प्रधानमन्त्री शाहको अभिव्यक्तिप्रति श्रम संस्कृति पार्टीको आपत्ति

काठमाडौँ : भारतसँगको सीमा विवादका विषयमा प्रधानमन्त्री वालेन्द्र शाहले संसदमा दिएको अभिव्यक्तिप्रति श्रम संस्कृति पार्टीले आपत्ति जनाएको छ। पार्टीका अध्यक्ष हर्क साम्पाङले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको भनाइले सरकार सीमा सुरक्षा तथा राष्ट्रिय भौगोलिक अखण्डताप्रति गम्भीर नरहेको संकेत दिएको आरोप लगाएका छन्।

सीमा अतिक्रमणको विषयलाई ओझेलमा पार्ने र लिपुलेक–लिम्पियाधुरा फिर्ता हुनुपर्छ भन्ने मागलाई कमजोर बनाउने उद्देश्य प्रधानमन्त्रीको अभिव्यक्तिमा देखिएको श्रम संस्कृतिकाे ठहर छ । पार्टीले यसलाई राष्ट्रहितविपरीतको मनसायका रूपमा व्याख्या गरेको छ।

सीमा अतिक्रमणको विषयलाई सामान्यीकरण गर्ने, लिपुलेक–लिम्पियाधुरा फिर्ता ल्याउनुपर्ने मागलाई निष्प्रभावी बनाउने तथा नेपालले नै भारतका विभिन्न भूभाग मिचेको जस्तो सन्देश दिने राष्ट्रघाती बदनीयत प्रकट भएको छ,’ विज्ञप्तिमा भनिएकाे छ ।

पार्टीले प्रधानमन्त्रीको भनाइले अन्तर्राष्ट्रिय समुदायमा नेपालको अवस्था र छविबारे समेत अन्योल सिर्जना गरेको दाबी गरेको छ।

विज्ञप्तिमा नेपाली सेनालाई सीमाको सुरक्षा भन्दा पनि मन्त्रीहरूको सेवा–सुविधा र सुकुम्बासी बस्ती हटाउने कार्यमा केन्द्रित गरिएको आरोप लगाउँदै सरकारले सीमाक्षेत्रमा पर्याप्त ध्यान नदिएको उल्लेख गरिएको छ। यस्तै, नेपालले भारतको भूमि मिचेको दाबी गर्नुले सरकार सीमा रक्षा र राष्ट्रिय अखण्डताप्रति प्रतिबद्ध नभएको पुष्टि गरेको भन्दै पार्टीले विरोध जनाएको छ।

लिपुलेक–लिम्पियाधुराको विषयमा श्रम संस्कृति पार्टीका सांसद आरेन राईले आइतबार संसदमा प्रधानमन्त्रीसँग प्रश्न गरेका थिए।

जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले सीमा विवाद कूटनीतिक संवादमार्फत समाधान गर्नुपर्ने धारणा राख्दै आफू प्रधानमन्त्री बनेपछि थाहा पाएको जानकारी सुनाएका थिए। उनले भारतले मात्र नभई नेपालले पनि विभिन्न स्थानमा भारतीय भूमि अतिक्रमण गरेको जानकारी प्राप्त भएको बताएका थिए।

‘हामीले पनि मिचेका छौं, उहाँहरूले पनि मिच्नुभएको छ। यसलाई मित्रवत् ढंगले बसेर समाधान गर्ने सोचमा छौं,’ प्रधानमन्त्रीको भनाइ थियो।

राजनीतिक शक्तिहरूको डर नै म हो : दुर्गा प्रसाईं

काठमाडौं : नागरिक बचाउ महाअभियान नेपाल र राप्रपा परित्याग गरेका नेता डा. धवलशमशेर राणाको नेतृत्वमा रहेको समूहबीच राजनीतिक दल निर्माण गर्ने सहमती गरिएको छ। शुक्रबार

Read More »

छानबिन समितिबाट सुधनलाई ‘क्लिन चिट’, फेरि गृहमन्त्रीमा फर्कन्छन् ?

काठमाडौं । पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिनका लागि गठित समितिले प्रतिवेदन प्रधानमन्त्री बालेन्द्र शाहलाई बुझाएको छ । विवादित व्यवसायी दीपक भट्टसँग व्यवसायीक सम्बन्ध रहेको खुलासा भएपछि

Read More »

काठमाडौंलाई सडक सहयोगापेक्षीमुक्त सहर बनाउने अभियान तीव्र, २ हजार ४२१ को उद्धार

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक सहयोगापेक्षी (बेसहारा) मानवमुक्त सहर निर्माण गर्ने अभियानलाई प्रभावकारी रूपमा अघि बढाएको जनाएको छ । महानगरपालिकाले शुक्रबार पत्रकार सम्मेलन गर्दै २०७४

Read More »

साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो

काठमाडौँ । साताको अन्तिम दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ओरालो लागेर बन्द भएको छ। यस दिन नेप्से सूचक ११.३७ अङ्क अर्थात् ०.४१ प्रतिशतले घटेर

Read More »

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान र गौरव हुन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्दै पौडेलले भाषा, साहित्य र संस्कृति नेपालको मौलिक पहिचान तथा राष्ट्रिय गौरवका आधार भएको बताएका छन्। शुक्रबार युगकवि सिद्धिचरण श्रेष्ठको ११५औं जन्मजयन्तीको

Read More »

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान र गौरव भएको बताएका छन् । शुक्रबार युगकवि सिद्धिचरण श्रेष्ठको ११५औँ जन्म

Read More »