वीरगञ्ज क्षेत्रमा जल निकासी प्रणालीमा सुधार हुन्छः मन्त्री यादव

परवानीपुर (पर्सा) : खानेपानीमन्त्री प्रदीप यादले वीरगञ्ज महानगरपालिका–१८ सुखचैना र वडा न २१ परवानीपुर क्षेत्रमा अब जल निकासी प्रणालीमा सुधार हुने बताउनुभएको छ । आज वडा नं २१ स्थित परवानीपुरदेखि पटेलनगर जाने सडक खण्डमा नाला तथा ढलान निर्माण कार्यको शिलान्यास गर्दैै उहाँले उक्त निर्माण सम्पन्न भएपछि सो क्षेत्रमा वर्षातको समयमा हुने जल जमावटको समस्या पूर्णरुपमा समाधान हुने र आवागमनमा समेत सहजता आउने बताउनुभयो । मन्त्री यादवले स्थानीय पूर्वाधार विकासलाई प्राथमिकता दिँदै नागरिकको दैनिक जीवन सहज बनाउन यस्ता आयोजना निकै महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “खानेपानी तथा ढल निकासको क्षेत्रमा निकै उल्लेख्य काम भएका छन्, नागरिकको दैनिक जीवन सहज बनाउन सरकार पूर्ण प्रतिबद्ध छ ।” शुद्ध खानेपानी वितरण, नाला तथा ढल निर्माणजस्ता जनताको प्रत्यक्ष जीवनसँग जोडिएका सेवा सुविधालाई प्राथमिकतामा राख्दै ती कार्य समयमै सम्पन्न गर्नसमेत मन्त्री यादवले सम्बन्धित निकायलाई निर्देशन दिनुभयो । रु एक करोड ७२ लाखको लागत शिलान्यास गरिएको उक्त नाला तथा ढलान निर्माण वडानं १८ सुखचैना र वडा नं २१ परवानीपुरसम्म एक हजार २५६ मिटर लम्बाइ रहेको वडा नं २१ का वडाध्यक्ष राधेकृष्ण साह रौनियारले जानकारी दिनुभयो ।

निष्पक्षताका लागि लोक सेवा आयोगप्रति जनविश्वास प्रबल छ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निष्पक्षता कायम गर्ने कुरामा लोक सेवा आयोगप्रति जनविश्वास प्रबल रहेको बताउनुभएको छ । आयोगको हीरक जयन्तीका अवसरमा आज यहाँ आयोजित

Read More »

अर्घाखाँचीमा श्रीमतीद्वारा  श्रीमानको हत्या

टवल । असार १ अर्घाखाँचीमा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छिन् ।जिल्लाको छत्रदेव गाउँपालिका वडा नम्बर–३, शिखरकी २७ वर्षीय मेखमाया कुमालले  श्रीमान् ३८ वर्षीय

Read More »

संसद्को गतिरोध हटाउने प्रयासमा सभामुख

काठमाडौँ, १ असार । सभामुख देवराज घिमिरेले संसद्मा जारी अवरोध हटाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक अध्यक्ष डोलप्रसाद अर्याल र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग बेग्लाबेग्लै

Read More »

सुनको मूल्य निरन्तर बढ्दो

काठमाडौँ, १ असार । गत जेठ २७ गतेदेखि अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । आज बजार खुल्दा शुक्रबारको तुलनामा सुन तोलामा रु ४००

Read More »

लुलाङमा टेलिकमको मोबाइल फोन सेवा विस्तार

म्याग्दी, १ असार । सरकारी स्वामित्वमा रहेको दूरसञ्चार सेवाप्रदायक कम्पनी नेपाल टेलिकमले म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङमा मोबाइल फोन सेवा विस्तार गरेको छ । टेलिकमले धवलागिरि

Read More »

अमेरिकामा महिला सांसद र उनका श्रीमानको गोली हानी हत्या

अमेरिका, १ असार । मिनेसोटाका डेमोक्रेटिक सांसदलाई उनको घरमा गोली हानी हत्या गरिएको छ । शनिबार डेमोक्रेटिक राज्य प्रतिनिधि मेलिसा होर्टम्यान र उनका पति मार्कको

Read More »