५० जनालाई क्रिकेट प्रशिक्षक तालिम दिन बालेन र पारसको सहकार्य

काठमाडौं । काठमाडौं महानगरपालिका र  बागमती प्रदेश क्रिकेट संघबीच क्रिकेट प्रशिक्षक उत्पादनका लागि सहकार्य हुने भएको छ ।

काठमाडौंका मेयर बालेन शाह र  बागमती प्रदेश क्रिकेट संघका अध्यक्ष पारस खड्काले काठमाडौंका थप ५० जना व्यक्तिलाई क्रिकेट प्रशिक्षक तालिम सञ्चालन गर्न सहकार्य गर्ने सम्झौतामा हस्तक्षर गरेका छन् ।

जसअनुसार काठमाडौं उपत्यकाका ५० वटा विद्यालय स्तरका प्रशिक्षकलाई आईसीसी लेबल ० प्रशिक्षक तालिम दिइने छ । यो तालिमको आयोजना बागमती प्रदेश क्रिकेट संघले गर्ने छ भने आवश्यक आर्थिक सहयोग महानगरले दिने छ ।

आफूहरुले बागमती प्रदेश क्रिकेट सङ्घको प्राविधिक सहयोगमा केही स्कुलहरू तथा वडाहरूमा क्रिकेट नेट राख्ने व्यवस्था गर्न लागेको तर उक्त स्थानमा क्रिकेट सिक्न जाने खेलाडीहरूको लागि प्रशिक्षकको अभाव भएकाले यो सहयाेग गर्न लागेको मेयर बालेनले बताए ।

बाग्मती प्रदेशभित्र आईसीसी लेबल १ देखि ३ सम्मको सर्टिफाइड क्रिकेट प्रशिक्षक २५ जना मात्रै रहेका छन् । प्रशिक्षक र खेलाडीको अनुपात कम रहेकाले आफूहरुले लेबल ० प्रशिक्षक उत्पादन गर्ने उनले बताएका छन् ।

५० नयाँ क्रिकेट प्रशिक्षकहरूलाई तालिम दिई त्यसपछि सहर भरका इच्छुक खेलाडीहरूलाई क्रिकेटको ज्ञान र सीपहरू फैलाउन सहयोग गर्ने बालेनले बताएका छन् ।

यस कार्यक्रमले काठमाडौं जिल्लाका ५० विद्यालय स्तरका क्रिकेट प्रशिक्षकहरूलाई तालिम दिई सहर भरका इच्छुक क्रिकेट खेलाडीहरूलाई क्रिकेटको ज्ञान र सीपहरू फैलाउन सहयोग गरी एक कोशेढुंगा बन्न सक्ने विश्वास लिएको पारसले बताए ।

विभिन्न स्थानबाट लागूऔषधसहित २३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित २३ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँबाट ११, झापाबाट

Read More »

सल्यानमा बलात्कार आरोपमा ६३ वर्षीय व्यक्ति पक्राउ

काठमाडौं : सल्यानमा बलात्कार आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा छत्रेश्वरी गाउँपालिका–१, चामेका ६३ वर्षीय नरबहादुर डाँगी छन् । २८ वर्षीया एक

Read More »

रास्वपाको लक्ष्य वैकल्पिक शक्ति मात्र होइन, मलुकको नेतृत्व होः सभापति लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने बताएका छन्। आज र भोलि हुन

Read More »

देशमा विकृति, बिचौलियातन्त्र र सेटिङको अन्त्य हुँदै गएको छ : मन्त्री तिमिल्सिना

नुवाकोट : सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले देश नयाँ राजनीतिक संस्कारतर्फ अग्रसर भएको बताउँदै मन्त्रालय तथा सरकारी निकायमा हुने ‘सेटिङ’ विकृति र बिचौलियातन्त्रको प्रभाव

Read More »

सामाजिक सुरक्षा कोषमा १ खर्ब ११ अर्ब योगदान सङ्कलन

काठमाडौँ । जलविद्युत् परियोजना, विद्युत् प्रसारण लाइन, सौर्य तथा नवीकरणीय ऊर्जा उत्पादन गर्ने उद्योगमा लगानी गर्ने गरी सामाजिक सुरक्षा कोषले कर्जा वा सहवित्तीयकरणमा लगानी गर्ने

Read More »

सडक सञ्जालमा जोडियो अपिहिमाल गाउँपालिका

दार्चुला : अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ । खलङ्गाबाट २३ कोष उत्तर-पश्चिममा रहेको पालिकाको वडा नं ३ गौड्याखोलासम्म सडक पुगेको हो । सडक सञ्जालबाट

Read More »