बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत

बागमती । बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत रहेको छ । मुलुकको साक्षरता दर ७६.२ प्रतिशत हुँदा त्यसभन्दा बढी बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत रहेको हो ।

चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने अनुमान हुँदा बागमती प्रदेशको ५.४० प्रतिशत रहने अनुमान गरिएको प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले बताए ।

आव २०८२/८३ मा मुलुकको कुल गार्हस्थ्य उत्पादन ६६ खर्ब नौ करोड रुपैयाँमध्ये बागमती प्रदेशको हिस्सा ३६.७ प्रतिशत (अर्थात् २४ खर्ब २३ अरब रुपैयाँ)पुग्ने अनुमान गरिएको छ ।

त्यस्तै, मुलुकको प्रतिव्यक्ति आय एक हजार ५३५ अमेरिकी डलर रहँदा बागमती प्रदेशको प्रतिव्यक्ति आय सबै प्रदेशभन्दा बढी दुई हजार ६४४ अमेरिकी डलर रहने प्रक्षेपण गरिएको छ ।

मुलुकको निरपेक्ष गरिबी २०.२७ प्रतिशत र बहुआयामिक गरिबी १७.४ प्रतिशत हुँदा बागमती प्रदेशमा निरपेक्ष गरिबी १२.५९ प्रतिशत र बहुआयामिक गरिबी ७.० प्रतिशत मात्र रहेको सरकारको आव २०८३/०८४ को बजेटमा उल्लेख गरिएको छ ।

रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९ कायम

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनका निम्ति तीन हजार ८४९ प्रतिनिधि कायम भएका छन् । केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार सार्वजनिक

Read More »

बालेन र सुधन गुरुङको सम्पत्तिमाथि पनि छानबिन हुनुपर्छ : महेश बस्नेत

काठमाडौं । नेकपा (एमाले) का सचिव महेश बस्नेतले पूर्वउपप्रधानमन्त्री तथा एमाले उपाध्यक्ष बिष्णुप्रसाद पौडेलको सम्पत्तिमाथि छानबिन हुनसक्ने हो भने प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन

Read More »

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले घटेको

Read More »

सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने

काठमाडौँ । सार्वजनिक सवारीसाधनको नयाँ दर्ता रोक्का गर्ने सरकारको निर्णयका कारण समस्यामा परेका यातायात व्यवसायीको मागलाई आंशिक रूपमा सम्बोधन गर्दै यातायात व्यवस्था विभागले जेठ ८

Read More »

रास्वपा महाधिवेशनमा प्रस्तावक र समर्थक बसे उम्मेदवार हुन नपाइने

काठमाडौँ : चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दिने व्यक्तिका प्रस्तावक र समर्थक बन्नेहरू उम्मेदवार बन्न नपाउने भएका छन् ।

Read More »

नगरकोटमा चक्कु प्रहारबाट युवकको मृत्यु, ३ जना पक्राउ

काठमाडौं । भक्तपुर नगरपालिका–१ स्थित नगरकोटमा गएराति सामान्य विवादका क्रममा भएको झै–झगडामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । महोत्तरी मिथिला नगरपालिका–९ घर भई

Read More »