ढल व्यवस्थापन सक्यौँ, खानेपानीको समस्या समाधान गर्दै छौँ : वडाध्यक्ष प्रदीप कार्की

भक्तपुर सूर्यविनायक नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष प्रदीप कार्कीले विकास निर्माण र चुस्ता प्रशासनिक सेवालाई प्राथमिकता दिएर काम गरिरहेको जानकारी दिए ।
अघिल्लो कार्यकालमा बाँकी रहेका र नयाँ बनाइएका विकास निर्माणका कामलाई अघि बढाइरहेको उनको भनाइ छ । विकास निर्माणको काम अग्रपंक्तिमा रहेर युद्धस्तरमा काम भइरहेको जानकारी दिँदै वडाध्यक्ष कार्कीले ढल व्यवस्थापनमा पनि काम भइरहेको बताए ।
वर्षामा घरभित्र पानी जाने अवस्थालाई अन्त्य गरेको भन्दै उनले भने, ‘बर्षातका कारणले घरभित्र पानी छिर्ने गर्थ्यो, रोडमा पानी आएर जम्थ्यो । हामीले २३÷२४ फिट गहिरो पाइलिङ गरेर ढल व्यवस्थापन गरेका छौँ ।’ सडक पिच र ढलान गर्ने कार्य पनि भएको वडाध्यक्ष कार्कीले बताए ।
ऐतिहासिक र धार्मिक क्षेत्रको संरक्षणमा पनि काम गरेको जानकारी दिँदै उनले भने, ‘शिव सर्किटको पहिलो उद्मस्थल धर्मेश्वर महादेव मन्दिर र दोस्रो गुप्तेश्वर महादेवको मन्दिरको जीर्णोद्वारको काम भएको छ । धर्मेश्वरको सकिसकेको छ भने गुप्तेश्वरको यही वर्ष सकिन्छ । हामीले पुरातात्त्विक हिसाबले काम गरेका छौँ ।’
‘एक वडा एक फल्चा’को नीतिअनुसार गणेश मन्दिर अगाडि फल्चा बनाउने काम सकिएको उनले जानकारी दिए । बसिडोलमा पनि बालकुमारी मन्दिरको काम पनि तीव्रगतिमा भइरहेको र यहाँ पनि एउटा फल्चा बनिसकेको भन्दै उनले यहाँ अन्य देवी देवताको मूर्ति राख्ने र वाल लगाउने कार्य भइरहेको जानकारी दिए ।
पुराना पानीका स्रोत सुक्दा सूर्यविनायक २ र ३ नम्बर वडामा पानीको समस्या देखिएको भन्दै उनले यसको समाधानका लागि पहल भइरहेको बताए । दधिकोट र गुप्तेश्वरमा डिपबोरिङ गरेर त्यसबाट पानी वितरण गर्ने कार्य भइरहेको उनको भनाइ छ ।
स्वास्थ्य प्रतिकूल रहने आइरन, म्याग्नेसियम र एमोनिया देखिएकाले सबै ठाउँको पानी वितरण गर्न नसकिएको उनले बताए ।
पानीको समस्या समाधानका लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)सँग सूर्यविनायक नगरपालिकाले सम्झौता गरिसकेको जानकारी दिँदै उनले नगरपालिकाले ८ करोड रकम विनियोजित गरेर स्थानीय उपभोक्तसँग ६०/४० नीतिअनुसार पानी वितरण गर्नेगरी केयुकेएलसँग सम्झौता भएको जानकारी दिए ।
केयुकेएलले सूर्यविनायक नगरपालिकासँग सम्झौता गरेको र नगरपालिकाले खानेपानी उपभोक्ता समितिले सम्झौता गरेर खानेपानीको समस्या समाधानमा काम भइरहेको उनको भनाइ छ । सम्झौताअनुसार दैनिक सूर्यविनायक २ र ३ नम्बर वडामा चार चार लाख गरी आठ लाख लिटर पानी वितरण गर्ने भनिएको वडाध्यक्ष कार्कीले बताए ।
स्वास्थ्य सेवा प्रदान गर्न शिविर पनि सञ्चालन गर्ने गरिएको उनले बताए । ज्येष्ठ नागरिकलाई मासिक स्वास्थ्य परीक्षण गर्ने गरिएको उनको भनाइ छ ।
ज्येष्ठ नागरिकका लागि दिवा सेवा सञ्चालन भइसकेको र बालबालिका लागि खेल मैदान बनाउने काम बढाउने योजना बनाएको उनले बताए । आफूलाई गुनासोभन्दा सुझाव धेरै आउने गरेको जानकारी दिएका उनले आफू वडामा आएदेखि ठूला समस्या केही नआएको बताए ।

राजनीतिक शक्तिहरूको डर नै म हो : दुर्गा प्रसाईं

काठमाडौं : नागरिक बचाउ महाअभियान नेपाल र राप्रपा परित्याग गरेका नेता डा. धवलशमशेर राणाको नेतृत्वमा रहेको समूहबीच राजनीतिक दल निर्माण गर्ने सहमती गरिएको छ। शुक्रबार

Read More »

छानबिन समितिबाट सुधनलाई ‘क्लिन चिट’, फेरि गृहमन्त्रीमा फर्कन्छन् ?

काठमाडौं । पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिनका लागि गठित समितिले प्रतिवेदन प्रधानमन्त्री बालेन्द्र शाहलाई बुझाएको छ । विवादित व्यवसायी दीपक भट्टसँग व्यवसायीक सम्बन्ध रहेको खुलासा भएपछि

Read More »

काठमाडौंलाई सडक सहयोगापेक्षीमुक्त सहर बनाउने अभियान तीव्र, २ हजार ४२१ को उद्धार

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक सहयोगापेक्षी (बेसहारा) मानवमुक्त सहर निर्माण गर्ने अभियानलाई प्रभावकारी रूपमा अघि बढाएको जनाएको छ । महानगरपालिकाले शुक्रबार पत्रकार सम्मेलन गर्दै २०७४

Read More »

साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो

काठमाडौँ । साताको अन्तिम दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ओरालो लागेर बन्द भएको छ। यस दिन नेप्से सूचक ११.३७ अङ्क अर्थात् ०.४१ प्रतिशतले घटेर

Read More »

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान र गौरव हुन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्दै पौडेलले भाषा, साहित्य र संस्कृति नेपालको मौलिक पहिचान तथा राष्ट्रिय गौरवका आधार भएको बताएका छन्। शुक्रबार युगकवि सिद्धिचरण श्रेष्ठको ११५औं जन्मजयन्तीको

Read More »

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान र गौरव भएको बताएका छन् । शुक्रबार युगकवि सिद्धिचरण श्रेष्ठको ११५औँ जन्म

Read More »