आकस्मिक बैठकको सूचना र अनुपस्थितिबारे स्पष्ट कार्यविधि आवश्यक : सभापति बास्कोटा

काठमाडौं । समिक्षा बास्कोटाले समिति बैठकलाई थप व्यवस्थित, प्रभावकारी र उत्तरदायी बनाउन आकस्मिक बैठकको सूचना, डिजिटल हाजिरी तथा सदस्यहरूको उपस्थितिसम्बन्धी व्यवस्था स्पष्ट गर्नुपर्ने बताएकी छन् ।

बुधबार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा समितिको कार्यक्षेत्र र कार्यविधिसम्बन्धी छलफलमा बोल्दै उनले आकस्मिक बैठकको सूचना सकेसम्म छिटो दिनुपर्ने भए पनि कम्तीमा आधा घण्टा वा एक घण्टाअघि जानकारी गराउने अभ्यास कायम गर्नुपर्ने धारणा राखिन् । उनले समितिमा डिजिटल हाजिरीको अभ्यास सुरु भइसकेकाले त्यसलाई कार्यविधिमा समेट्न आवश्यक रहेको बताइन् ।

उनले भनिन्,‘समिति बैठकलाई थप व्यवस्थित, प्रभावकारी र उत्तरदायी बनाउन आकस्मिक बैठकको सूचना, डिजिटल हाजिरी तथा सदस्यहरूको उपस्थितिसम्बन्धी व्यवस्था स्पष्ट गर्न आवश्यक छ । यति मात्र होइन् बैठकको सूचना सकेसम्म छिटो दिनुपर्ने भए पनि कम्तीमा आधा घण्टा वा एक घण्टाअघि जानकारी गराउने अभ्यास कायम गर्नुपर्ने देख्छु ।’

साथै विदेश भ्रमण वा लगातार बैठकमा अनुपस्थित हुने सदस्यहरूले पूर्वजानकारी गराउनुपर्नेमा जोड दिँदै पाँच वा सोभन्दा बढी बैठकमा अनुपस्थित हुने अवस्थामा लिखित निवेदन दिनुपर्ने प्रस्ताव गरिन्।

सभापति बास्कोटाले कुनै एक सञ्चार एपको नाम उल्लेख नगरी ‘विद्युतीय माध्यम’ भन्ने शब्द प्रयोग गर्नुपर्ने बताइन्। सूचना आदानप्रदानका लागि पत्राचार, टेलिफोन, इमेल, एसएमएस तथा अन्य विद्युतीय माध्यम प्रयोग गर्न सकिने व्यवस्था कार्यविधिमा समावेश गर्नुपर्ने उनको भनाइ थियो।

समितिको छलफल पटक–पटक विषयान्तर हुने गरेको उल्लेख गर्दै उनले सदस्यहरूको बोल्ने समय निर्धारण गर्नुपर्ने आवश्यकता औँल्याइन्। विषय केन्द्रित छलफललाई प्रोत्साहन गर्न ३ वा ५ मिनेटजस्ता समयसीमा तय गर्ने विषयमा सदस्यहरूसँग छलफल गर्नुपर्ने उनले बताइन्।

विधेयकमाथिको छलफलका क्रममा आवश्यकताअनुसार उपसमिति गठन गर्न सकिने तथा संशोधन प्रस्तावकर्ता, विज्ञ, विशेषज्ञ र सरोकारवालालाई आमन्त्रण गरेर छलफल गर्न सकिने व्यवस्था कार्यविधिमा समेट्नुपर्ने सुझाव पनि उनले दिइन्।

राजनीतिक शक्तिहरूको डर नै म हो : दुर्गा प्रसाईं

काठमाडौं : नागरिक बचाउ महाअभियान नेपाल र राप्रपा परित्याग गरेका नेता डा. धवलशमशेर राणाको नेतृत्वमा रहेको समूहबीच राजनीतिक दल निर्माण गर्ने सहमती गरिएको छ। शुक्रबार

Read More »

छानबिन समितिबाट सुधनलाई ‘क्लिन चिट’, फेरि गृहमन्त्रीमा फर्कन्छन् ?

काठमाडौं । पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिनका लागि गठित समितिले प्रतिवेदन प्रधानमन्त्री बालेन्द्र शाहलाई बुझाएको छ । विवादित व्यवसायी दीपक भट्टसँग व्यवसायीक सम्बन्ध रहेको खुलासा भएपछि

Read More »

काठमाडौंलाई सडक सहयोगापेक्षीमुक्त सहर बनाउने अभियान तीव्र, २ हजार ४२१ को उद्धार

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक सहयोगापेक्षी (बेसहारा) मानवमुक्त सहर निर्माण गर्ने अभियानलाई प्रभावकारी रूपमा अघि बढाएको जनाएको छ । महानगरपालिकाले शुक्रबार पत्रकार सम्मेलन गर्दै २०७४

Read More »

साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो

काठमाडौँ । साताको अन्तिम दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ओरालो लागेर बन्द भएको छ। यस दिन नेप्से सूचक ११.३७ अङ्क अर्थात् ०.४१ प्रतिशतले घटेर

Read More »

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान र गौरव हुन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्दै पौडेलले भाषा, साहित्य र संस्कृति नेपालको मौलिक पहिचान तथा राष्ट्रिय गौरवका आधार भएको बताएका छन्। शुक्रबार युगकवि सिद्धिचरण श्रेष्ठको ११५औं जन्मजयन्तीको

Read More »

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान र गौरव भएको बताएका छन् । शुक्रबार युगकवि सिद्धिचरण श्रेष्ठको ११५औँ जन्म

Read More »