काठमाडौं, १७ कात्तिक । काठमाडौंमा जारी टी-२० विश्वकपमा छनोट खेलको सेमिफाइनलमा आज नेपाल र यूएईबीच खेल खेल हुँदै छ ।
खेल मुलपानी क्रिकेट मैदानमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
यो खेलमा जित हात पार्ने टोली विश्वकपमा छनोट हुने छ। यूएई लगातार तेस्रो जित हात पारेर समूह विजेता बन्यो।
यसअघि नेपालले लगातार खेल जित्दै ओमानसँग भिड्नुअगावै सेमिफाइनल यात्रा पक्का गरेको थियो। आज नेपालले युएईलाई हराउन सके विश्वकप पुग्नेछ । यो खेलको विजेता विश्वकपमा छनोट हुनेछ ।










