रास्वपाले जेठको तेस्रो सातादेखि जनयात्रा सुरू गर्ने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी जेठको तेस्रो सातादेखि जनयात्रा सुरू गर्ने तयारी गरेको छ। गत चैत २३ गते चितवनमा जनयात्राको उद्घाटन गरे पनि त्यहाँबाट अघि बढ्न सकेको छैन।

आगामी जेठको १८ देखि २० गतेभित्रबाट जनयात्रा सुरू गर्ने गरी तयारी भइरहेको जनयात्राका संयोजकको जिम्मेवारी पाएका रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले जानकारी दिए। यसपालि चाँडो मनसुन भित्रने संकेत मिलेको र बर्खा लाग्ने बेलामा नै अभियान सुरू गर्दा प्रभावित हुने हो कि भनेर पनि पार्टीभित्र छलफल भइरहेको उनले बताए।

‘यसबीचमा पार्टी नेता र सांसदहरू नागरिकसँग निरन्तर संवादमै हुनुहुन्छ। नागरिकको बीचमा गइ नै राख्नुभएको छ। पार्टीले घोषणा गरेको जनयात्राचाहिँ अघि नबढेको हो,’ उनले भने, ‘हामीले आगामी जेठको १८ देखि २० गतेभित्रबाट अभियान सुरू गर्दैछौं।’

रास्वपाले पूर्व, झापाबाट अभियान सुरू गर्ने तयारी गरेको छ। जनयात्राको कार्यविधि पनि पारित गरिसकेको उपनेता श्रेष्ठले जानकारी दिए। संयोजन समितिलाई पूर्णता दिइएको छ। जसमा सांसद डा. तोसिमा कार्की उपसंयोजक र सांसद निशा डाँगी प्रवक्ता तोकिएकी छन्। जनयात्राका लागि भनेर सांसद अशोकुमार चौधरी र केन्द्रीय सदस्य विजय जैरू रूपन्देहीदेखि कञ्चनपुरसम्म पुगेर फर्किएको पनि श्रेष्ठले बताए।

शैक्षिक परामर्श नियमावली स्वागतयोग्य, तर संशोधन आवश्यक : इक्यान अध्यक्ष पौडेल

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का अध्यक्ष लक्ष्मण पौडेलले प्रस्तावित शैक्षिक परामर्श नियमावली, २०८३ लाई स्वागत गर्दै यसमा सरोकारवालाको सुझाव समेटेर थप परिमार्जन गर्नुपर्ने

Read More »

सिंहदरबारमा मन्त्रिपरिषद्‍ बैठक सुरु

काठमाडौं : मन्त्रिपरिषद्‍को बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरु भएको हो । प्रधानमन्त्री बालेन शाहले बोलाएको बैठकमा समसामयिक विषयमा

Read More »

काठमाडौं महानगरको खाद्य प्रयोगशालाको उद्घाटन

काठमाडौं । कुमारी बैंक लिमिटेडले दिगो बैंकिङ अभ्यास प्रवर्द्धनका लागि जर्मन वित्तिय संस्था डच स्पार्कासेनस्टिफ्टुङ फर इन्टरनेशनल कोअपरेसनसँग रणनीतिक परियोजना सम्झौता गरेको छ । बैंकका

Read More »

उद्योगी–व्यवसायीले भोगिरहेका व्यावहारिक समस्या समाधान गर्न सरकार तयार : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले उद्योग व्यवसाय, लगानी वातावरण तथा आर्थिक सुधारसम्बन्धी विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज

Read More »

प्रधानमन्त्रीलाई गाली गर्दा थुन्ने, मन्त्रीले धम्क्याउँदा किन नथुन्ने : हर्क साम्पाङ

काठमाडौँ : नेपाल श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले प्रधानमन्त्रीलाई गाली गर्दा थुन्ने, मन्त्रीले धम्क्याउँदा किन नथुन्ने भन्दै प्रश्न गरेका छन् । प्रतिनिधि सभाको बुधबारको

Read More »

कर्णाली राजमार्ग विस्तारको गति सुस्त, दुर्घटनाको जोखिम बढ्दो : सांसद पोखरेल

काठमाडौं । नेकपा (एमाले)का सांसद लक्ष्मीप्रसाद पोखरेलले कर्णाली राजमार्गको स्तरोन्नति कार्य अत्यन्तै सुस्त गतिमा अघि बढिरहेको बताएका छन् । बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै

Read More »