडेलसँग पनि आवश्यक बजेट उपलब्ध गराइदिनका लागि आग्रह गरेको बताउनुभयो ।

“अर्थमन्त्रीले पनि रङ्गशाला मर्मतसम्भार गर्न आवश्यक स्रोत जुटाउन सहजीकरण गर्ने बताउनुभएको छ”, उहाँले भन्नुभयो । रङ्गशालाको अवलोकलनका क्रममा प्रदेशका खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोदकुमार जयसवालले नारायणी रङ्गशाला निर्माण गर्न सङ्घीय सरकारले बजेट व्यवस्थापनका साथै आवश्यक सहजीकरण गर्नुपर्नेमा जोड दिनुभयो । “प्रदेश र सङ्घीय सरकारबीच समन्वय गरेर रङ्गशाला निर्माण अघि बढाउने छौँ”, उहाँले भन्नुभयो । वीरगञ्जमा नारायणी रङ्गशाला विसं २०४२ मा निर्माण गरिएको थियो । नियमित मर्मतसम्भार र जीर्णाेद्धारको अभावमा रङ्गशाला जीर्ण बन्दै गएको छ । रङ्गशाला परिसरमा पानी जमेर पशुचौपाया पौडी खेल्ने ठाउँका रुपमा परिणत भएको स्थानीय बताउँछन् । उक्त रङ्गशाला १८ बिघा क्षेत्रफलमा फैलिएको छ ।

विभिन्न स्थानबाट लागूऔषधसहित २३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित २३ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँबाट ११, झापाबाट

Read More »

सल्यानमा बलात्कार आरोपमा ६३ वर्षीय व्यक्ति पक्राउ

काठमाडौं : सल्यानमा बलात्कार आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा छत्रेश्वरी गाउँपालिका–१, चामेका ६३ वर्षीय नरबहादुर डाँगी छन् । २८ वर्षीया एक

Read More »

रास्वपाको लक्ष्य वैकल्पिक शक्ति मात्र होइन, मलुकको नेतृत्व होः सभापति लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने बताएका छन्। आज र भोलि हुन

Read More »

देशमा विकृति, बिचौलियातन्त्र र सेटिङको अन्त्य हुँदै गएको छ : मन्त्री तिमिल्सिना

नुवाकोट : सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले देश नयाँ राजनीतिक संस्कारतर्फ अग्रसर भएको बताउँदै मन्त्रालय तथा सरकारी निकायमा हुने ‘सेटिङ’ विकृति र बिचौलियातन्त्रको प्रभाव

Read More »

सामाजिक सुरक्षा कोषमा १ खर्ब ११ अर्ब योगदान सङ्कलन

काठमाडौँ । जलविद्युत् परियोजना, विद्युत् प्रसारण लाइन, सौर्य तथा नवीकरणीय ऊर्जा उत्पादन गर्ने उद्योगमा लगानी गर्ने गरी सामाजिक सुरक्षा कोषले कर्जा वा सहवित्तीयकरणमा लगानी गर्ने

Read More »

सडक सञ्जालमा जोडियो अपिहिमाल गाउँपालिका

दार्चुला : अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ । खलङ्गाबाट २३ कोष उत्तर-पश्चिममा रहेको पालिकाको वडा नं ३ गौड्याखोलासम्म सडक पुगेको हो । सडक सञ्जालबाट

Read More »