१० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य असम्भव छैन : डाँगी

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का वरिष्ठ उपाध्यक्ष मोहन डाँगीले सरकारले आगामी १० वर्षभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य हासिल गर्न असम्भव नरहेको बताएका छन्। इप्पानको एक कार्यक्रममा बोल्दै उनले लक्ष्य निकै ठुलो भए पनि सकारात्मक दृष्टिकोणबाट हेरेमा यसलाई प्राप्त गर्न सकिने विश्वास व्यक्त गरे। ऊर्जा क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रबिच घनिष्ठ सहकार्य आवश्यक रहेको उनले औँल्याएका छन्।

१० वर्षभित्र ३० हजार मेगावाटको लक्ष्य प्राप्तिका लागि करिब ६० खर्ब रुपैयाँ लगानी आवश्यक पर्ने डाँगीले जानकारी दिए। जलविद्युत क्षेत्र कुनै एक वा दुई व्यक्तिले पसल वा रेस्टुरेन्ट खोलेझैँ सञ्चालन गर्ने व्यवसाय नभई सामूहिक लगानी र सहकार्यमा आधारित क्षेत्र भएकाले आवश्यक लगानी जुटाउन सम्भव रहेको उनको भनाइ छ। हालसम्म साना तथा मध्यम क्षमताका आयोजनाहरूको योगदानबाट निजी क्षेत्रले उल्लेखनीय उपलब्धि हासिल गरेको बताउँदै उनले सरकारले पूर्वाधार, नीतिगत सहजीकरण र लगानीका लागि उचित वातावरण बनाइदिन जरुरी रहेको बताए।

देशको ऊर्जा अवस्थाबारे तथ्याङ्क प्रस्तुत गर्दै डाँगीले हाल देशमा करिब ४ हजार ३०० मेगावाट विद्युत् उत्पादन भइसकेको र ५ हजार ७०० मेगावाट निर्माणाधीन अवस्थामा रहेको जानकारी दिए। यी दुवैलाई जोड्दा झन्डै १० हजार मेगावाट क्षमता सुनिश्चित भइसकेको छ। अबको १० वर्षमा थप २० हजार मेगावाट विद्युत् उत्पादन गर्नुपर्ने चुनौती बाँकी रहन्छ। डाँगीले भने, ‘मलाई लाग्छ, हाल सेयर बजारमा सूचीकृत रहेका ९९ कम्पनीमध्ये ४० वटा कम्पनीले मात्र आगामी १० वर्षमा औसत ५००–५०० मेगावाटका आयोजना निर्माण गर्न सके भने २० हजार मेगावाट थप उत्पादन गर्न सकिन्छ । त्यसैले यो लक्ष्य असम्भव वा धेरै टाढाको लक्ष्य होइन ।’

अहिले झन्डै २ सय मेगावाटभन्दा कम तथा मध्यम क्षमताका आयोजनाहरू मिलेर निजी क्षेत्रले ३ हजार ५०० मेगावाटभन्दा बढी विद्युत् उत्पादन गरिसकेको उनले स्पष्ट पारे। इप्पान सरकारसँग हातेमालो गर्दै ऊर्जा क्षेत्रको विकास र उत्पादन वृद्धि अभियानमा सक्रिय रूपमा सहकार्य गर्न प्रतिबद्ध रहेको समेत वरिष्ठ उपाध्यक्ष डाँगीले बताए।

राजनीतिक शक्तिहरूको डर नै म हो : दुर्गा प्रसाईं

काठमाडौं : नागरिक बचाउ महाअभियान नेपाल र राप्रपा परित्याग गरेका नेता डा. धवलशमशेर राणाको नेतृत्वमा रहेको समूहबीच राजनीतिक दल निर्माण गर्ने सहमती गरिएको छ। शुक्रबार

Read More »

छानबिन समितिबाट सुधनलाई ‘क्लिन चिट’, फेरि गृहमन्त्रीमा फर्कन्छन् ?

काठमाडौं । पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिनका लागि गठित समितिले प्रतिवेदन प्रधानमन्त्री बालेन्द्र शाहलाई बुझाएको छ । विवादित व्यवसायी दीपक भट्टसँग व्यवसायीक सम्बन्ध रहेको खुलासा भएपछि

Read More »

काठमाडौंलाई सडक सहयोगापेक्षीमुक्त सहर बनाउने अभियान तीव्र, २ हजार ४२१ को उद्धार

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक सहयोगापेक्षी (बेसहारा) मानवमुक्त सहर निर्माण गर्ने अभियानलाई प्रभावकारी रूपमा अघि बढाएको जनाएको छ । महानगरपालिकाले शुक्रबार पत्रकार सम्मेलन गर्दै २०७४

Read More »

साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो

काठमाडौँ । साताको अन्तिम दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ओरालो लागेर बन्द भएको छ। यस दिन नेप्से सूचक ११.३७ अङ्क अर्थात् ०.४१ प्रतिशतले घटेर

Read More »

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान र गौरव हुन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्दै पौडेलले भाषा, साहित्य र संस्कृति नेपालको मौलिक पहिचान तथा राष्ट्रिय गौरवका आधार भएको बताएका छन्। शुक्रबार युगकवि सिद्धिचरण श्रेष्ठको ११५औं जन्मजयन्तीको

Read More »

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान र गौरव भएको बताएका छन् । शुक्रबार युगकवि सिद्धिचरण श्रेष्ठको ११५औँ जन्म

Read More »