kites

अफगानिस्तानले नेपाललाई दियो एक सय २४ रनको लक्ष्य

काठमाडौँ : युएईमा जारी यु १९ एसिया कप क्रिकेट प्रतियोगितामा अफगानिस्तानले नेपाललाई एक सय २४ रनको लक्ष्य दिएको छ । दुबईको सारजाह क्रिकेट मैदानमा अहिले भइरहेको खेलमा अफगानिस्तानले टस जितेर पहिले बलिङ रोजेको अफगानिस्तानले ३५ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै एक सय २३ रनको योगफल बनाएको हो । अफगानिस्तानका लागि फैसल खानले सर्वाधिक ५२ रन जोडे । उनले ६७ बलमा ४ चौका र २ छक्का प्रहार गरे । त्यस्तै खातीर खानले २६ बलमा १५ जोडे ।

अल्लाह गजान्फरले ११ तथा नासिर खानले १० रन जोडे । नेपालका लागि युनिश विक्रम सिंह ठकुरी र सन्तोष यादवले समान ३ तथा हेमन्त धामी, अभिषेक तिवारीले समान २ विकेट लिए । नेपाल पहिलो खेलमा श्रीलङ्कासँग ५५ रन र दोस्रो खेलमा बंगलादेशसँग पाँच विकेटले पराजित भएको थियो । अफगानिस्तान पहिलो खेलमा बङ्गलादेशसँग ४५ रन र दोस्रो खेलमा श्रीलंकासँग एक सय ३१ रनले पराजित भएको थियो । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ : स्थानीय बजारमा सुनचाँदीको भाउ बढेको छ । सुनको मूल्य प्रतितोला रू एक हजार तीन सय र चाँदी रु ५० ले बढेको छ ।

Read More »

पुससम्म बागमती प्रदेश सरकारको बजेट खर्च १६ प्रतिशत

बागमती : बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको छ महिनामा १६ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । पुससम्ममा कूल बजेटको करिब १६ दशमलव २७

Read More »

विपक्षी दलको बैठक बस्दै

काठमाडौँ : आज विपक्षी दलको बैठक बस्दै छ। बैठक दिउँसो २ बजे प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको कार्यालय

Read More »

प्रचण्डको चेतावनीः जनताको अधिकार खोस्न खोजियो भने देश राजनीतिक खतरामा जानसक्छ

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले संविधान, लोकतन्त्र, समावेशी र समानताका अधिकार खोस्न खोजेको खण्डमा देश

Read More »

बेचन झालाई थुनामा राख्नुको कारण पेश गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली शरणार्थी प्रकरणमा जोडिएका बेचन झालाई थुनामा राख्नुको कारण पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ । आफू गैरकानुनी रुपमा

Read More »