रास्वपाको महाधिवेशनमा सहभागी हुन काँग्रेस सभापति थापा आफैँ जाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा सुरु हुने प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा नेपाली कांग्रेसका सभापति गगन थापा स्वयं सहभागी हुने भएका छन्।

यसअघि कांग्रेसका तर्फबाट उपसभापति डा. पुष्पा भुसाल सहभागी हुने चर्चा भए पनि अन्ततः सभापति थापाले नै उद्घाटन समारोहमा उपस्थित भई शुभकामना मन्तव्य दिने कार्यक्रम तय भएको हो।

कांग्रेस स्रोतका अनुसार देशको प्रमुख राजनीतिक दलमध्ये एक रास्वपाको पहिलो महाधिवेशन भएकाले पार्टीको उच्च तहबाटै प्रतिनिधित्व गर्नु उपयुक्त हुने निष्कर्षपछि थापाले सहभागी हुने निर्णय गरेका हुन्।

महाधिवेशनमा अन्य राजनीतिक दलबाट पनि शीर्ष तथा वरिष्ठ नेताहरूको सहभागिता रहनेछ। उद्घाटन समारोहमा विभिन्न दलका प्रतिनिधिले शुभकामना व्यक्त गर्ने कार्यक्रम रहेको रास्वपाले जनाएको छ।

कालापानी, लिपुलेक हाम्रो हो भन्ने प्रमाण छ, मेरो राष्ट्रियतामा शंका गर्नुपर्दैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको हो भन्ने प्रमाण रहेको बताएका छन् । आज चितवनमा पार्टीको महाधिवेशनलाई सम्बोधन गर्दै

Read More »

रास्वपालाई चिनिँया कम्युनिष्ट र भारतीय जनता पार्टीले पठाए शुभकामना

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनलाई दुवै छिमेकी राष्ट्रका सत्तारुढ दलले शुभकामना पठाएका छन् ।  चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) र भारतीय जनता

Read More »

पुरानो पुस्तासँग लड्न होइन, नयाँ राजनीतिक संस्कार बसाल्न आएका हौँ : उपसभापति वाग्ले

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवम अर्थमन्त्री डा।स्वर्णिम वाग्लेले नेपालमा इमानदार व्यक्तिलाई राजनीतिमा प्रवेश गर्न कठिन र पहुँचवालालाई सफल हुन सहज हुने

Read More »

रास्वपा महाधिवेशनस्थलमा पुगे रवि र बालेन

काठमाडौँ : रास्वपाका सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाह पार्टीको महाधिवेशनस्थल पुगेका छन् । उनीहरु केहीबेर अघि महाधिवेनस्थल उद्योग संघ परिसरको मञ्चमा पुगेका हुन्

Read More »

रास्वपा महाधिवेशन उद्घाटनको तयारी भइरहँदा चितवनमा वर्षा

काठमाडौँ । रास्वपा महाधिवेशन उद्घाटनको तयारी भइरहँदा चितवनमा वर्षा भएको छ । आइतबार दिउँसो सवा ३ बजेदेखि वर्षा हुन सुरु भएको हो ।  यद्यपि कार्यक्रम

Read More »

रास्वपा महाधिवेशनको उद्घाटन समारोह सुरु हुन ढिलाइ

काठमाडौँ : रास्वपाको पहिलो ऐतिहासिक महाधिवेशनको उद्घाटन समारोह सुरु हुन ढिलाइ भएको छ । तर साढे २ बज्दासम्म कार्यक्रम सुरु हुन सकेको छैन । चितवनस्थित

Read More »