जनताको पक्षमा काम गर्ने पार्टी माओवादी केन्द्र नै हो: प्रचण्ड

दैलेख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतासँगको सम्बन्ध सुदृढ गर्न मध्यपहाडी लोकमार्ग केन्द्रित  जनअभियान सञ्चालन गरिएको बताएका छन् ।  उनले स्थानीयतालाई संरक्षण र प्रवर्द्धन गर्दै जनताको पक्षमा काम गर्ने पार्टी माओवादी केन्द्र नै रहेको दाबी गरे । अभियान अन्तरगत दैलेखको राकम कर्णालीमा आइतबार आयोजित जनसंवाद  कार्यक्रममा उनले सुशासन प्रवर्द्धन गर्न र आवश्यकता परे भ्रष्टाचारविरुद्ध नयाँ आन्दोलनको वातावरण बनाउन पनि यो अभियान गरिएको बताए ।

उनले भने, ‘मध्यपहाडी क्षेत्रमा विकासबाट पछाडि परेका जनतालाई समेटेर समृद्धिको बाटो खोल्ने उद्देश्यले माओवादी केन्द्रले यो अभियान अघि सारेको हो। मध्यपहाडी लोकमार्ग केवल सडक सञ्जाल होइन, यो अभियान सामाजिक रूपान्तरणको अभियान सँग जोडिएको छ।’ सरकारमा हुँदा माओवादी केन्द्रले सामाजिक न्याय र सुशासनका लागि भ्रष्टाचारविरुद्ध दृढताका साथ संघर्ष गरेको भन्दै प्रचण्डले अहिलेको अभियान त्यसै राजनीतिक संघर्षको निरन्तरता  भएको बताए । यो अभियान जनताको प्रत्यक्ष सहभागिता र भावनालाई आधार मानेर अघि बढाइएको उनले बताए ।

गरिब, किसान, मजदुर, उत्पीडित समुदाय, सहिद परिवार, बेपत्ता व्यक्तिका आफन्त, जनयुद्धका घाइते तथा अपाङ्ग नागरिकहरूसँग भेटघाट गर्दै अभियान अगाडि बढाइएको उनले बताए । कृषकहरूको मल र बीउको समस्या कसरी समाधान गर्ने, स्थानीय तहबाट समाजवाद निर्माणको पहल कसरी लिने र स्थानीय अर्थतन्त्र कसरी मजबुत बनाउने भन्ने विषयमा  माओवादी केन्द्रले नेतृत्व गरेका स्थानीय सरकारहरूलाई नीतिगत रूपमा काम गर्न निर्देशन दिइसकेको जानकारी दिए ।

निष्पक्षताका लागि लोक सेवा आयोगप्रति जनविश्वास प्रबल छ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निष्पक्षता कायम गर्ने कुरामा लोक सेवा आयोगप्रति जनविश्वास प्रबल रहेको बताउनुभएको छ । आयोगको हीरक जयन्तीका अवसरमा आज यहाँ आयोजित

Read More »

अर्घाखाँचीमा श्रीमतीद्वारा  श्रीमानको हत्या

टवल । असार १ अर्घाखाँचीमा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छिन् ।जिल्लाको छत्रदेव गाउँपालिका वडा नम्बर–३, शिखरकी २७ वर्षीय मेखमाया कुमालले  श्रीमान् ३८ वर्षीय

Read More »

संसद्को गतिरोध हटाउने प्रयासमा सभामुख

काठमाडौँ, १ असार । सभामुख देवराज घिमिरेले संसद्मा जारी अवरोध हटाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक अध्यक्ष डोलप्रसाद अर्याल र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग बेग्लाबेग्लै

Read More »

सुनको मूल्य निरन्तर बढ्दो

काठमाडौँ, १ असार । गत जेठ २७ गतेदेखि अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । आज बजार खुल्दा शुक्रबारको तुलनामा सुन तोलामा रु ४००

Read More »

लुलाङमा टेलिकमको मोबाइल फोन सेवा विस्तार

म्याग्दी, १ असार । सरकारी स्वामित्वमा रहेको दूरसञ्चार सेवाप्रदायक कम्पनी नेपाल टेलिकमले म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङमा मोबाइल फोन सेवा विस्तार गरेको छ । टेलिकमले धवलागिरि

Read More »

अमेरिकामा महिला सांसद र उनका श्रीमानको गोली हानी हत्या

अमेरिका, १ असार । मिनेसोटाका डेमोक्रेटिक सांसदलाई उनको घरमा गोली हानी हत्या गरिएको छ । शनिबार डेमोक्रेटिक राज्य प्रतिनिधि मेलिसा होर्टम्यान र उनका पति मार्कको

Read More »