उपराष्ट्रपतिद्वारा नेपाली क्रिकेट टोलीलाई बधाइ

काठमाडौँ : उपराष्ट्रपति रामसहायप्रसाद यादवले आइसिसी यू–१९ महिला विश्वकपको एसिया छनोट खेलमा विजयी नेपाली क्रिकेट टोलीलाई बधाइ दिनुभएको छ । आज बधाइ सन्देश दिँदै उहाँले खेलाडी, प्रशिक्षक तथा सम्बन्धित पदाधिकारीलाई बधाइ दिनुभएको हो । युनाइटेड अरब इमिरेट्स (युएई) मा भइरहेको प्रतियोगितामा युएईलाई हराउँदै नेपाली महिला क्रिकेट टोलीले विजय हासिल गरी विश्वकप २०२५ मा छनोट भएको छ ।

उपराष्ट्रपतिले नेपाली खेलाडीले देखाउनुभएको दक्षता, धैर्यता, दृढ सङ्कल्प, समर्पण, लगनशीलता, अनुशासन र उत्कृष्ट प्रदर्शनको प्रशंसा गर्नुभएको छ । नेपाली खेलाडीले भविष्यमा पनि उत्कृष्ट प्रदर्शनमार्फत नेपाल र नेपालीको शीर उच्च राख्ने विश्वास व्यक्त गर्दै उहाँले आगामी प्रतियोगितामा सफलताको कामना गर्नुभएको छ ।

विभिन्न स्थानबाट लागूऔषधसहित २३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित २३ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँबाट ११, झापाबाट

Read More »

सल्यानमा बलात्कार आरोपमा ६३ वर्षीय व्यक्ति पक्राउ

काठमाडौं : सल्यानमा बलात्कार आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा छत्रेश्वरी गाउँपालिका–१, चामेका ६३ वर्षीय नरबहादुर डाँगी छन् । २८ वर्षीया एक

Read More »

रास्वपाको लक्ष्य वैकल्पिक शक्ति मात्र होइन, मलुकको नेतृत्व होः सभापति लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने बताएका छन्। आज र भोलि हुन

Read More »

देशमा विकृति, बिचौलियातन्त्र र सेटिङको अन्त्य हुँदै गएको छ : मन्त्री तिमिल्सिना

नुवाकोट : सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले देश नयाँ राजनीतिक संस्कारतर्फ अग्रसर भएको बताउँदै मन्त्रालय तथा सरकारी निकायमा हुने ‘सेटिङ’ विकृति र बिचौलियातन्त्रको प्रभाव

Read More »

सामाजिक सुरक्षा कोषमा १ खर्ब ११ अर्ब योगदान सङ्कलन

काठमाडौँ । जलविद्युत् परियोजना, विद्युत् प्रसारण लाइन, सौर्य तथा नवीकरणीय ऊर्जा उत्पादन गर्ने उद्योगमा लगानी गर्ने गरी सामाजिक सुरक्षा कोषले कर्जा वा सहवित्तीयकरणमा लगानी गर्ने

Read More »

सडक सञ्जालमा जोडियो अपिहिमाल गाउँपालिका

दार्चुला : अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ । खलङ्गाबाट २३ कोष उत्तर-पश्चिममा रहेको पालिकाको वडा नं ३ गौड्याखोलासम्म सडक पुगेको हो । सडक सञ्जालबाट

Read More »