हुरीका कारण २० प्रतिशत केराखेतीमा क्षति

चितवन : गत साता आएको हुरीसहितको वर्षाले यहाँको केराखेतीमा २० प्रतिशत क्षति भएको छ । जिल्लाका पूर्वी र पश्चिम क्षेत्रमा लगाइएको केरामा क्षति भएको केरा उत्पादक सङ्घ चितवनका अध्यक्ष घननाथ महतोले बताउनुभयो । उहाँका अनुसार गत बुधबार र बिहीबार पूर्वी चितवनको कालिका नगरपालिका, चैनपुर, वीरेन्द्रनगर र रत्ननगरमा गरिएको केराखेतीमा क्षति पुगेको छ । ती क्षेत्रमा १५ देखि २० प्रतिशतसम्म क्षति पुगेको उहाँको भनाइ छ । शुक्रबार आएको हुरीका कारण भरतपुर महानगरपालिका वडा नं २३ र २६ मा केराखेतीमा क्षति पुगेको छ ।

साथै भरतपुरको ठिमुरा क्षेत्रमा पनि क्षति पुगेको छ । केराखेती गर्दै आउनुभएका कालिका नगरपालिकाका माधव घिमिरेले उत्पादन लिने समयमा हुरीले केरामा क्षति पु¥याएको बताउनुभयो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ चितवनका सूचना अधिकारी रविकीरण अधिकारीका अनुसार हुरीले केराखेतीमा भएको क्षतिको विवरण सङ्कलन भइरहेको बताउनुभयो । जिल्लामा हाल मालभोग, चिनी चम्पा र जि–९ जातको केराखेती हुँदै आएको छ । यहाँ तीन हजार बिघाभन्दा बढी क्षेत्रफलमा ७०० भन्दाबढी किसानले केराखेती गर्दै आएका छन् ।

शैक्षिक परामर्श नियमावली स्वागतयोग्य, तर संशोधन आवश्यक : इक्यान अध्यक्ष पौडेल

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का अध्यक्ष लक्ष्मण पौडेलले प्रस्तावित शैक्षिक परामर्श नियमावली, २०८३ लाई स्वागत गर्दै यसमा सरोकारवालाको सुझाव समेटेर थप परिमार्जन गर्नुपर्ने

Read More »

सिंहदरबारमा मन्त्रिपरिषद्‍ बैठक सुरु

काठमाडौं : मन्त्रिपरिषद्‍को बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरु भएको हो । प्रधानमन्त्री बालेन शाहले बोलाएको बैठकमा समसामयिक विषयमा

Read More »

काठमाडौं महानगरको खाद्य प्रयोगशालाको उद्घाटन

काठमाडौं । कुमारी बैंक लिमिटेडले दिगो बैंकिङ अभ्यास प्रवर्द्धनका लागि जर्मन वित्तिय संस्था डच स्पार्कासेनस्टिफ्टुङ फर इन्टरनेशनल कोअपरेसनसँग रणनीतिक परियोजना सम्झौता गरेको छ । बैंकका

Read More »

उद्योगी–व्यवसायीले भोगिरहेका व्यावहारिक समस्या समाधान गर्न सरकार तयार : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले उद्योग व्यवसाय, लगानी वातावरण तथा आर्थिक सुधारसम्बन्धी विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज

Read More »

प्रधानमन्त्रीलाई गाली गर्दा थुन्ने, मन्त्रीले धम्क्याउँदा किन नथुन्ने : हर्क साम्पाङ

काठमाडौँ : नेपाल श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले प्रधानमन्त्रीलाई गाली गर्दा थुन्ने, मन्त्रीले धम्क्याउँदा किन नथुन्ने भन्दै प्रश्न गरेका छन् । प्रतिनिधि सभाको बुधबारको

Read More »

कर्णाली राजमार्ग विस्तारको गति सुस्त, दुर्घटनाको जोखिम बढ्दो : सांसद पोखरेल

काठमाडौं । नेकपा (एमाले)का सांसद लक्ष्मीप्रसाद पोखरेलले कर्णाली राजमार्गको स्तरोन्नति कार्य अत्यन्तै सुस्त गतिमा अघि बढिरहेको बताएका छन् । बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै

Read More »