पोखराविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा आजको खेलमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सविरुद्ध पहिले पहिले ब्याटिङ गर्ने भएको छ । विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन् । पोखरा र विराटनगर दुवै टोली पछिल्लो खेलमा हार व्यहोरेर कमब्याकको लक्ष्यसहित आएका छन् । अंकतालिकामा दुवै टोलीको अवस्था समान छ । ४ खेलमा १ जितसहित २ अंक जोडेका छन् । नेटरनरेटमा पोखरा केही अघि छ ।

आजको खेल जित्ने टोली प्लेअफको दौडमा अगाडि रहनेछ भने पराजित हुने टोलीका लागि प्लेअफ यात्रा निकै कठिन बन्ने छ । पोखराले आजको खेलमा तीन परिवर्तन गरेको छ । म्याट क्रिट्ले, दिलिप नाथ र आकाश चन्द बाहिरिएका छन् भने जेन मलिक, किरण ठगुन्ना र तृत राज दास भित्रिएका छन् । त्यसैगरी विराटनगरले दुई परिवर्तन गरेको छ । आकिब इलियास र सुवास भण्डारी बाहिरिँदा स्कट एड्वार्ड्स र अनिल खरेल भित्रिएका छन् ।

पोखरा एभेन्जर्स प्लेइङ ११ : आन्द्रेस गौस, दिनेश खरेल, कुशल भुर्तेल, रेमोन रेइफर, तृत राज दास, माइकल लिस्क, नारायण जोशी, किरण ठगुन्ना, विपिन खत्री, सागर ढकाल, जेन मलिक

विराटनगर किंग्स प्लेइङ ११ : मार्टिन गप्टिल, लोकेश बम, निकोलस किर्टोन, नरेन भट्ट, स्कट एडवार्ड्स, बसिर अहमद, दिपक बोहरा, क्रिस सोल, प्रतिश जिसी, सन्दिप लामिछाने, अनिल खरेल

रास्वपाको लक्ष्य वैकल्पिक शक्ति मात्र होइन, मलुकको नेतृत्व होः सभापति लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने बताएका छन्। आज र भोलि हुन

Read More »

देशमा विकृति, बिचौलियातन्त्र र सेटिङको अन्त्य हुँदै गएको छ : मन्त्री तिमिल्सिना

नुवाकोट : सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले देश नयाँ राजनीतिक संस्कारतर्फ अग्रसर भएको बताउँदै मन्त्रालय तथा सरकारी निकायमा हुने ‘सेटिङ’ विकृति र बिचौलियातन्त्रको प्रभाव

Read More »

सामाजिक सुरक्षा कोषमा १ खर्ब ११ अर्ब योगदान सङ्कलन

काठमाडौँ । जलविद्युत् परियोजना, विद्युत् प्रसारण लाइन, सौर्य तथा नवीकरणीय ऊर्जा उत्पादन गर्ने उद्योगमा लगानी गर्ने गरी सामाजिक सुरक्षा कोषले कर्जा वा सहवित्तीयकरणमा लगानी गर्ने

Read More »

सडक सञ्जालमा जोडियो अपिहिमाल गाउँपालिका

दार्चुला : अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ । खलङ्गाबाट २३ कोष उत्तर-पश्चिममा रहेको पालिकाको वडा नं ३ गौड्याखोलासम्म सडक पुगेको हो । सडक सञ्जालबाट

Read More »

विदेशबाट फर्केर व्यावसायिक कृषि कर्ममा सक्रिय बन्दै अधिकारी

भोजपुर : भोजपुरको अरुण गाउँपालिका–७ ढुङ्गेका लक्ष्मीप्रसाद अधिकारी विदेशबाट फर्किएपछि व्यावसायिक कृषि कर्ममा सक्रिय बन्दै उदाहरणीय किसानका रूपमा स्थापित भएका छन्। करिब छ वर्ष मलेसियामा

Read More »

बिपी राजमार्ग रातको समयमा अनिश्चितकालीन बन्द

काभ्रेपलाञ्चोक : बेमौसमी वर्षासँगै आउने पहिरोका कारण दिनानुदिन बिपी राजमार्ग अवरुद्ध हुन थालेपछि काभ्रेपलाञ्चोकस्थित सडकखण्डमा रातको समयमा गराउँदै आइएको अनिश्चितकालीन बन्द शुक्रबारदेखि पुनः थप गरिएको

Read More »