सुधन गुरुङ छानबिन समितिको म्याद पाँच दिन थप

काठमाडाैँ : पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सुधन गुरुङमाथि छानबिन गर्न गठन गरिएको समितिको म्याद पाँच दिन थप गरिएको छ।

सरकारले समितिलाई दिइएको प्रारम्भिक समयसीमा सोमबार समाप्त भएको थियो। समय सकिनुअघि नै समितिले काम सम्पन्न गर्न नसकिएको जनाउँदै म्याद थपका लागि सरकारसमक्ष अनुरोध गरेको थियो।

समितिका अध्यक्ष अच्युतप्रसाद भण्डारीका अनुसार अब थपिएको पाँच दिनको अवधि आजदेखि लागू भएको छ। उनले बाँकी अनुसन्धान कार्यलाई तीव्रता दिँदै निर्धारित समयमै प्रतिवेदन बुझाइने बताए।

समितिले यसअघि नै पूर्वगृहमन्त्री गुरुङसँग बयान लिइसकेको छ भने उनीसँग सम्बन्धित विभिन्न कागजात तथा प्रमाणहरू सरकारी निकायबाट संकलन गरिसकिएको छ। यद्यपि, केही थप प्रमाणहरू अझै संकलनको प्रक्रियामा रहेको समितिले जनाएको छ। आवश्यक विवरण माग गर्दै सम्बन्धित निकायहरूलाई पुनः पत्राचारसमेत गरिएको छ।

गत वैशाख २८ गते सरकारको निर्णयअनुसार उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको हो। समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र महान्यायाधिवक्ता कार्यालयका सहन्यायाधिवक्ता अच्युतमणि न्यौपाने सदस्य रहेका छन्।

समितिलाई गुरुङको सम्पत्ति विवरण, हिरासतमा रहेका व्यवसायी दीपक भट्ट संलग्न कम्पनीको सेयर, हदबन्दीभन्दा बढी जग्गा तथा अन्य विवादित जग्गासम्बन्धी विषयमा अनुसन्धान गर्ने जिम्मेवारी दिइएको छ।

गुरुङ गत चैत १३ गते गृहमन्त्री नियुक्त भएका थिए। सम्पत्ति विवरण सार्वजनिक भएपछि उनी विवादमा तानिएका थिए र बढ्दो विवादका बीच उनले गत वैशाख ९ गते पदबाट राजीनामा दिएका थिए।

राजनीतिक शक्तिहरूको डर नै म हो : दुर्गा प्रसाईं

काठमाडौं : नागरिक बचाउ महाअभियान नेपाल र राप्रपा परित्याग गरेका नेता डा. धवलशमशेर राणाको नेतृत्वमा रहेको समूहबीच राजनीतिक दल निर्माण गर्ने सहमती गरिएको छ। शुक्रबार

Read More »

छानबिन समितिबाट सुधनलाई ‘क्लिन चिट’, फेरि गृहमन्त्रीमा फर्कन्छन् ?

काठमाडौं । पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिनका लागि गठित समितिले प्रतिवेदन प्रधानमन्त्री बालेन्द्र शाहलाई बुझाएको छ । विवादित व्यवसायी दीपक भट्टसँग व्यवसायीक सम्बन्ध रहेको खुलासा भएपछि

Read More »

काठमाडौंलाई सडक सहयोगापेक्षीमुक्त सहर बनाउने अभियान तीव्र, २ हजार ४२१ को उद्धार

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक सहयोगापेक्षी (बेसहारा) मानवमुक्त सहर निर्माण गर्ने अभियानलाई प्रभावकारी रूपमा अघि बढाएको जनाएको छ । महानगरपालिकाले शुक्रबार पत्रकार सम्मेलन गर्दै २०७४

Read More »

साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो

काठमाडौँ । साताको अन्तिम दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ओरालो लागेर बन्द भएको छ। यस दिन नेप्से सूचक ११.३७ अङ्क अर्थात् ०.४१ प्रतिशतले घटेर

Read More »

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान र गौरव हुन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्दै पौडेलले भाषा, साहित्य र संस्कृति नेपालको मौलिक पहिचान तथा राष्ट्रिय गौरवका आधार भएको बताएका छन्। शुक्रबार युगकवि सिद्धिचरण श्रेष्ठको ११५औं जन्मजयन्तीको

Read More »

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान र गौरव भएको बताएका छन् । शुक्रबार युगकवि सिद्धिचरण श्रेष्ठको ११५औँ जन्म

Read More »