साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको लागि खेलाडी छनोट

काठमाडौँ : घरेलु मैदानमा आयोजना हुने महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताका लागि प्रारम्भिक चरणमा ४० खेलाडी छनोट भएका छन् । आगामी कात्तिक १ देखि १४ गतेसम्म हुने उक्त प्रतियोगिताको लागि नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले आज खेलाडी छनोट गर्नुभएको हो । उहाँले राष्ट्रिय टोलीबाट खेलिरहेका खेलाडीबाहेक राजधानीमा जारी एन्फा महिला लिग प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेका खेलाडीलाई समेट्दै ४० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाउनुभयो ।

छनोट हुने नेपाली टोलीमा अञ्जली तुम्बापो सुब्बा, अन्जना रानामगर, उसा नाथ, गीता राना, अमृता जैसि, समीक्षा घिमिरे, नीसा थोकर, पुजा राणा, विमला विक, हिराकुमारी भुजेल, प्रतीक्षा चौधरी, रेणुका नगरकोटी, प्रीति राई, सरु लिम्बु र दीपा शाही छन् । त्यसैगरी सविता रानामगर, अनिता बस्नेत, अमिषा कार्की, विमला चौधरी, सावित्रा भण्डारी, रेखा पौडेल, रश्मीकुमारी घिसिङ, अनिता केसी, चन्द्रा भण्डारी, सरस्वती हमाल, तुलसा बोहरा, भूमिका बुढाथोकी, ममता पुन, यशोदा शाही, अञ्जली माचामसी, सुष्मा तामाङ, सुक्रिया मिया, सजिना कोइराला, नेहाकुमारी चौधरी, सजनी थोकर, अनिता लामगेल, लिला जोशी, सुशीला चौधरी, कुस्मा राई र सुनिता भुलन छनोटमा परेका छन् । उक्त प्रतियोगितामा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा श्रीलङ्का, माल्दिभ्स र भुटान रहेका छन् । त्यसैगरी समूह ‘ए’ मा भारत, बङ्गलादेश र पाकिस्तान छन् । उक्त प्रतियोगिताको खेलहरू त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला मैदानमा हुनेछ ।

विभिन्न स्थानबाट लागूऔषधसहित २३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित २३ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँबाट ११, झापाबाट

Read More »

सल्यानमा बलात्कार आरोपमा ६३ वर्षीय व्यक्ति पक्राउ

काठमाडौं : सल्यानमा बलात्कार आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा छत्रेश्वरी गाउँपालिका–१, चामेका ६३ वर्षीय नरबहादुर डाँगी छन् । २८ वर्षीया एक

Read More »

रास्वपाको लक्ष्य वैकल्पिक शक्ति मात्र होइन, मलुकको नेतृत्व होः सभापति लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने बताएका छन्। आज र भोलि हुन

Read More »

देशमा विकृति, बिचौलियातन्त्र र सेटिङको अन्त्य हुँदै गएको छ : मन्त्री तिमिल्सिना

नुवाकोट : सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले देश नयाँ राजनीतिक संस्कारतर्फ अग्रसर भएको बताउँदै मन्त्रालय तथा सरकारी निकायमा हुने ‘सेटिङ’ विकृति र बिचौलियातन्त्रको प्रभाव

Read More »

सामाजिक सुरक्षा कोषमा १ खर्ब ११ अर्ब योगदान सङ्कलन

काठमाडौँ । जलविद्युत् परियोजना, विद्युत् प्रसारण लाइन, सौर्य तथा नवीकरणीय ऊर्जा उत्पादन गर्ने उद्योगमा लगानी गर्ने गरी सामाजिक सुरक्षा कोषले कर्जा वा सहवित्तीयकरणमा लगानी गर्ने

Read More »

सडक सञ्जालमा जोडियो अपिहिमाल गाउँपालिका

दार्चुला : अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ । खलङ्गाबाट २३ कोष उत्तर-पश्चिममा रहेको पालिकाको वडा नं ३ गौड्याखोलासम्म सडक पुगेको हो । सडक सञ्जालबाट

Read More »