एनपिएलः कर्णाली याक्स सात रनले विजयी

काठमाडौँ  ।  नेपाल प्रिमियर लिग (एनसपिएल) अन्तर्गत आज भएको दोस्रो खेलमा कर्णाली याक्स सात रनले विजयी भएको छ । एक सय ३४ रनको मध्यम लक्ष्य पछ्याएको विराटनगर किङ्ग्स कर्णालीका नन्दन यादवको कसिलो बलिङमा निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय २६ रनमा समेटियो । कर्णालीको जितमा नन्दन यादवले चार ओभर बलिङ गर्ने क्रममा १९ रन खर्चेर तीन विकेट लिए ।

साथै विपीन यादवले दुई तथा सोमपाल कामी, विलियम वोसिस्टोले र उनिश ठकुरीले एक/एक विकेट लिए । बिराटनगरका लागि निकोलस कीर्तनले ३९ बलमा चार चौका र एक छक्काको सहयोगमा ४० रन बनाए पनि जितका लागि पर्याप्त भएन् । उसका लागि ओपनर लोकेश बमले १९ र दीपक बोहोराले १८ रनको योगदान दिए भने अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको कर्णाली याक्सले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै एक सय ३३ रन मात्रै बनाएको थियो ।

उसका लागि विलियम बोसिस्टोले ४९ बलमा पाँच चौका र तीन छक्काको सहयोगमा ६६ रन बनाए । साथै ओपनर देव खनालले ४८ बलको सामना गर्ने क्रममा चार चौका र दुई छक्का प्रहार गर्दै ५३ रनको योगदान दिए । कर्णालीका पाँच ब्याटरले खाता नै खोल्न सकेनन् । गुलशन झा, सोमपाल कामी, नन्दन यादव, विपीन शर्मा र उनिश ठकुरी शून्य रनमा आउट भए ।

अघिल्ला दुई वटा खेलमा चम्केका ओपनर शिखर धवनले व्यक्तिगत पाँच रन छँदा आउट भए । कर्णाली याक्सलाई मध्यम स्कोरमा समेट्ने क्रममा बिराटनगरका लागि प्रतीश जिशीले चार विकेट लिए । साथै क्रिस सोल र बसिर अहमदले समान दुई विकेट लिए भने अकिब इलायसले एक विकेट लिए । चार खेलमा दुईमा जित हासिल गरेको कर्णालीसँग चार अङ्क छ भने समान खेल खेलेको विराटनगरसँग एक जितका साथ दुई अङ्क छ ।

रास्वपाको लक्ष्य वैकल्पिक शक्ति मात्र होइन, मलुकको नेतृत्व होः सभापति लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने बताएका छन्। आज र भोलि हुन

Read More »

देशमा विकृति, बिचौलियातन्त्र र सेटिङको अन्त्य हुँदै गएको छ : मन्त्री तिमिल्सिना

नुवाकोट : सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले देश नयाँ राजनीतिक संस्कारतर्फ अग्रसर भएको बताउँदै मन्त्रालय तथा सरकारी निकायमा हुने ‘सेटिङ’ विकृति र बिचौलियातन्त्रको प्रभाव

Read More »

सामाजिक सुरक्षा कोषमा १ खर्ब ११ अर्ब योगदान सङ्कलन

काठमाडौँ । जलविद्युत् परियोजना, विद्युत् प्रसारण लाइन, सौर्य तथा नवीकरणीय ऊर्जा उत्पादन गर्ने उद्योगमा लगानी गर्ने गरी सामाजिक सुरक्षा कोषले कर्जा वा सहवित्तीयकरणमा लगानी गर्ने

Read More »

सडक सञ्जालमा जोडियो अपिहिमाल गाउँपालिका

दार्चुला : अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ । खलङ्गाबाट २३ कोष उत्तर-पश्चिममा रहेको पालिकाको वडा नं ३ गौड्याखोलासम्म सडक पुगेको हो । सडक सञ्जालबाट

Read More »

विदेशबाट फर्केर व्यावसायिक कृषि कर्ममा सक्रिय बन्दै अधिकारी

भोजपुर : भोजपुरको अरुण गाउँपालिका–७ ढुङ्गेका लक्ष्मीप्रसाद अधिकारी विदेशबाट फर्किएपछि व्यावसायिक कृषि कर्ममा सक्रिय बन्दै उदाहरणीय किसानका रूपमा स्थापित भएका छन्। करिब छ वर्ष मलेसियामा

Read More »

बिपी राजमार्ग रातको समयमा अनिश्चितकालीन बन्द

काभ्रेपलाञ्चोक : बेमौसमी वर्षासँगै आउने पहिरोका कारण दिनानुदिन बिपी राजमार्ग अवरुद्ध हुन थालेपछि काभ्रेपलाञ्चोकस्थित सडकखण्डमा रातको समयमा गराउँदै आइएको अनिश्चितकालीन बन्द शुक्रबारदेखि पुनः थप गरिएको

Read More »