कर्णाली राजमार्ग विस्तारको गति सुस्त, दुर्घटनाको जोखिम बढ्दो : सांसद पोखरेल

काठमाडौं । नेकपा (एमाले)का सांसद लक्ष्मीप्रसाद पोखरेलले कर्णाली राजमार्गको स्तरोन्नति कार्य अत्यन्तै सुस्त गतिमा अघि बढिरहेको बताएका छन् ।

बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पोखरेलले नेपालको इतिहासमा १० वर्षे सशस्त्र द्वन्द्वका क्रममा ठूलो संख्यामा नागरिकले ज्यान गुमाएको उल्लेख गर्दै अहिले सडक दुर्घटनाका कारण त्यसभन्दा बढी नागरिकको मृत्यु भएको बताए ।

उनले भने, ‘नेपालको इतिहासमा सबै भन्दा धेरै नागरिकको ज्यान गएको समय १० वषिय सशस्त्र आदोन्दको समय थियो । त्योभन्दा धेरै नागरिकको ज्यान सडक दुर्घटनामा गएको छ । धेरै सडक दुर्घटना हुने सडक मध्य कर्णाली राज मार्ग एक हो ।’ उनले देशकै बढी दुर्घटना हुने राजमार्गमध्ये कर्णाली राजमार्ग एक रहेको बताए ।

उनले भने, ‘राष्ट्रिय राज मार्ग एन २०५८ सुखेत जुम्ला खलङ्गा दुरी २४० किलो मिटर छ । सरकारी प्रविधिकहरुका अनुसार यो सडकलाई दुई लेनको बनाउँदा करिब २० अर्ब बजेट आवश्यक पर्छ । आगामी आर्थिक वर्षमा १ अर्ब छुटाइएको छ । यस अनुसार यो सडक २ लेनको बनाउन २० वर्ष लाग्ने देखिन्छ ।

पोखरेलका अनुसार राष्ट्रिय राजमार्गअन्तर्गत पर्ने सुर्खेत–जुम्ला–खलङ्गा सडक खण्डको दूरी करिब २४० किलोमिटर रहेको छ । सरकारी प्राविधिकहरूको अनुमानअनुसार उक्त सडकलाई दुई लेनमा विस्तार गर्न करिब २० अर्ब रुपैयाँ आवश्यक पर्छ । तर आगामी आर्थिक वर्षका लागि केवल १ अर्ब रुपैयाँ मात्र विनियोजन गरिएको छ । हालको बजेटका आधारमा सडकलाई दुई लेनमा विस्तार गर्न करिब २० वर्ष लाग्ने अवस्था देखिएको उनले बताए ।

प्रधानमन्त्रीलाई गाली गर्दा थुन्ने, मन्त्रीले धम्क्याउँदा किन नथुन्ने : हर्क साम्पाङ

काठमाडौँ : नेपाल श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले प्रधानमन्त्रीलाई गाली गर्दा थुन्ने, मन्त्रीले धम्क्याउँदा किन नथुन्ने भन्दै प्रश्न गरेका छन् । प्रतिनिधि सभाको बुधबारको

Read More »

कर्णाली राजमार्ग विस्तारको गति सुस्त, दुर्घटनाको जोखिम बढ्दो : सांसद पोखरेल

काठमाडौं । नेकपा (एमाले)का सांसद लक्ष्मीप्रसाद पोखरेलले कर्णाली राजमार्गको स्तरोन्नति कार्य अत्यन्तै सुस्त गतिमा अघि बढिरहेको बताएका छन् । बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै

Read More »

सम्पत्ति शुद्धीकरण ऐनमा कोर्स करेक्सन, दुरुपयोग रोक्ने अर्थमन्त्री वाग्लेको दाबी

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धीकरण निवारण ऐन संशोधनका क्रममा ल्याइएको व्यवस्थालाई सच्याएर पुरानै कानुनी व्यवस्थामा फर्काइएको बताएका छन् । बुधबार बसेको विधायन

Read More »

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेर २ लाख

Read More »

मध्यपूर्व तनाव : कुवेत र बहराइनमा हवाई आक्रमणको साइरन बज्यो

काठमाडौं । अमेरिका र इरानबीचको तनावकाबीच बुधबार कुवेत र बहराइनमा हवाई आक्रमणको चेतावनी दिने साइरनहरू बजेको छ । कुवेतको आधिकारिक सरकारी समाचार कुनाका अनुसार, देशभरि

Read More »

उद्योगी–व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह (बालेन)ले आज (बुधबार) उद्योगी–व्यवसायीसँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ बजे हुने छलफलमा नेपाल उद्योग

Read More »