काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह (बालेन)ले आज (बुधबार) उद्योगी–व्यवसायीसँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ बजे हुने छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्सका अध्यक्षसहित पदाधिकारीलाई बोलाइएको बताइएको छ । छलफलमा निजी क्षेत्रका समस्या, चुनौती लगायतका विषयमा विचार–विमर्श हुने बताइएको छ ।










