मेरो काममा कसैले प्रश्न उठाउन पाएका छैनन् : वडाध्यक्ष तण्डुकार

काठमाडौँ महानगरपालिकाको वडा नम्बर ११ का वडाध्यक्ष हिरालाल तण्डुकारले आफूले काम गर्दा गुनासो नआउने गरी काम गरेको बताएका छन् । र अहिलेसम्म पनि आफूले गरेको कामबारे गुनासो नआएको उनको भनाइ छ ।

‘शिक्षा, स्वास्थ्य, विकास निर्माण तथा सामाजिक कार्य गरेका छौँ,’ उनले भने, ‘तर, अहिलेसम्म हामीले गरेका काममा यो भएन, यो अपुग भयो भन्नेजस्ता कुनै पनि गुनासो आएको छैन ।’

गुनासो नआएकै कारण कामबाट जनता सन्तुष्ट रहेका हुन भन्न सकिने वडाध्यक्ष तण्डुकार बताउँछन् । काम गर्दा अगाडि नै जनतालाई सूचना दिने र उनीहरुको संलग्नता र निगरानी रहने भएकै कारण पनि गुनासो नआएको उनको बुझाइ छ । 

नगरवासीले मात्र नभएर काठमाडौँ महानगरबाट पनि कुनै गुनासो नआएको उनले बताए । ढल निकास तथा व्यवस्थापनमा अहिले समस्या नरहेको बताउँदै वडाध्यक्ष तण्डुकारले यसबारे सुरुदेखि नै काम गरेको जानकारी दिए ।

तेस्रो कार्यकालमा रुपमा काम गरिरहेका उनले ढल निकास तथा व्यवस्थापनमा कुनै समस्या आएलगत्तै आफूलाई सूचना आउने र तुरुन्तै समाधान गर्ने गरिएको बताए ।

खानेपानी समस्या पनि नरहेको बताएका उनले खानेपानी समस्या समाधानमा मेलम्चीको पानीले सहयोग गरेको बताए ।

फोहोरमैला व्यवस्थापनमा काठमाडौँ महानगर नै अग्रस्थानमा रहेको भन्दै उनले फोहोर व्यवस्थापनमा पनि कुनै समस्या नरहेको दाबी गरे । ‘न्यूरोड, बानेश्वर, थापाथली त्रिपुरेश्वलगायत क्षेत्रमा फोहोर हुनै दिएको छैनौँ । फोहोमैला व्यवस्थापनमा हामी अग्रस्थानमा छौँ,’ उनले भने, ‘हामीले ठाउँ ठाउँमा मान्छे राखेर फोहोर व्यवस्थापन गरेका छौँ ।’

कर्पाेरेट हाउसका हाकिमहरु जेल परेका कारण केही घरबाहल कर उठाउन समस्या देखिएको उनले बताए । आफ्नो वडामा स्वास्थ्य सेवामा पनि समस्या नरहेको उनको दाबी छ ।

कीर्ते कागज बनाएर सेवा लिन आउने घटना पनि भएकाले सेवा प्रवाहमा निकै चनाखो हुनुपर्ने अवस्था रहेको वडाध्यक्ष खड्गीले बताए । नागरिकता बनाउने, मुचुल्का, विवाह दर्ता, नाता प्रमाणितजस्ता सिफारिस लिन आउँदा चनाखो हुनुपर्ने अवस्था रहेको उनको भनाइ छ ।

वडाको पहलमा आफू अध्यक्ष रहेको थापाथली जनकल्याण परिवार र त्रिपुरेश्वर आँखा अस्पतालबीच मिलेर वडावासीको मोतियाविन्दुको निःशुल्क उपचारको व्यवस्था गरेको वडाध्यक्ष तण्डुकारले जानकारी दिए ।

राजनीतिक शक्तिहरूको डर नै म हो : दुर्गा प्रसाईं

काठमाडौं : नागरिक बचाउ महाअभियान नेपाल र राप्रपा परित्याग गरेका नेता डा. धवलशमशेर राणाको नेतृत्वमा रहेको समूहबीच राजनीतिक दल निर्माण गर्ने सहमती गरिएको छ। शुक्रबार

Read More »

छानबिन समितिबाट सुधनलाई ‘क्लिन चिट’, फेरि गृहमन्त्रीमा फर्कन्छन् ?

काठमाडौं । पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिनका लागि गठित समितिले प्रतिवेदन प्रधानमन्त्री बालेन्द्र शाहलाई बुझाएको छ । विवादित व्यवसायी दीपक भट्टसँग व्यवसायीक सम्बन्ध रहेको खुलासा भएपछि

Read More »

काठमाडौंलाई सडक सहयोगापेक्षीमुक्त सहर बनाउने अभियान तीव्र, २ हजार ४२१ को उद्धार

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक सहयोगापेक्षी (बेसहारा) मानवमुक्त सहर निर्माण गर्ने अभियानलाई प्रभावकारी रूपमा अघि बढाएको जनाएको छ । महानगरपालिकाले शुक्रबार पत्रकार सम्मेलन गर्दै २०७४

Read More »

साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो

काठमाडौँ । साताको अन्तिम दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ओरालो लागेर बन्द भएको छ। यस दिन नेप्से सूचक ११.३७ अङ्क अर्थात् ०.४१ प्रतिशतले घटेर

Read More »

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान र गौरव हुन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्दै पौडेलले भाषा, साहित्य र संस्कृति नेपालको मौलिक पहिचान तथा राष्ट्रिय गौरवका आधार भएको बताएका छन्। शुक्रबार युगकवि सिद्धिचरण श्रेष्ठको ११५औं जन्मजयन्तीको

Read More »

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान र गौरव भएको बताएका छन् । शुक्रबार युगकवि सिद्धिचरण श्रेष्ठको ११५औँ जन्म

Read More »