रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता

काठमाडौं : भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतका लागि अमेरिकी राजदूत सर्जियो गोरबीच भेटवार्ता भएको छ ।

राजदूत गोर अमेरिकाका तर्फबाट दक्षिण एसियाका लागि विशेष दूत समेत हुन् । केही समयअघि नेपाल भ्रमणमा आएका बेला पनि उनले सभापति लामिछानेसँग भेटघाट गरेका थिए । रवि र गोरेबीचको  भेटलाई निकै चासोका साथ हेरिएको छ । भारत भ्रमणमा रहेका कुनै पनि नेपाली नेतालाई भारतका लागि अमेरिकी राजदूतले भेट गरेको यो पहिलो पटक हो ।

भेटका क्रममा नेपाल र अमेरिकाबिचको साझेदारीलाई थप मजबुत बनाउने विषयमा विचार आदानप्रदान भएको बताइएको छ । अमेरिकी पक्षले नेपालसँगको मित्रतालाई उच्च महत्त्व दिएको उल्लेख गर्दै राजदूत गोरले दुवै देशको समृद्धि र अवसर अभिवृद्धिका लागि साझा प्राथमिकताका क्षेत्रमा सहकार्य जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

भेटवार्ताक्रममा आर्थिक विकास, लोकतान्त्रिक मूल्यको प्रवर्द्धन तथा पारस्परिक हितका विविध क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा समेत कुराकानी भएको जनाइएको छ । अमेरिका र नेपालबिचको दीर्घकालीन मित्रवत् सम्बन्धलाई अझ सुदृढ बनाउने दिशामा दुवै पक्ष सकारात्मक रहेको बताइएको छ ।

राजनीतिक शक्तिहरूको डर नै म हो : दुर्गा प्रसाईं

काठमाडौं : नागरिक बचाउ महाअभियान नेपाल र राप्रपा परित्याग गरेका नेता डा. धवलशमशेर राणाको नेतृत्वमा रहेको समूहबीच राजनीतिक दल निर्माण गर्ने सहमती गरिएको छ। शुक्रबार

Read More »

छानबिन समितिबाट सुधनलाई ‘क्लिन चिट’, फेरि गृहमन्त्रीमा फर्कन्छन् ?

काठमाडौं । पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिनका लागि गठित समितिले प्रतिवेदन प्रधानमन्त्री बालेन्द्र शाहलाई बुझाएको छ । विवादित व्यवसायी दीपक भट्टसँग व्यवसायीक सम्बन्ध रहेको खुलासा भएपछि

Read More »

काठमाडौंलाई सडक सहयोगापेक्षीमुक्त सहर बनाउने अभियान तीव्र, २ हजार ४२१ को उद्धार

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक सहयोगापेक्षी (बेसहारा) मानवमुक्त सहर निर्माण गर्ने अभियानलाई प्रभावकारी रूपमा अघि बढाएको जनाएको छ । महानगरपालिकाले शुक्रबार पत्रकार सम्मेलन गर्दै २०७४

Read More »

साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो

काठमाडौँ । साताको अन्तिम दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ओरालो लागेर बन्द भएको छ। यस दिन नेप्से सूचक ११.३७ अङ्क अर्थात् ०.४१ प्रतिशतले घटेर

Read More »

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान र गौरव हुन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्दै पौडेलले भाषा, साहित्य र संस्कृति नेपालको मौलिक पहिचान तथा राष्ट्रिय गौरवका आधार भएको बताएका छन्। शुक्रबार युगकवि सिद्धिचरण श्रेष्ठको ११५औं जन्मजयन्तीको

Read More »

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान र गौरव भएको बताएका छन् । शुक्रबार युगकवि सिद्धिचरण श्रेष्ठको ११५औँ जन्म

Read More »