अन्नपूर्ण हिमाल आरोहण दिवसमा दोर्दीमा पर्यटन प्रवर्द्धन कार्यक्रम

काठमाडौँ : ७६औँ अन्नपूर्ण हिमाल आरोहण दिवसका अवसरमा लमजुङको दोर्दी गाउँपालिकामा पर्यटन प्रवर्द्धन तथा अन्तरक्रिया कार्यक्रम आयोजना हुने भएको छ । कार्यक्रम आगामी जेठ २० र २१ गते सञ्चालन हुने आयोजकले जनाएको छ ।

उद्योग तथा पर्यटन मन्त्रालय, गण्डकी प्रदेश सरकार, नेपाल पर्यटन बोर्ड, दोर्दी गाउँपालिका तथा अन्नपूर्ण संरक्षण आयोजना (एसीएपी)को सहकार्यमा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)गण्डकीले कार्यक्रम आयोजना गर्न लागेको हो ।

आयोजकका अनुसार यस वर्षको कार्यक्रमले दोर्दी क्षेत्रका सम्भावनायुक्त नयाँ पदमार्ग तथा पर्यटकीय गन्तव्यलाई पर्यटन बजारमा स्थापित गर्न विशेष योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । पछिल्ला वर्षहरूमा सडक विस्तार र बढ्दो व्यवसायीकरणका कारण केही स्थापित पदयात्रा मार्गहरूले आफ्नो मौलिकता गुमाउँदै गएका बेला दोर्दी क्षेत्रलाई प्रकृतिनजिकको, शान्त र वैकल्पिक पदयात्रा गन्तव्यका रूपमा अघि बढाउने लक्ष्य राखिएको छ ।

दोर्दी क्षेत्र प्राकृतिक सौन्दर्य, हिमाली दृश्यावलोकन, मौलिक गुरुङ संस्कृति तथा कम व्यावसायिक हस्तक्षेपका कारण पदयात्रा पर्यटनको आकर्षक नयाँ गन्तव्य बन्न सक्ने सम्भावना बोकेको क्षेत्र हो । यस्ता कार्यक्रमले ओझेलमा रहेका गन्तव्यहरूको प्रचारप्रसार बढाउनुका साथै स्थानीय उत्पादनको बजारीकरण, रोजगारी सृजना, सामुदायिक सहभागिता अभिवृद्धि तथा समुदायमा आधारित दिगो पर्यटन विकासमा महत्त्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ ।

दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीका अनुसार कार्यक्रमको मुख्य उद्देश्य दोर्दी क्षेत्रका पर्यटकीय सम्भावनालाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय पर्यटन बजारमा प्रवर्द्धन गर्नुका साथै स्थानीय समुदायलाई पर्यटन गतिविधिसँग थप जोड्नु हो ।

टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यका अनुसार कार्यक्रममार्फत दोर्दी गाउँपालिकाभित्र रहेका पर्यटकीय गन्तव्यहरूको प्रचारप्रसार, स्थानीय व्यवसायी तथा सरोकारवाला निकायसँग अन्तरक्रिया तथा जलवायु परिवर्तनसम्बन्धी विषयमा छलफल गरिनेछ ।

कार्यक्रमको पहिलो दिन सहभागीहरू पोखराबाट भोटेओडार हुँदै करिब तीन घण्टाको सवारी यात्रापछि मञ्जाङ ढोकेडाँडास्थित लक्ष्मी माध्यमिक विद्यालय पुग्नेछन् । त्यहाँबाट करिब ४० मिनेट पैदलयात्रा गर्दै लामागाउँ पुग्ने कार्यक्रम तय गरिएको छ । बाटोमा पर्ने दासडाँडामा सहभागीहरूलाई पञ्चेबाजासहित स्वागत गरिनेछ ।

सोही दिन ७६औँ अन्नपूर्ण आरोहण दिवस विशेष समारोह, पदमार्ग तथा पर्यटकीय गन्तव्य प्रवर्द्धनसम्बन्धी औपचारिक सत्र, आरोही सम्मान कार्यक्रम तथा स्थानीय व्यवसायी र सरोकारवालासँग अन्तरक्रिया आयोजना गरिनेछ । कार्यक्रममा जलवायु परिवर्तन, विश्वव्यापी तापक्रम वृद्धिले हिमाली पर्यटन र स्थानीय वातावरणमा पारेका प्रभाव तथा त्यसका चुनौतीबारे पनि छलफल हुने जनाइएको छ ।

सहभागीहरूले लामागाउँमा गुरुङ समुदायको मौलिक सांस्कृतिक प्रस्तुति अवलोकन गर्नेछन् । कार्यक्रम अवधिभर सहभागीहरूको खाना तथा आवासको व्यवस्था स्थानीय गुरुङ होमस्टेमा गरिएको छ । कार्यक्रमको दोस्रो दिन नेपाली झण्डा पार्क, चियाबारी, मौलाकोट क्षेत्र तथा स्थानीय गुम्बाहरूको अवलोकन तथा भ्रमण कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

आयोजकका अनुसार कार्यक्रमले दोर्दी गाउँपालिकाको पर्यटन सम्भावनालाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा उजागर गर्दै यस क्षेत्रलाई गण्डकी प्रदेशकै उदीयमान पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।

सन् १९५० जुन ३ मा फ्रान्सेली पर्वतारोही मौरिस हर्जोग र लुई लाशनालले आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल सफलतापूर्वक आरोहण गरेका थिए । सोही दिनको सम्झनामा हरेक वर्ष अन्नपूर्ण आरोहण दिवस मनाइँदै आइएको छ ।

राजनीतिक शक्तिहरूको डर नै म हो : दुर्गा प्रसाईं

काठमाडौं : नागरिक बचाउ महाअभियान नेपाल र राप्रपा परित्याग गरेका नेता डा. धवलशमशेर राणाको नेतृत्वमा रहेको समूहबीच राजनीतिक दल निर्माण गर्ने सहमती गरिएको छ। शुक्रबार

Read More »

छानबिन समितिबाट सुधनलाई ‘क्लिन चिट’, फेरि गृहमन्त्रीमा फर्कन्छन् ?

काठमाडौं । पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिनका लागि गठित समितिले प्रतिवेदन प्रधानमन्त्री बालेन्द्र शाहलाई बुझाएको छ । विवादित व्यवसायी दीपक भट्टसँग व्यवसायीक सम्बन्ध रहेको खुलासा भएपछि

Read More »

काठमाडौंलाई सडक सहयोगापेक्षीमुक्त सहर बनाउने अभियान तीव्र, २ हजार ४२१ को उद्धार

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक सहयोगापेक्षी (बेसहारा) मानवमुक्त सहर निर्माण गर्ने अभियानलाई प्रभावकारी रूपमा अघि बढाएको जनाएको छ । महानगरपालिकाले शुक्रबार पत्रकार सम्मेलन गर्दै २०७४

Read More »

साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो

काठमाडौँ । साताको अन्तिम दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ओरालो लागेर बन्द भएको छ। यस दिन नेप्से सूचक ११.३७ अङ्क अर्थात् ०.४१ प्रतिशतले घटेर

Read More »

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान र गौरव हुन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्दै पौडेलले भाषा, साहित्य र संस्कृति नेपालको मौलिक पहिचान तथा राष्ट्रिय गौरवका आधार भएको बताएका छन्। शुक्रबार युगकवि सिद्धिचरण श्रेष्ठको ११५औं जन्मजयन्तीको

Read More »

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान र गौरव भएको बताएका छन् । शुक्रबार युगकवि सिद्धिचरण श्रेष्ठको ११५औँ जन्म

Read More »